
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ ईन्द्रेणी चोक स्थित भित्री सडक खण्डमा बुधबारे बाट जयपुर तर्फ जादै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाईकल बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालाको ठोकीएर दुर्घटना भएको छ ।
आहिले ८-३० बजेको समयमा दुर्घटनामा परि मोटरसाईकल चालक झापाको अर्जुनधारा नगरपालिका ६ का प्रबिण आङदेम्बे टाउकोमा चोट, लागेर गम्भीर घाईते भएका छन भने मोटरसाईकलमा पछाडि सवार पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं -७ घर भई हाल झापाको बिर्तामोड १ बस्दै आएका हरी आङदेम्बे समेत घाईते भएका छन ।
घाईते दुबै जनालाई बुधबारेको सिटी अस्पतालमा सामान्य उपचार पश्चात बि.एण्ड सि. अस्पताल बिर्तामोड पठाईएको बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख चन्द्र राउतले जानकारि दिनु भयो ।
दुर्घटनामा परेको मोटरसाईकल ट्याक्टर र ट्याकटर चालक झापाको मेचीनगर नगरपालिका वडा नं -२ का बिर बहादुर बिश्वकर्मालाई बुधबारे इलाका प्रहरी कार्यलय झापाको नियन्त्रणमा राखिएको बताईएको छ ।




