
झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा विर्तामोड छिमेकी युवा क्लबलाई ५/४ गोल अन्तरले हराउदै जागृति युवा क्लब आयोजक फाईनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा जागृति युवा क्लब तर्फबाट स्याम मुर्मुले पहिलो हाफमा १ गोल गरेका थिए भने छिमेकी फुटबल क्लब विर्तामोडको तर्फबाट राजेस दाहाले दोस्रो हाफमा १ गोल फर्काउँदै खेललाई बराबरी बनाएका थिए ।

खेलको निर्धारीत समयमा दुबै टिमको खेलबराबरी भएपछि ट्राईबेकरको आधारमा ५ / ४ गोलको अन्तरले आयोजक टिम फाइनलमा प्रबेस गरेको हो ।

आजको खेलमा आयोजका टिमका गोल किपर उपेन ल्वागुन म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका थिए ।

मंसिर १० गते वाट सन्चालन भएको प्रतियोगिताको फाईनल मंसिर १७ गते हुने छ भने फाइनलमा आयोजक र वहुवन एफसी बिच हुने बताईएको छ ।

खेलमा प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन भने उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिनु भयो । 






