हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धशान्ति ३ को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार रामजानकी मन्दिरको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष गोविन्द प्रसाद पौडेलको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र कट्वाल, रामजानकी मन्दिर व्यवस्थापन समिति अध्यक्ष टंक काफ्ले, बुद्धशान्ति उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष रुद्र भण्डारी लगायतको आतिथ्यतामा भएको कार्यक्रम संस्थाका कार्यसमिति सदस्य केशव ढुङ्गेलले सञ्चालन गरेका थिए ।
संस्थाले यसवर्ष ७० लाख भन्दाबढि नाफा गरेको छ । संस्थाका वर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा वि.सं. २०५५ सालमा तदर्थ समिति गठन भई ५१ जना सदस्य र रु ५१,००० सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल २००० भन्दा बढी सदस्य र रु ३ करोड ६० लाख भन्दा बढी शेयर पूँजी पुगेको बताईएको छ ।