झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका गाउँपालिका वडा नं २ का ५२ वर्षीय यादवराज पौडेललाई पक्राउ गरी कारागार पठाएको छ ।
झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला भएपछि यादवराज पौडेल फरार भएका थिए ।
झापा प्रहरीका कार्यवाहक प्रवक्ता ढुण्डीराज गिरीका अनुसार पौडेललाई मंगलबार इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।