
झापाको बुधबारे बजारको पुलचोक रोड मंगलबार निक्कै चहलपहल भएको देखिन्छ । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज मेलामा बिकास लिम्बू हेर्न जाने हो । पछिल्लो समय ,पहिलो नजरमा तिमी हरायौ , नामक गित बाट चर्चा कमाएका गायक बिकास लिम्बुको प्रस्तुती रहने मेला आयोजक समितिका सहसचिब गजुहाङ योङहाङले जानकारी दिनु भयो ।
प्रथम भोटेटार महोत्सवमा यस अघि पनि उत्तम जंङ लिम्बू र्यापर सशि मण्डल चर्चीत बाल गायीका रूक्सना लिम्बू लगायतको विभिन्न व्याण्डहरूको प्रस्तुति रहेको थियो । बैशाख २० गते देखी जेष्ठ ५ गते सम्म सन्चालन हुने महोत्सवमा आज चर्चित गायक विकास लिम्बू साथै स्थानिय कलाकार हरूको समेत बेजोड प्रस्तुती रहने बताईएको छ ।
नमुना शुक्रबारे कृषि बजार व्यवस्थापन समितिले प्रचारप्रसारका लागी महोत्सव लगाईएको बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बूले बताउनु भयो ।
महोत्सवमा मनोरञ्जनका लागी रोटे पिङ, ड्रागन रेस हाउजि खेल लगायत बच्चाका विभिन्न खेल सामाग्री राखिएको छ । सथै मेलामा विभिन्न अर्गानिक परिकारहरूको स्वाद संगै रमाउन सकिने बताईएको छ ।