ईलामको आम्दामीको श्रोत र ठाउको चिनारी साथै आफन्तलाई कोशेली रूपमा बनेको काली काँक्राको उत्पादन हरेक बर्ष घटिरहेको छ । इलामे भूमिमा अत्याधिक उत्पादन हुनेगरेको स्थानिय जातकै स्वादिलो काली काँक्रा खेतिमा किसानहरुको निक्कै मोह रहेको भएपनि रोगको प्रकोप र सरकारी असहयोगको कारण निरन्तर यसको उत्पादन घटि रहेको छ ।
मेची राजमार्गका सडका पसलहरुमा सजाएर राखेको काँक्रोले ईलाम आउने हरेक पाउनाहरुको झोलामा घर कोशेली बन्ने मात्रै हैन गर्मिको सिजनमा हरेक होटलमा सलाद र स्वादिलो अचार समेत बन्ने गरेको छ । ईलामे काँक्रामा पात पहेलिदै कक्रने,चिचिला र फल कुहिने वोट नै सर्लक्क हुदै मर्ने रोगले हरेक बर्ष यसको उत्पादन घटिरहेको छ।
ग्रामिण क्षेत्रका किसान हरूको आम्दानीको राम्रो स्रोत बनेको काँक्राको लागी स्थानिय सरकारको ध्यान पुग्न सकेमा किसानहरूको लागी राहत मिल्ने सुर्योदय नगरपालिका वडा नं ६ का कृष्णहरी पौडेलले बताउनु भयो ।
बिगतमा डेढ दुईलाखको उत्पादन हुने गरेकोमा यस बर्ष दश बिस हजारको समेत नभएको कारण लागत नै नउठ्ने भएपछि आगामी बर्षबाट यसको खेती नगर्ने रोङ गाउँपालिका वडा नं ६ का अर्का किसान सेर बहादुर रिजालले बताउनुभयो । रोङ को वडा न ६ र सुर्योदय नगरपालिका ,ईलाम नगरपालिका लगायतको गाँउहरुमा अत्याधिक खेती गरिने यो स्थानिय जातको काँक्राको ब्यवसायिक खेती सूर्योदय नगरपालिका वडा न ६ तारगाउबाट शुरु गरिएको थियो ।
फागुन चैत्रमा नर्सरी गरेको बिरुवाले जेठबाट उत्पादन हुने र करिव तिन महिना सम्म लगातार आम्दामी दिने गरेको छ । मेची राजमार्गका सडक पसल ,झापाका बिभिन्न बजारहर,भारतको सिलिगुडि र काठमाण्डौ सम्म बिक्री हुने गरेको काक्रामा उत्पादन भए हालसम्म बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ ।