
झापाको बुद्धशान्तिमा दारी ग्याङ झापाको आयोजना साथै बुद्धशान्ति गाउँपालिका को आर्थिक सहयोग एवम् परिवर्तन थिएटरकाँकडभिट्टा को नाटक मञ्चन र सेम्पल एजुकेसन बुद्धशान्तिको प्राविधीक सहयोगमा लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना मुलक कचहरी नाटक सम्पन्न गरेको छ । सोमबार बुद्धशान्तिका दुई स्थानमा लागुऔषध दुर्ब्यसन विरुद्ध जनचेतनामुलक कचहरी नाटक मन्चनको भिडियो सामाग्री सहित जनचेतना मूलक भिडियो सामाग्री प्रोजेक्टरको माध्यम बाट बुद्धशान्ति वडा नं ७ सुनमाईको मोदि डाँडा साथै बुद्धशान्ति वडा नं४ स्थित हापिन चोकमा स्थानीय वासीहरूको उपस्थितिमा सचेतना मुलक भिडियो प्रदर्शन गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले जानकारि दिनु भयो
देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६/७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ ।
लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन साथै जनचेतना मुलक भिडियो सामाग्री प्रदर्शनी गरिएको थियो ।