बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगितामा भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले उपाधि उचालेको छ ।
उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् ।
जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, विशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् ।
साथै यस अघि भएको Barkha,s indo- Nepal womens cricket प्रतियोगितामा भारत महिला क्रीकेट टिम बिजयी हुँदै सम्मानित भयो ।
बर्खा स्मृति प्रतिष्ठान अध्यक्ष मदन कुमार प्रसाईंको अध्यक्षता आयोजित समापन सत्रमा प्रदेश सभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल ,बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला ,बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक पर्शुराम चेम्जोङ,खेलकुद विकास समिति झापा अध्यक्ष प्रशान्त भण्डारी ,भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल ,प्राज्ञा मुनाराज शेर्मा, क्रीकेट संघ झापाका अध्यक्ष प्रविण थापा लगायत विभिन्न सामाजिक ,राजनीति एवम् खेल क्षेत्रका ब्याक्तीहरुको उपस्थिति रहेको थियो।