
इलाम स्थित राेङ ६ काे सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत वालवालिकाहरुकाे रगत समुह पहिचान गराईएकाे छ ।
जुनियर रेडक्रस सर्कल बिद्यालय ईकाईकाे अायाेजना,राेङ गाउपालिका स्वास्थ शाखाकाे प्राबिधिक सहयाेग र बिद्यालयकाे ब्यवस्थापनमा गरिएकाे साे रगत समुह पहिचान कार्यक्रमा राेङ गाउपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले,ल्याव टेक्निसियन स्वास्थ्यकर्मी द्वय सन्ध्या राई र साेनिका खाम्दाकले प्राबिधिक सहयाेग गरि १ सय ५८ जनाकाे रगत समुह पहिचान गराईएकाे थियाे ।
हरेक नागरिकले अाफ्नाे रगत कुन समुहकाे छ भनेर जान्नै पर्ने र बिद्यालयमा त अभिलेख समेत राख्नु पर्ने हुदा बिद्यालयले गरेकाे प्रस्तावकाे अाधारमा सामुदायिक बिल्यालयमा पहिलाे पटक गाउपालिकाले प्राबिधिक सहयाेग गरेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
शहर र सुबिधासम्पन्न स्थानहरुमा सामान्य रहेपनि दुर्गम गाउका बालबालिकाहरुकाे रगत समुह पहिचान गराउदा कतिपय अभिलेखहरु चुस्त दुरुस्त राख्न र प्रमाणिकरणकाे लागि सहज हुने बिद्यालयका प्रधानाध्यापक गाेबिन्द पाैडेलकाे भनाईहेकाे छ ।