May 10, 2024

रोचक

झापाको बुद्धशान्तिमा दारी ग्याङ झापाको आयोजना साथै बुद्धशान्ति गाउँपालिका को आर्थिक सहयोग एवम् परिवर्तन थिएटरकाँकडभिट्टा को नाटक मञ्चन र सेम्पल एजुकेसन बुद्धशान्तिको प्राविधीक सहयोगमा लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना मुलक कचहरी नाटक सम्पन्न गरेको छ । सोमबार बुद्धशान्तिका दुई स्थानमा लागुऔषध दुर्ब्यसन  विरुद्ध जनचेतनामुलक कचहरी नाटक मन्चनको भिडियो सामाग्री सहित जनचेतना मूलक भिडियो सामाग्री  प्रोजेक्टरको माध्यम बाट बुद्धशान्ति वडा नं ७ सुनमाईको मोदि डाँडा साथै बुद्धशान्ति वडा नं४ स्थित हापिन चोकमा स्थानीय वासीहरूको  उपस्थितिमा सचेतना मुलक भिडियो प्रदर्शन  गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले जानकारि दिनु भयो देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६/७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ ।लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन  साथै जनचेतना मुलक  भिडियो सामाग्री प्रदर्शनी गरिएको थियो ।

साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ ।

यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ ।
यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ ।

आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु,  हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका बाचाहरू गर्ने गर्छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबारे बोइजले होलिको अवसर पारेर आज सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । धरान बाट आउने डिजे कन्सड मेडमको प्रस्तुति रहेको थियो कार्यक्रमा उपस्थित सम्पुणमा बुधबारे बोईजका अध्यक्ष पंकज शेर्पाले धन्यबाद दिएका छन, कार्यक्रमको सन्चालन दिपेस भट्टराईले गरेका थिए ।

होलि पर्व किन मनाईन्छ त ?

हिरण्य कश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने अनेक उपाय लगाउदा पनि केहि सिप नचलेपछि अन्तिम उपाय रची बिष्णु भक्त प्रल्हादलाई मार्नको लागी आफ्नी बहिनी होलिकालाई अह्राएका थिए जुन होलिका स्त्री थियिन उनलाई आगोले नजलाउने वरदान प्राप्त थियो । उनि मार्फत प्रल्हादलाई मर्नकालागी होलिकालाई प्रयोग गरियो । आगोको धुनि लगाइयो र आगोमा होलिका बसिन होलिकाले भक्त प्रल्हादलाई काखमा लिईन आगोले होलिका जलिन तर प्रल्हादलाई केहि भएन । यसरि दैबी भक्ति मार्फतबाट आशुरी शक्ति पराजित भएको बिजय दिवसको खुशियालिमा मनाइने होली नेपालको एक बिशिष्ट पर्ब रहेको छ । एउटा अर्को प्रसँगपनि रहेछ द्वापर युगमा ईन्द्रद्वारा गरिएको भारी बर्षाबाट भगवान कृष्णले नागरिकलाई बचाएको खुशीयालिमा गोकुलबासिले मनाएको पर्ब हो र यसैको समझना स्वरुप हरेक बर्ष होली मनाइन्छ । यस दिन आगोको धुनि लगाइ होलिको पुत्ला दहन गरी वाध्यवादनसहित खुशीयालिका साथ बिभिन्न रङ छ्यापी रमाइलो गर्ने पर्ब हो ।
तर हामिले मनाउने पर्वलाई खाली हाँसो र मजाको रुपमा मात्र लिने चलन छ वास्तविक महत्व नबुझी पर्ब मनाउदा बिकृती आउनु स्वभाविक हो । पर्व र जात्राको बिदा दिइन्छ भने त्यसदिनको बिदा किन दिएको र बिदा दिनुको महत्व के छ भनेर राज्यद्वारा सबै नगरिकलाई जानकारी दिनु उपयुक्त देखिन्छ । कतिपय बिदा दिइन्छ तर त्यो बिदा कसरी मनाउने भन्ने जानकारी जनमानसमा नहुँदा समाजमा असुरक्षा, भाडभैलो र बिकृती आएको देखिन्छ ।

प्रणय दिवसको अवसरमा आज इलाम स्थित रोङका विद्यार्थीहरुले सवारी चालकहरुलाई प्रेमको प्रतीक गुलाफ फूल उपहार दिएका छन् । रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रमसहित सवारी चालकहरुलाई गुलाफ फूल दिएको हो ।

सवारी चालकहरुलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्मेवारी म मा’ भन्ने नाराका साथ जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको रोङ विद्यार्थी एकता समितिका अध्यक्ष विमल कट्टेलले बताए ।

अध्यक्ष कट्टेलकै अध्यक्षता, रोङ गाउँपालिका उपाध्यक्ष बिष्णु माया भुजेलको प्रमुख आथित्यता, त्यस्तै ट्राफिक प्रहरी पोस्ट जोरकलस, प्रहरी चौकी किटेनी ,पर्यटन सूचना केन्द्र जोरकलश,अन्कुरण फाउन्डेसन रोङका प्रतिनिधि लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे राेङ विद्यार्थी एकता समितिका काेषााध्यक्ष विवेक कार्कीले जानकारी दिए ।

प्रेम एउटा मिठो भाव, सुन्दर दृश्य, अविस्मणीय परिकल्पना, अविश्वसनीय सत्य हो । आफूलाई भन्दा धेरै प्रेम अरूलाई गर्नु अविश्वसनीय नै त हो । विश्वासले जब दुई आत्माबीच ठाउँ बनाउँछ तब प्रेमको सुरुवात हुने गर्छ। देख्दैमा हुने, बोलेर हुने, भन्दा संगत गरेपछि हुने प्रेम धेरै विश्वासी हुने अनुमान मेरो हो । गलत विचार गरेर सुरु गरेको प्रेमले पनि सुनौलो तथा रंगीन अन्त्य पाउनु अस्वभाविक होइन किनकि प्रेम छ नै त्यस्तै । को मन पर्ने, कहिले, किन, कसरी, के का लागि, खै ?

प्रेमलाई थाहा छ नि, प्रेमिकालाई मेरो के मन पर्यो । आमाबालाई के मन पर्छ । दाजुलाई, आफन्तलाई, साथीलाई, सबैलाई केही न केही मन परेर नै त सम्बन्ध कायम रहन्छ । यी सब पनि प्रेमका उपनाम जतिकै हुन । तर प्रेम दिवसले उपनामको हैन मात्र प्रेमको प्रतीक हु भन्ने दाबी गरे जसो पनि मलाई लाग्दैन । चलन चल्यो, चल्दै छ, यस्तै छ । शुभकामना छ ती सबै प्रेम जोडीलाई जसको मन जोडिएको छ मायाको डोरीले ।

– सौरभ घिमिरे

४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

Credit: Online Khabar

३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो ।

अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।

Credit: Online Khabar

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।