इलामको राेङ गाउपालिका भरि बिभिन्न ३५ स्थानमा आँखा र कानका राेगकाे डेढ महिना लामाे स्वास्थ्य शिबिर सचालन हुने भएकाे छ ।
आगामी भाद्र ४ गतेवाट असाेज १७ गतेसम्म हुने पालिकाभरिका ४० बर्ष माथिका नागरिकहरु,बिद्यालयका सबै बिध्यार्थीहरुकाे आँखा र कानकाे परिक्षण गरि आवश्यक निशुल्क औषधी बितरण उपचार गरिने भएकाे हाे ।
राेङ गाउपालिका,नेत्र ज्याेति सघ ईलाम र बिराटनगर आँखा उपचार केन्द्रकाे सयुक्त सहयाेगमा हुने शिविरमा परामर्ष,सामान्य उपचार लगायतकाे काम शिविरमै हुने अवस्था अनुसार शल्यकृया गर्नुपर्ने भेटिएका राेगिहरुकाे पालिकाकै कुनै स्वास्थ्य चाैकिमा निशुल्क शल्यकृया साथै जटिलखालका समस्या भेटिएमा पालिकाकै सहयाेगमा सुबिधा सम्पन्न अस्पतालमा पठाएर उपचार गरिने जनस्वाथ्य अधिकृत तथा राेङ स्स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो ।
आगामी भदाै चारगते वडा न १ वाट शुरु हुने शिबिर भदै ११ गतेसम्म साेहि वडाकाे बिभिन्न सात स्थानमा चल्ने छ भने वडा न २ मा भदाै १२ देखी १८ गतेसम्म वडाका ५ ठाउमा,वडा न ३ मा भदै १९ देखी २८ गतेसम्म फरक फरक टाेलमा,वडा न ४ मा भदाै ३० वाट असाेज ३ सम्म ,वडा न ५ काे बिभिन्न ६ स्थानमा असाेज ६ गतेवाट ११ गतेसम्म र वडा न ६ काे बिभिन्न ५ स्थानमा असाेज १३ वाट १७ गतेसम्म हुने तालिका रहेकाे प्रमुख काफ्लेले बताउनु भयो ।
शिबिरकै क्रममा राेङ भित्रका सबै बद्यार्थीहरुकाे रगत समुहकाे पहिचान र किशाेर किशाेरीहरुकाे हेमाेग्लाेबिन समेत परिक्षण गरिने भएकाे छ ।
मुलुक सघिय सरचनामा गएपछि राेङ गाउपालिकाकाे टाेलटाेलमै नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउन थालेकाेले महसुस गरेका छन् ।
गाउपालिकामा मासिकरुपमा उपलब्ध स्वास्थ्यकर्मीहरुकाे प्रयाेग गरि टाेल स्तरमा घुम्ती शिबिर र समयसमयमा बिशेषज्ञ शिबिर सचालन गर्दै आएकाे छ ।