
सन्दकपुर इलाम उत्तरी इलामको लेकाली क्षेत्रहरुमा पशुपालन गरेर जिबिकोपार्जन गर्ने किसानको समय गाइगोठमै बित्ने गरेको छ । जिबिकापार्जनको एकमात्र बिकल्पको रुपमा रहेको उनिहरुमा पारिवारीक मोह भन्दापनि एकान्त र गोठबासवास नै संसार बनेको पाइन्छ । गाइपालन गरेर दुधबाट घिउ र छुर्पि बनाइ बिक्री गरिने र साथमा वाख्रा पालन उनिहरुको बषौ देखीको कर्म रहेको छ ।यसरीनै गोठबासको समय बिगत नौ बर्षदेखी बिताइ रहेका छन् माइजोगमाइ २ बिज्जेका ढाकाराज खड्काले । उनि अहिले आलु बिकास केन्द्र नजिकमा माइजोगमाइ २ र सन्दकपुर ५ को सिमाना ताल पोखरीमा गोठ राखेर बसेका छन् । उनले सधै त्यस स्थानमा गोठ राख्ने भने हैन उनि निक्कै माथी जौवारीमा बर्खे गोठ राखेका छन् भने हिउ पर्ने बेलाको गोठ अलि तल तालपोखरीमा सारेका हुन । उनको गोठमा अहिले १५ माउ गाइ १० बठा बाछाबाछी र दशवटा जति बाख्रा र खसी रहेको छ । एकान्तको गोठमा उनि एकजना मात्रै बस्छन । बिहान सबेरै उठेर खोले दाना गाई दुहुने गाइ फुकाएर अनाकन्टरको जंगल र फाटमा पठाउने गाइ जंगलमा छाडेपछि बाछाबाछी माउ छाडेको बिपरित दिशामा लगेर छाडीदिने गरेका छन् माउ र बाछी अलग दिशामा छाडेपछि माउबाछो दुध वाछाबाछीले नखाने र बेलुका माउ एकातिर बाछा एकातिर गोठमा थन्काउने गरेको बताए । गाइ जंगलमा पठाएर थलोभकारो र दुध तताउने र घिउ छुर्पी बनाउने कामले उनि दिन बितेको पत्तै पाउदैनन् । उनि मात्रै हैन त्यस क्षेमा अन्य तीस जना किसानहरु यसरी नै गोठमा बसेर गाइपालन गर्ने गरेको र उनिहरुले लालिगुरास पशुपालन कृषि समुह समेत बनाएका छन् । उनिहरु गाइ गोठमात्रै हैन घर र उध्योग पनि त्यहि नै रहेको छ। गोठमै खाना पकाउने खाने, दुध डेरी र उत्पादित सानमाग्रीहरु पनि गोठमा राखिने सुरक्षित भण्डार पनि एकै ठाउ छ । सानो सोलार गोठमा नै छ जसको उपयोग गरेर उज्यालो र मोवाइल चार्ज गरिने गरेको खड्काले बताए । पशुचरणमा जंगली जनावरको त्रास रहि रहन्छ कहिले काही चर्न गएका पशुहरु लड्ने गरेको र कहिले काही जंगली जनावरको शिकार हुने सामान्य मानिन्छ तर चोरिने र हराउने भने गरेको छैन । गाइ बस्तुलाइ घास कहिल्यै काटेर हालिदैन ।स्थानिय जातका गाइहरु रहेका छन् एक माउ गाइले सात आठ लिटर सम्म मात्रै दुध दिदा पनि बर्षमा तिनलाख कमाइ हुने खड्काले बताए । त्यसो त उक्त गाइबस्तुको मल नजिकै रहेको आलु बिकास केन्द्रले खरिद गरिदिने भएकोले लागतको धेरै खर्च मल बिक्रीबाट समेत सहयोग हुने गरेको उनिहरुको भनाइ रहेको छ । यसरी उत्पादन भएको सामाग्रीहरु भने उनिहरुले नजिकैको जौवारी भारतिय बजार मानेभन्ज्याङ र दार्जेलिङ्ग सम्म लैजाने गरेका छन् ।