
झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
ईलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो (बीआर ५५८५००) र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्र.१–०१–०१६ प. ३६६१) बीच मेचि राजमार्गमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका बुद्धशान्ति–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसीअस्पताल लगिएको थियो।
तर, उपचारको क्रममा साँझ ५:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।