
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले सोमबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आज बाट सुरू गरेको छ ।
पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेल अतिथिहरूमा बुद्धशान्ति कार्यपालिका सदस्य दिनेश लेप्चा, बुद्धशान्ति गाउँपालिका वडा नं ५ वडा सदस्य नर बहादुर कुमाल, सदस्य विन्दा गदाल, वडा नं ६ का सदस्य रेनुका भट्टराई पाथिभरा महिला सामुदायिक सचेतना विकास केन्द्रकी संस्थापक अध्यक्ष यमुना चापाँगाई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी सहसचिव लक्ष्मी श्रेस्ठ प्रसाई ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुपर्ने भन्दै उहाँले भन्नुभयो। महिला हिंसा विरुद्धको कार्यक्रम बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनु भयो ।
उहाँले भन्नू भयो महिलाहरूलाई घरमा कुनै न कुनै रूपमा हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउनु भयो।
तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेलले पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो । हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो । बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा बुद्धशान्ति वडा नं ५ /६ का तालिममा उपस्थित सहभागी हरूलाई धरान बाट आउनु भएका दिपेन्द्र निरौलाले आफ्नो मन अनि मस्तिस्क लाई तालिमको संस्कार बाट सजाउँ हर्क साम्पाङको गाउँ धरान बाट दिपेन्द्र निरौला आएको छु कम्तिमा तालि त बजाउँ भन्दै आफ्नो परिचय गराउदै प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमा बोल्दै बुद्धशान्ति कार्यपालिका सदस्य दिनेश लेप्चाले महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो।
बुद्धशान्ति वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी यसोदा नेपालले खदा द्वरा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगीता रिजाल थापाले गर्नुभएको थियो ।