
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित भोटेटारमा बुद्ध जयन्ति तथा उभौली पर्वको दिन शुक्रबार नमुना शुक्रबारे साप्ताहिक कृषि हाटबजारको उद्घाटन गरिएको छ ।
नमुना शुक्रबारे कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं , १ का पुर्व कृषि मन्त्रि झलक सिंङ दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १का वडाध्यक्ष अनिल वाग्ले बुद्ध आर्दश माध्यमिक बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी, किवी व्यवसायी तथा उत्पादन संघका सिवि कडेरिया , त्रिभुवन माध्यमिक विध्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना बुधबारे जेसिज वर्ष २३ का अध्यक्ष अर्जुन ढकाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा बजार व्यवस्थापन समितिमा उपाध्यक्ष छत्र तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि झलक सिंङ दर्लामीले लामो समय देखि एउटा इतिहास बोकेको यो बुद्धशान्तिको भोटेटारमा इलाम जिल्लाको रोङ गाउँपालिका र अर्जुन धारा नगर पालिका एउटा सङ्गम स्थलको रूपमा रहेको बाजारमा मैले पठाएको बजेट सहि ठाउमा प्रयोग भएको बताउदै खुसि व्यक्त गर्नु भयो ।
तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले
केही वर्ष अघिसम्म सो क्षेत्रमा स्वस्फूर्त रुपमा इलामको रोङ र अर्जुनधारा क्षेत्रका मानिसहरू बजार भर्न आउने गरेको भएपनि ब्यबस्थित बन्न नसक्दा बजार मासिएको साथै
तीन वटा पालिकाको संङगम स्थल भोटेटारमा कृषि हाट बजारको लागि स्थानिय सरकाले समेत पहल गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो अहिले स्थानीयकै सक्रियतामा बजार लाग्ने भएपछि प्रदेश सरकारबाट हामीले केही बजेट निकाशा गराउन समेत सफल भैसकेको उपाध्यक्ष खतिवडाले बताउनु भयो ।
कृषि उपज आफ्नै स्थानीय बजारमा बेच्न पाइने भएपछि कृषक पनि हर्षित भएका छन्
आफ्नै ठाउँमा हाटबजार लाग्न थालेकाले हामीले घरमै उत्पादन गर्ने कुखुरा, अण्डा, बाख्रा, खसि, बोका, सुँगुर र साग सब्जी बेच्न पायौँ भने नुन तेल किन्ने पैसा कमाउन सकिन्छ भन्नुहुन्छ स्थानीय सन्तबहादुर योङ्हाङ ।
बजार व्यवस्थापन समितिले प्रचारप्रसारका लागी बैशाख २० गते बाट मेला लगाएको समितिका सचिव गजुहाङ योहाङ बताउनु हुन्छ।
नमुना शुक्रबारे कृषि बजारको प्राङ्गणमा भएको कार्यक्रमको संचालन बजार व्यवस्थापन समितिका सहसचिव गजुहाङ योङहाङले गर्नुभएको थियो।