
झापाको बुद्धशान्ति २ स्थित पाँच बिगे बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार आफ्ना शेयर सदस्यहरुलाई आर्थिक गतिविधि जानकारी साथै सदस्यहरूलाई ४०० थान झुल वितरण गरेको छ । ६९४ जना शेयर सदस्य भएको यस सहकारी संस्थाले नियमित मासिक बचत साथै ५ कित्ता १०० भन्दा माथि नियमित बचत साथै उपचार कोष जम्मा गरेका आफ्ना शेयर सदस्य हरूलाई झुल वितरण गरेको हो ।
सहकारी संस्थाकी अध्यक्ष चन्द्रकला भट्टराईको अध्यक्षता राष्टिय सहकारी संस्था सं सचिव कृष्ण प्रसाद मिश्रको प्रमुख आतिथ्यता बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्ली ओलीको , वडा सदस्य अमिर श्रेष्ठ, विक्रम बोहोरा, वडा सदस्य बिमला विक, संस्थाकी पुर्व अध्यक्ष रिता सिक्देल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले उपस्थिती शेयर सदस्य तथा अतिथिलाई शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रमको अौचित्यमाथी प्रकाश प्रार्दै संथाकी अध्यक्ष चन्द्रकला भट्टराईले विगतका दिनहरुदेखिनै आफ्ना शेयर सदस्यहरुको विकास, विस्तार र प्रर्वद्धनमा उल्लेख्य भूमिका खेल्दै आएको यस संस्थाले आगामी दिनहरुमा पनि कृषक लक्षित विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिएकी छन् ।
सहकारीको कार्य क्षेत्र बुद्धशान्ति गाउँपालिका भर रहेकोले आगामी दिनहरुमा बुद्धशान्तिका सम्पूर्ण क्षेत्रका सदस्यहरुलाई एकीकृत गरी संस्था अघि बढ्ने संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपाने बताउछन,।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रास्ट्रिय सहकारि संस्थाका सचिव कृष्ण प्रसाद मिश्रले शुभकामना मन्तव्य राख्दै यस सहकारीसंग समन्वय गरी आगामी दिनहरुमा कृषकको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तर पछिल्लो समयमा दुर्गा प्रसाईं जस्ता व्यतिले अनावश्यक रूपमा ल्याएको हल्लाहको पछि नलाग्न साथै आफ्नो समस्या भए सिदै सहकारी संस्थामा गएर बुज्न अनुरोध समेत गरेका छन।
यस संस्थाले विगतका दिनहरूमा पनि आफ्ना शेयर सदस्यहरुलाई ५४ थान विद्युतीय टेंकी समूह समूह बनाई कृषकलाई बिऊ विजनमा औषधी हान्न प्रयोग हुने १५ लिटर क्षमता भएको विद्युतीय टेंकी समेत वितरण गरेको साथै संस्था केही टेंकि हरू अझै बाकी रहेकाले संस्थाका सदस्य हरूले समूह बनाई आएमा रहेको टेंकि पनि कृषक हरूलाइ नै वितरण गर्ने र आगामी दिनहरूमा पनि कृषक लक्षित विभिन्न कार्यक्रमहरू ल्याउने संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले बताएका छन।
संस्थाका सचिव चुडामणी पाण्डे (रमेश)ले संचालन गरेको कार्यक्रममा अतिथि विक्रम बोहोरा शमिर श्रेस्ठ लगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जयपुरचोक स्थित संस्थाको कार्यलयलको प्राङ्गण मा भएको थियो ।