
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाम माई नगरपालिका–२ का खेमराज ढकाल प्रहरीले पक्राउ गरेको छ ।
५२ वर्षीय ढकाल राती ८ बजे घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए ।
ढकालले स्थानीय दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप रहेको प्रहरीको भनाइ छ । उनी नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्यसमेत रहेको बताइएको छ ।
ढकाल हरियाली रेसम शैक्षिक सार्वजनिक गुुठी स्कुलका संस्थापक, शिक्षक पनि हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले ढकालमाथि कानुनी कारबाही गर्न माग गर्दै उनलाई नियन्त्रण गरी राखिएको दानाबारीस्थित लोदिया प्रहरी चौकी परिसरमा नाराबाजीसमेत गरेका थिए