
झापाको बुद्धशान्तिमा ३ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १,२,३ सम्युक्त किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ३ स्थित किरात राई यायोक्खाको निर्माण हुँदै गरेको संस्थाको प्राङ्गणमा आईतबार भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।किरात राई यायोक्खा सम्युक्त १,२,३, बुद्धशान्तिका अध्यक्ष हरि कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ वडा सदस्य लिला परियार,
किरात राई यायोक्खा बुद्धशान्तिका अध्यक्ष राजेन्द्र राई,आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य विभिन्न ठाउँवाट आफ्नो नित्य लिएर आउने प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो l
कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व यसलाई कुल देवाताको रूप मानेर हामिले मनाउदै आएको पर्वले हामिलाई परिवारमा शुख शान्ति हुने अन्न बालि फस्टाउने जन विस्वासले गर्दानै यो पर्व मनाउदै आएको बताउनु भयो । उहाले ,भन्नू ,भयो भुमिमा सबै भन्दा पाईला टेक्ने किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्र भन्ने गरेको बताउनु भयो ।
कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुद्धशान्ति ४ अर्नुजधारा लगायत विभिन्न ठाउँवाट आएका टोलिले आफ्नो भेषभुसा सहितको जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । बुद्धशान्ति सम्युक्त १,२,३ किरात राई यायोक्खा अध्यक्ष हरिकुमार राईले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा वडा नं ३ का अध्यक्ष पर्शुराम चेम्जोङ बुद्बशान्ति वडा नं ४ किरात राई यायोक्खाका अध्यक्ष राजेन्द्र राई आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।
त्यस्तै कार्यक्रममा जेष्ठ अामा बुवा बुद्धशान्ति वडा नं ३ का ८४ वर्षिय खम्ब बहादुर राई साथै बुद्धशान्ति ३ कै ८३ वर्षिय फुलमाया राईलाइ फुलमाला दोसल्ला ओढाएर मायाको चियो सहित सम्मान समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का उपाध्यक्ष युवराज राईले स्वागत गर्नुभएको थियो भनेउक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का सचिव पदम राईले गर्नु भएको थियो ,