
झापाको बुद्धशान्तिमा भएको दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।
आज भएको उपाधी भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको हो ।
खेलकुद विकास समिति बुद्धशान्ति १ का अध्यक्ष बालकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष भवानी खतिवडा, खेल संयोजक एकराज खवास, प्रतियोगिता संयोजक पर्शुराम चेम्जोङ, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले अन्य विभिन्न जनप्रतिनिधी, खेलकुद विकास समितिका पदाधिकारी, समाजसेवी, खेलप्रेमीको आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति ३ लाई च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको दोस्रो हाफमा बुद्धशान्ति १ का भरपर्दा डिफेन्डर पवन परियारले रेड कार्ड खादै मैदान छोडेको मौकालाई सदुपयोग गर्दै लिम्बुले एक मात्र गोल गरेका थिए । १० जना खेलाडीमा सिमित बुद्धशान्ति १ ले धेरै नै अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।
प्रतियोगिताको च्याम्पियन बने सङ्गै बुद्धशान्ति ३ ले नगद ३० हजार रुपैयाँ , ट्रफी , मेडल प्राप्त गर्यो भने उपविजेतामा सिमित डिफेन्डिङ च्याम्पियन वडा १ ले २० हजार रुपैयाँमा चित्त बुझाउन पुग्यो ।
प्रतियोगितामा उदयिमान खेलाडी युवस तामाङ्ग, सर्बोउत्कृष्ट विजय लिम्बु, गोल रक्षक रिजन ल्वागुन, डिफेन्डर भुपाल मगर, मिडफिल्डर पुजन थापा, उच्च गोलकर्ता जेनित बराल र कोच मिलन मुखिया घोषित हुँदै पुरष्कृत भएका थिए ।
उनिहरुलाई प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति खेलकुद विकास समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडाध्यक्षहरु अनिल वाग्ले, शेर बहादुर राय, शिवराज पौडेल, चन्द्र भण्डारी, आयोजक समितिका अध्यक्ष बाल कुमार राईले पुरस्कृत वितरण गर्नु भएको थियो ।
पालिका स्तरीय टिम निर्माण साथै युवालाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता संचालन गरिएको बुद्धशान्ति खेलकुद विकास समिती संयोजक चेम्जोङले बताउनु भयो ।
बुद्धशान्ति खेलकुद समिती बुद्धशान्ति १ को आयोजनामा भएको खेलको बुद्धशान्ति गाउँपालिकाले मुख्य प्रायोजन गरेको थियो ।