October 12, 2024

खेल

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा भएको ३ दिवसिय भोटेटार भेट्रान्स फुलबल प्रतियोगिताको उपाधी रेड स्टार विर्तामोडले उचालेको छ । बुद्धशान्ति वडा नं १ स्थित भोटेटारको खेल मैदानमा भदौ ३० गते बाट ३ दिवसीय भोटेटार भेट्रान्स फुलबल प्रतियोगिता सन्चालन भएको थियो ।

मंगलबार सम्पन्न फाईनल खेलमा रेड स्टार विर्तामोड र न्यु स्टार बुट्टाबारि बिच भएको  खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसके पछि ट्राईबेकरको अाधारमा बुट्टावारिलाई ३/५ गोलको अन्तरले हराउदै विर्तामोड विजयी भएको थियो ।

उपाधि सँगै  विर्तामोडले नगद २५ हजारको कालो खसी पाएको छ  भने उपविजेता  वुट्टाबारिले १५ हजारको सेतो खसिमा चित्त बुझायो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले आयोजक भेट्रान्स क्लबका संयोजक गणेश गुरूङ शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष  इन्द्र हाङ लिम्बू लगायत अन्य अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो ।कार्यक्रम प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यका साथै बुद्धशान्तिको विकास विस्तार र प्रवर्दनमा सिङ्गो पालिका लागीपरेको बताउदै आफ्नो धारणा राख्नु भएको थियो ।खेललाई थप रोचक बनाउन  आयोजक ट्याक्टर व्यवसाही भेट्रान्स कल्ब र एभरेस्ट साबुन उध्योगका कर्मचारी विच सो म्याच समेत खेलाईएको थियो

आयोजक भेट्रान्स क्लबका संयोजक गणेश गुरूङ अध्यक्षतामा सम्पन्न फाईनल खेलमा विभिन्न संस्थाका प्रतिनिधी स्थानिय वासि लगायतको  वाक्लो उपस्थित रहेको कार्यक्रमको सन्चालन न्यु स्टार युथ कल्बका सचिव गजुहाङ योङहाङले गर्नु भएको थियो ।

झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा –६ मा स्थानीयले पक्राउ गर्न सफल भएका थिए ।

त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन । प्रहरीले घटनाको कारण थाहा हुन नसकेको जनाएको छ ।

चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो ।
झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुको संख्या ८४ पुगेको छ ।

डिस्चार्ज भएकाहरु पुनः भर्ना भएका छन् भने नयाँ विरामी पनि थपिएका छन् । शनिश्चरे आधारभूत अस्पतालबाट ३९ जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

त्यसबाहेक ३८ जनाको शनिश्चरे अस्पतालमै उपचार भइरहेको छ । त्यस्तै बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीनजनाको उपचार भइरहेको थियो ।

नगरपालिकाले उपचार खर्च बेहोर्ने भएपछि बीएण्डसीका विरामीहरु उपचारका लागि शनिश्चरे अस्पताल पुगेका छन् ।

शनिश्चरे अस्पतालमा विरामीहरुलाई नगरपालिकाले निःशुल्क उपचार गराइरहेको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताउनु भयो । उहाँले त्यहाँ लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने जानकारी दिनुभयो ।

त्यस्तै बीएण्डसीमा उपचार गराएका एकजना विरामीको उपचार खर्च २५ हजार रुपैयाँ आफूले बेहोरेको बताउनु भयो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्नासँगै बिहीबार नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिनुभयो ।

६ वर्षका बालबालिकादेखि ७७ वर्षसम्मका वृद्धवृद्धालाई फुडपोइजन भएको जनाइएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ ।

१५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएका कारण १० वर्षमुनिका र ७० वर्षभन्दा माथिका ३९ जना बिरामीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको छ ।

यसैबीच ती विरामीमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख चिमरियाले जानकारी दिनुभयो।

यस्तै, थप १५ जना विरामीको दिसाको कल्चर जाँच गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चिमरियाको भनाई छ । उहाँका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखा पर्ने गरेको छ ।

विरामीहरु अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पुजाको प्रसाद खाएपछि विरामी भएका थिए ।दिउँसो १२ बजे खानेहरुलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरु ९९ प्रतिशत विरामी भएको बताइएको छ ।

विरामीहरुलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ । विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालयको टोली अस्पताल पुगेको थियो ।

बुद्धशान्ति ४ मा रहेको मुनामदन एकेडेमीले लागुऔषध प्रयोगविरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । बुधबारे जेसीजले आयोजना गरेको अन्तरविद्यालय प्रतियोगितामा मुनामदन एकाडेमिले प्रथम स्थान हासिल गरेको हो । मुनामदन एकाडेमीले ट्रफी, प्रमाणपत्र तथा पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान ज्योति अंग्रेजी बोर्डिङ स्कुल तथा तेस्रो स्थान एराएभरग्रीन बोर्डिङ स्कुलले हासिल गरेका हुन  । ती विद्यालयहरूले पनि ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार पाएका छन् ज्योतिले तीन हजार तथा एराएभरग्रीनले दुई हजार नगद पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेस्ट स्पिचको उपाधि सरस्वती आधारभूत विद्यालयका विद्यार्थी संयोग घिमिरेले पाए बेस्ट एक्टरको उपाधि त्रिभुवन माविकी छात्रा प्रेजिसा अर्यालले पाइन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज  प्रसाईंले लागुऔषध दुर्व्यवसनको अवस्था भयावह रहेको अवस्थामा विद्यार्थीहरूले निर्माण गरेका भिडियोले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना दिने विश्वास व्यक्त गर्नु भयो। प्रतियोगिताको निर्णायकहरूमा बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी, अग्रज पत्रकार उमाकान्त खनाल, शिक्षासेवी गणेश निरौला, प्याब्सनबाट बिष्णु सापकोटा तथा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगाल रहनु भएको थियो । बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतले बताउनु भयो। कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गर्नुभएको थियो भने अध्यक्षता बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतको रहेको थियो। बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रमको संयोजन कृष्ण ढकालले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, सामाजिक कार्यमा क्रियाशील मनेश दाहाल, निर्णायकका तर्फबाट गणेश निरौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले लगायतले क्रमस शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अस्मिता वर्देवा ।  झापाको बुद्धशान्ति –४ मा भईरहेको स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सट्टाभर्ना टोलले उचालेको छ । शनिवार भएको फाइनल खेलमा  किरात युथ क्लब आयोजकलाई  ०/२ गोल अन्तरले हराउँदै सट्टाभर्ना टोलले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै सट्टाभर्नाले नगद १० हजार ,ट्रफी र मेडल पाएको छ  भने उपविजेता किरात युथ क्लबले नगद ६ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच  सट्टाभर्नाका सिगेब लिम्बू भए  । त्यस्तै, उत्कृष्ट गोल किप्पर गुराँस बस्ति टोलका सुमित राउत भए भने उच्च गोलकर्ता सट्टाभर्ना टोलका आयुस राइ भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर  गुराँस बस्तिका सुमित लिम्बु भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय  प्रथम किराँत युथ क्लब  फुटबल प्रतियोगिताका टेक वहादुर लिम्बु लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।खेललाई थप रोचक बनाउन  सट्टाभर्ना महिला टिम र आईतबारे महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा सट्टाभर्ना टोललाई ०/२ गोल अन्तरले  हराउदै आइतबारे महिला टिम विजयी भएको थियो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर कार्यक्रम सम्पन्न भएको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  ।शनिवार भएको फाइनल  झापा जिल्ला फुटबल सघका उपाध्यक्ष  मनेस दहाल ,बुद्धशान्तिका गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, वडा नं ४ वडा सदस्य सन्जित कुमार थेबे, न्युएभर विद्यालयका शिक्षक संजय लिम्बू , समाज सेवी,विजय लिङ्खिम, प्रकाश साम्सोहाङ समाज सेवि पुर्ण सुहाङ विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानियहरूको बाक्लो  उपस्थिति रहेको थियो ।

झापाको बुद्धशान्ति –४ मा  जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा आइतबारे टोल र KYC आयोजक गुराँस बस्ती टोल विच भएको थियो, सो खेलमा आईतबारे टोललाई ०/१ गोलको अन्तरले हराउदै KYC आयोजक गुराँसबस्ती टोल फाईनलमा प्रवेश गरेको छ ।पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याच  KYC आयोजक गुराँसबस्ती टोलका सुमित लिम्बु भएका थिए ।त्यस्तै आजै भएको दोस्रो सेमिफाईनल  खेलमा मंगलबारे टोल र सट्टाभर्ना टोल  बिच भएको थियो सो खेलमा खेलमा  मंगलबारे टोललाई १ /३ गोलको अन्तरले हराउदै सट्टा भर्ना टोल  फाईनलमा प्रवेश गरेको हो  ।दोस्रो  सेमिफाईनल खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका पारस लिम्बु भएका थिए ।बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने  बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिदै आएको स्थानिय समाज सेवी खेल संयोजक  टेक बहादुर लिम्बुले बताउनु भयो ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।
बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते  सट्टाभर्ना र  KYC आयोजक गुराँस बस्ति फाईनल खेल्ने छन, ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहेको बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको मेचिनगर नगरपालिका वडा नं ९ मा मेचि वन सब डिवीजन कार्यलयका अधिकृत कुल प्रसाद भट्टराईको अध्यक्षतामा साथै मेचिनगर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष कन्चन तामाको प्रमुख आतिथ्यतामा  मेचिनगर साथै बुद्धशान्ति संयुक्त मानव हात्ती द्वन्द न्यूनीकरणका निम्ति हात्ती आतंक बाट बच्न द्रुत  प्रतिकार्य टोली  गठन गरिएको छ ।

संयोजक होम पौडेल , मेचिनगर , बुद्बशान्ति ४ का सुमन खालिङको उपसंयोजकत्वमा ३० समिति गठन गरिएको छ ।

सदस्यहरूमा , डम्बर लावती, किरण मगर, सरन लिम्बू, लगायत ३० समिति चयन गरिएको बुद्धशान्ती ४ उपसंयोजक सुमन खालिङले बताउनु भयो ।

उपस्थित सम्पुर्ण अतिथीहरूलाई थोप्ले विरान सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्नु  बुद्धशान्ति वन महासंघका अध्यक्ष  प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।

कार्यक्रममा मेचिनगर महासंघ अध्यक्ष जानुका ओलि, बुद्बशान्ति महासंघ अध्यक्ष प्रकाश सांसोहाङ,मेचिनगर वडा नं ९ का वडा सदस्य राजन खड्का, नवज्योति सामुदायीक वन उपाध्यक्ष  विनय लावती, बासवारी वनका अध्यक्ष अम्विका प्रसाईं मेचिनगर वन कार्यलय विट १ का अध्यक्ष  अमर फम्बो, विट नं २ का अध्यक्ष विर्ख तामाङ,थोप्ले विरान,वनका अध्यक्ष कृष्ण कोईराला लगायतको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन मेचीसव वन डिभिजन कार्यलयका सदस्य कर्ण विकले गर्नु भएको थियो

झापाको बुद्धशान्ति –४ मा  जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा आइतबारे टोल AYC र अमर बस्ती टोल विच भएको थियो,खेलको निधारित समयमा अमरबस्तिलाई  ०/२ गोलको अन्तरले हराउदै आइतबारे टोल AYC  विजयी भएको छ ।पहिलो खेलको म्यान अफ दि म्याच आइतबारे टोल AYC का मिलन सुब्वा भएका भए  । त्यस्तै आजै भएको दोस्रो खेलमा मंगलबारे टोल र जुनेलिबस्ती टोल  बिच भएको थियो सो खेलमा खेलको निधारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछी  भएपछि ट्राईबेकरको आधारमा ४/५ गोलको अन्तरले हराउदै मंगलबारे टोल विजयी भएको  थियो भने  खेलको म्यान अफ दि म्याच मंगलबारे टोलका जेम्स लिम्बू भएका थिए ।बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने  बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिने स्थानिय समाज सेवी खेल संयोजक  टेक बहादुर लिम्बुले बताउनु भयो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो  ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब  मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति –४ मा  स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा आज बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा  KYC आयोजक गराँस बस्ति  र  धर्म मार्ग बस्ति टोल विच भएको थियो,खेलको निधारित समयमा दुबै टिमबाट १/१ गोल  भएपछि ट्राईबेकरको आधारमा ३/५ गोलको अन्तरले हराउदै  KYC आयोजक गुराँस बस्ति टोल विजयी भएको छ ।पहिलो खेलको म्यान अफ दि म्याच KYC आयोजक गुराँस बस्तिका टोलका समीर लिम्बु भएका भए  ।
त्यस्तै आजै भएको दोस्रो खेलमा सट्टाभर्ना  टोल र बर्ने टोल बिच भएको थियो सो खेलमा बर्ने टोल लाई १/५ गोलको अन्तरले हराउदै सट्टाभर्ना टोल विजयी भएको हो । दोस्रो खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका आयुस राई भएका थिए ।
बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा आजबाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिने स्थानीय आयोजक किराँत युथ क्लबका अध्यक्ष  टेक बहादुर लिम्बुले बताउनु भयो ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको स्थानिय समाज सेवी खेल संयोजक करण थेबेले बताउनु भयो । बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बले बताउनु भयो ।

असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो  । कार्यक्रममा लाई किराँत युथ क्लबका सदस्य पुर्ण सुहाङ समाज सेवि मित्र साँवा लिम्बू, बुद्धशान्ति खेलकुद विकास समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन मेहाङबो लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने  बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब  मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ ।

शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् ।

कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रनानि र बीओपी केचनाबाट सप्रनि समेतको टोली खटिएको जनाइएको छ ।