
झापाको बुद्धशान्ति ५ सम्पन्न दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन एफसी रोङले उचालेको छ ।
आईतबार भएको फाईनलमा आयोजक जागृती क्लब र बहुबन एफसी रोङ भिडेका थिए । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारिलाई पराजित गर्दै उपाधी भिडन्त तय गरेको थिए । आयोजक जागृती क्लबलाई बहुबन एफसी रोङले २ गोल लगाएको थियो भने आयोजक जागृती क्लबले १ गोल मात्र फर्काउन सफल भएको थियो ।
प्रतियोगिताको विजेता बहुबन एफसी रोङले नगद ५० हजार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता जागृती क्लबले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।