
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा हात्तिको आक्रमणमा परी ज्यान गुमाउने स्थानिय खारखोलाका भिम भट्टराईको
परिवारले जिल्ला वन कार्यलयबाट १२ दिनपछि किरिया खर्च बापत ५० हजार पाएका छन, ।
जिल्ला वन कार्यलयका प्रमुख मेघराज राईले भन्नुभयो । किरिया खर्च बापतको ५० हजार रूपयाँ अहिले हस्तान्तरण गर्यौ , बाकी साढे ९ लाख रूपैयाँ अरू पकृया पुरा भएपछि उपलब्ध गराउनेछौं।
१४ जङ्गली जनावरको आक्रमणमा परी ज्यान गुमाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप १० लाख दिने व्यवस्था छ।
जंगलमा आहारा नपाएपछि हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेको स्थानिय निर्मला भट्टराई बताउनु हुन्छ ।
झापाको मेचीनगर बाट छिरेका हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने स्थानियको भनाई छ ।
जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि बुद्धशान्ति गाउँ पालिकाले पनि अन्य पालिकाले जस्तै दिर्घकालिन योजना ल्याउनु पर्ने स्थानियहरू बताउनु हुन्छ ।