झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ मा प्रथम जयपुर भेन्ट्रास फुटबल कल्बको आयोजनामा भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को हिसाब सार्बजनिक भएको छ ।
फागुन १ गते वाट सन्चालन भएर ७ गते सम्पन्न भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को आयोजक समितिले ११ गते शक्रवार समितिका सम्पुर्ण सदस्यहरूको उपस्थितिमा आय तर्फ ९९,६०० व्यय तर्फ ९९,६०० साथै उठ्न बाकी रकम १५,००० हिसाब सार्बजनिक गरेको हो ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले बताउनु भयो ।श्री आदर्श माविको जयपुरको खेल मैदानमा फागुन १ गते बाट सन्चालन भएको टोल स्तरिय फुटबल
प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहेको थियो भने
प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, मेडल र ट्रफि प्राप्त गरे भने उपविजेताले नगद रु १० हजार र मेडल र ट्रफि पाएका थिए ।
खेललाई थप रोचन र आक्रर्शक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत भएको बताईएको छ ।