बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बुद्धशान्ति ६ स्थित सन्तपुरमा एचपिभी. खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बुद्धशान्ति वडा नं ६ वडास्तरीय जनप्रतिनिधी, शिक्षक, स्वयंसेवक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा खोप समन्वय समितिको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादवले कार्यक्रमको सहजीकरण गर्दै पाठेघरको मुखको क्यान्सरको बारे साथै खोपको प्रभावकारिता बारे अन्तर्कृया समेत गर्नु भएको थियो । वडा न ६ मा यही माघ २२ गते श्री शान्ति आदर्श मा. बि. गौडा, २३ गते श्री शिद्धेश्वर शिव मन्दिर बाबरीटार र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप कार्यक्रम संचालन हुने भएको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु तथा विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मका छात्राहरुको खोजी गरेर खोप लगाउने कार्यक्रम रहेको बताईएको छ ।
कार्यक्रम वडाअध्यक्ष शिवराज पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य दिनेश लाप्चा, वडा सदस्यहरु रमा अधिकारी, प्रमिला परियार, रेनुका भट्टराई, लोक बहादुर राई वडा सचीव इन्द्र बजगाई, शिक्षक, स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अर्जुन कुईकेल ईन्द्रले गर्नु भएको