
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ को आयोजना र महिला बालबालिका तथा समाजकल्याण उपशाखा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार एक कार्यक्रमको आयोजना गरी साबुन बनाउने ४ दिने तालिम सुरू गरेको छ ,।
बुद्धशान्ति गाउँपालिका वडा नं ५ वडा कार्यलयको आफ्नै भवनमा बुधबार बाट सुरू गरेको हो ।
बुद्धशान्ति वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीको अध्यक्षतामा तालिमको उत्घाटन गरिएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रतिनिधि मिना विष्ठ, वडा नं ५ वडा सदस्य नर कुमाल,सदस्य विन्दा गदाल,रिता चौधरि, कार्यलयका प्राबिधिक,स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नं ५ का वडा सदस्य राम लखन चौधरीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक रूद्र भट्टराईले ४ दिनको तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीले महिला हरूको जिवनस्तर सुधारनका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडा र पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै कार्कीले भन्नुभयो,तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउदै यस अघि पनी वडाले महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।
कार्यक्रमम बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा जनकल्याण उपसाखा प्रमुख मिना विष्ठले बुद्धशान्ति गाउँपालिकाको वडा नं ५ भौगोलिक अवस्थाले महिला दिदिबहिनि हरूलाई यी र यस्ता तालिमहरूमा समावेश गराउन यातायातमा खर्च जस्ता अन्य कुरामा समस्या भएकाले वडा नं ५ को २ स्थानबाट यो तालिम सन्चालन गरिने बताउनु भयो ।
बुधबार बाट सन्चालन भएको तालिम ४ दिन सम्म सन्चालन हुने बताईएको छ ।
तालिममा उपस्थित भएका सहभागी हरूलाई प्रशिक्षक रूद्र भट्टराई,र साहयक प्रशिक्षक सितादेवी,वानियाले प्रशिक्षण दिनुभएको थियो ।