
प्रणय दिवसको अवसरमा आज इलाम स्थित रोङका विद्यार्थीहरुले सवारी चालकहरुलाई प्रेमको प्रतीक गुलाफ फूल उपहार दिएका छन् । रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रमसहित सवारी चालकहरुलाई गुलाफ फूल दिएको हो ।
सवारी चालकहरुलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्मेवारी म मा’ भन्ने नाराका साथ जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको रोङ विद्यार्थी एकता समितिका अध्यक्ष विमल कट्टेलले बताए ।
अध्यक्ष कट्टेलकै अध्यक्षता, रोङ गाउँपालिका उपाध्यक्ष बिष्णु माया भुजेलको प्रमुख आथित्यता, त्यस्तै ट्राफिक प्रहरी पोस्ट जोरकलस, प्रहरी चौकी किटेनी ,पर्यटन सूचना केन्द्र जोरकलश,अन्कुरण फाउन्डेसन रोङका प्रतिनिधि लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे राेङ विद्यार्थी एकता समितिका काेषााध्यक्ष विवेक कार्कीले जानकारी दिए ।