
झापाको बुद्धशान्तिमा दोस्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरिय नकआउट भलिवल प्रतियोगिताको हुने भएको छ । बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको संयोजन तथा वडा नं ६ खेलकुद विकास समितिको आयोजनामा यहि माघ २५ र २६ गते प्रतियोगिता संचालन हुने भएको हो ।
बुद्धशान्तिका गाउँपालिकाका ७ वटै वडाको टिम सहभागिता हुने प्रतियोगितामा विजेताले नगद २० हजार मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बुद्धशान्ति वडा नं ६ खेलकुद विकास समितिका अध्यक्ष असोक लाखेले बताउनु भयो । खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितमा भएको पत्रकार सम्बेलनमा माघ २५ गते उद्घाटन हुने प्रतियोगिताको खेल तालिका आयोजक समितका सचिब बाबुल दाहालले गर्नु भएको थियो ।
बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन हुने प्रतियोगिताले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न पालिकाले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको बताउदै भलिवल विकासका लागि वडास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङले बताउनु भयो ।पत्रकार सम्मेलन मार्फत शुभकामना दिदै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
बुद्धशान्ति–६ स्थित ठुटेवरको खेल मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदानको पनि तयारी भईसकेको बताउँदै वडा नं ६ वडा सदस्य दिनेस लेप्चाले प्रतियोगिताको प्रतेक खेलमा विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट खेलाडीलाई नगद रू १ हजार प्रतियोगिताको बेस्ट स्पाईक ट्रफी, बेस्ट सेटर ट्रफी, बेस्ट लिबेरो ट्फी,बेस्ट सरबर ट्रफी,पाउने बताउनु भयो ।