
लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्।
बुद्धशान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेलको संयोजकत्वमा शुक्रबार सङ्घर्ष समिति गठन गरि आज राँको र टर्च लाइट बालेर प्रदर्शन गरेका छन, ।
सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले शुक्रबार सङ्घर्ष समिति गठन गरेको समितिका संयोजक रमेश कुमार भुजेलले बताउनु भयो।
शुक्रबार व्यवसायीहरूको भेलाले रमेश कुमार भुजेलको संयोजकत्वमा ८ समिति सदस्य चयन गरेको छ।
सहसंयोजक मनोरथ तिवारी, धिरेन्द्र ढकाल, सचिब बिमल पराजुलि ,कोषाध्यक्ष भुमिनाथ सापकोटा ,सदस्यहरूमा मेदनी प्रसाद घिमीरे, लक्ष्मण ढुङ्गाना ,गोबिन्द,पौडेल,रत्न तिवारी, यज्ञ न्यौपाने, पुष्प तिवारी, रहनुभएको छ ।
लामो समय देखी जग्गाको बेचबिखन रोकिँदा धेरै पक्षले दुःख झेल्नु परेकाले सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्नु परेको संयोजक भुजेलले बताउनु भयो।
,संयोजक भुजेल भन्नुहुन्छ , ‘व्यवसाय सुनसान छ बैंकको कर्जा चुक्ता गर्न सक्ने अवस्था छैन ब्याजदर पनि उच्च छ अलिकता जग्गा बेचेर ऋण तिर्न चाहनेलाई संकट भयो, बजारको एउटा प्रक्रिया नै बिग्रेको छ त्यसैले हामीले सङ्घर्ष समिति बनाएरै सरकारको खोजी गरेका हौ’।
अर्का व्यवसायी लक्ष्मण ढुङ्गाना भन्नुहुन्छ जग्गा बेचेर भए पनि उपचार गर्छु, बाँच्छु भन्नेलाई सकस भएको बताउनुहुन्छ
उहाँ भन्नू हुन्छ , ‘सरकारलाई चासो नै छैन, मान्छे बिरामी भयो थोरै जग्गा बेचेर औषधि उपचार गरौँ न त भन्दा बिक्री बन्द छ अब बाच्ने उपाय छ त?’
समितिका सह-संयोजक मनोरथ तिवारीले मुलुकमा सरकार भएको आभास नभएकाले सङ्घर्षका कार्यक्रम गर्न बाध्य भएको उल्लेख
गर्नुभयो
‘मान्छे छ्ट्पटिएको छ राज्यको उपस्थिति नदेखेपछि दिउँसो राँको बालेर सरकारको खोजी गरेका हौँ, सरकार भएको भए जनताका यस्ता समस्यामा टुलुटुलु हेरेर पक्कै बस्ने थिएन।’ उहाले भन्नू भयो।
प्रदर्शन पछिको कोण सभामा बोल्दै सहसंयोजक मनोरथ तिवारीले छेत्र नं २ सांसद तथा सभामुख देवराज घिमिरे, संघिय सांसद विश्व प्रकाश शर्मा , सांसद सरिता प्रसाईलाई ध्यानाकर्षण समेत गराउनु भयो ।
बुद्धशान्ति ३ स्थित बालुवा टारमा भएको ध्यानाकर्षणमा तिन दर्जन बढी जग्गा व्यवसायी र स्थानीयको उपस्थिति रहेकाे थियो।