May 10, 2024

कृषि

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर ।

तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो ।

अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग, सुगन्ध र यसको जमावट हेरेर शुद्ध हो की हैन पत्ता लगाउन सकिन्छ ।

रङ र सुगन्धबाट शुद्धता जाँच

महको रंग तथा सुगन्धबाट पनि यसको गुणवत्ता पत्ता लगाउन सकिन्छ । मह जति शुद्ध हुन्छ त्यती नै राम्ररी जम्छ । शुद्ध मह सङ्लो देखिँदैन अलि  मैलो देखिन्छ । घाममा राख्दा पनि त्यसको रंग परिवर्तन हुँदैन । यसको गन्ध अलि अलि अमिलो मिश्रित हुन्छ ।

महको शुद्धता जाँच्ने सरल विधी

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ  । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ ।

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो ।

यो सिजनको मह उत्तम

अहिले पाइने मह भनेको सूर्यमुखी र तोरी फुल्ने सिजनको हो । यो सिजनमा पाइने मह नै राम्रो हो । उन्नत तरिकाका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पाल्न सकिन्छ र त्यसबाट मह निकाल्न सकिन्छ ।

फूलबारीमा मौरी नपालेर आजभोलि फलफूल बढी बिक्री हुने ठाउँमा मौरी पालेर मह निकाल्ने गरेको पनि पाइएको छ । त्यस्तो मह भने स्वास्थ्यकर हुँदैन त्यो कुरामा पनि हामी सचेत हुनु पर्छ ।

अमृतसमान मह

महलाई प्रकृतिको अमृत मानिन्छ । यसमा सूक्ष्म पोषक तत्त्व र  शरीरलाई न्यानो बनाउने गुण हुन्छ । महमा यान्टिबायोटिक गुण हुन्छ, प्रोटिन, ‘फिनोल’ नामको यान्टिबायोटिक हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

महमा भएको सबै घटकहरू प्रोटिन, सूक्ष्म पोषक तत्त्व, यान्टिबायोटिक र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तत्त्वहरू एकदमै धेरै हुन्छ ।

मह कसरी खान सकिन्छ ? कति मात्रा ? कुन अवस्थामा ?

आजभोलि हटलेमन खाने चलन छ । यो एकदमै अस्वास्थ्यकर बानी हो । महलाई तातो पानीमा मिसाउँदा यसमा भएका गुणहरू नष्ट भएर जान्छ र कहिलेकाहीँ विषाक्त पनि हुन सक्छ ।

महलाई खाने सबैभन्दा उत्तम उपाय भनेको चाटेर खाने हो । मनतातो पानी अलग खाने र महलाई चाटेर खाने यसरी खाँदा मुखमा भएका सूक्ष्म ग्रन्थिहरू पनि सक्रिय हुन्छन्  ।  मह यति नै मात्रामा खाने भनेर त छैन तर, ठुला व्यक्तिले दैनिक टेबल चम्चाको एक चम्चा र बालबालिकाले चिया  चम्चाको एक चम्चा खानु उपयुक्त हुन्छ । पाउरोटी रोटीमा लगाएर खाँदा त धेरै पनि खाइन्छ । मह शुद्ध छ भने रुचि र शरीरको क्षमता अनुसार धेरै खाँदा यसले बेफाइदा गर्ने भने होइन ।

शरीर कमजोर भएको अवस्थामा, खाना अरुचि भएको बेला, आँखाको ज्योति बढाउन, चिसो लागेको बेला, मुटुलाई स्वास्थ्य राख्न, यौन क्षमता बढाउन , रुघा खोकी  लागेको बेला र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मह खान सकिन्छ  ।

यदि मह एकदमै शुद्ध छ भने  यसको सेवनले मधुमेह नै निको पार्छ भनेर समेत आयुर्वेदिक किताबहरूमा लेखिएको छ ।

सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।

दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए ।

पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए ।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए ।

इलामको चिया क्षेत्रमा काम गर्ने जनशक्ति अभाव हुँदै जाँदा इलामका कृषकले प्रविधिको प्रयोग बढाएका छन् ।

चियाका बोट काँटछाँट गर्नुपर्ने बेलामा दक्ष जनशक्ति अभाव हुँदा किसानले विकल्पमा मेसिनको प्रयोग बढाएका हुन् । ६० प्रतिशतभन्दा धेरै चिया क्षेत्र रहेको इलाम नगरपालिका १, साँखेजुङमा वडा कार्यालयले सहकारीमार्फत किसानलाई अनुदानमा चिया काट्ने मेसिन उपलब्ध गराएको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि मेसिन उपलब्ध गराएको छ भने कतिपय कृषकले आफ्नै लगानीमा पनि खरिद गरेका छन् । मेसिनले काम गर्न छिटो हुने भएकाले पनि प्रयोग बढेको किसानको अनुभव छ ।

धेरै उत्पादन गर्न र बगानको आकार मिलाउन पनि चियाको कटिङ अनिवार्य छ । बोटको उमेरअनुसार विभिन्न ६ चरणमा चियाको काँटछाँट हुने गरको छ । चैतदेखि कात्तिकसम्म चिया टिपाइ हुन्छ । मंसिरयता काँटछाँटको समय हो ।

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। अहिले चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ।

रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा २०४ घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्। ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ मौसमले साथ दिएको खण्डमा २ पटकसम्म चिउरीको मह काढ्ने उनले बताए।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘२०५६ सालदेखि मौरी पाल्दै आएको हुँ। प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ,’ थापाले भने।

उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ। मौसम अनुकूल भएमा १ वर्षमा ४ पटकसम्म मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्। 

धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् ।

नगरको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ ।

यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए । गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरूले पनि सगोलमा रहेको १३ रोपनी पुर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राई बताउँछन् ।

झापा। पूर्वी नेपालका झापाका केही पालिकाहरूलाई सुपारी जोन भनेर घोषणा गरिएको छ । झापाका बुद्धशान्ति, अर्जुनधारा तथा मेचीनगरका अधिकांश किसान सुपारी खेतीमा आश्रित छन् । यी पालिकाका किसानले नगदेबालीका रुपमा सुपारी खेतीलाई प्राथमिकता दिएका छन् । सुपारी पाक्न पाएको हुँदैन, बोटमा फलेको सुपारीका दाना हेरेर व्यापारीले दाम गर्छन् र अग्रिम भुक्तानी पनि दिन्छन् ।

त्यस्ता व्यापारी तथा सहकारीले खरिद गरेर राखेका सुपारी विगत एक बर्षदेखि सञ्चित छ । नेपालका विभिन्न उद्योगमा खपत भएर पनि धेरै मात्राको सुपारी सञ्चित रहेको सुपारीकेन्द्रित सहकारी तथा व्यापारीहरूको भनाइ छ । उनीहरू सञ्चित सुपारी भारत निर्यात गर्न चाहन्छन् । तर विगत एक बर्षदेखि सुपारी भारत निर्यात गर्न नपाएको अवस्था छ ।

तर नेपालमा उत्पादित सुपारी मात्र भारत निर्यात नभएर विदेशबाट आयातित सुपारी पनि नेपालका सुपारीसँग मिसावट गरेर भारत पुर्‍याइने गरिएको विगतका घटनाले देखाउँछ । तेस्रा देशहरूबाट आयात गरिएका सुपारी पुनः अर्को देश निकासी गर्न कानुनले दिँदैन । निकासी घरी खुल्ने घरी बन्द हुने परिपाटीले नेपालमा उत्पादित सुपारी पनि भारत निर्यात हुन नपाएको व्यापारीहरूको गुनासो छ ।

यही मेसोमा अहिले भारततर्फ सुपारी निर्यात गर्ने बाटो खुल्ला गर्नका लागि संसद, संसदीय समिति तथा राजनीतिक दलका नेताहरूले पहल थालेका छन् । निकासी ठप्प हुँदा सुपारीको चोरी निकासी बढेको सुपारीसम्बद्ध व्यापारीहरूको भनाइ छ । उनीहरूले चाँडो समस्याको समाधान गरी सुपारी भारततर्फ निकासी हुनुपर्ने माग गरेका छन्।

विगतमा सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर विवाद भएका कारण किसानले उत्पादन गरेको ठूलो परिमाणको सुपारी अलपत्र परेको उनीहरूले बताएका छन् ।नेपालमा प्रमुख रुपमा सुपारी उत्पादन हुने झापा जिल्लाका तीनवटा पालिका अर्जुनधारा, बुद्धशान्ति र मेचीनगर क्षेत्रमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वको टोलीले अनुगमन गरेको छ ।


अनुगमनका क्रममा नेपालमा उत्पादन भएको सुपारी भारत निर्यात हुन नसक्दा नेपालको पूर्वीद्वार काँकरभिट्टाबाट चोरी निकासी गर्दै भारतसम्म पुग्ने गरेको व्यापारीहरूले बताएका थिए ।

आफ्नो गाउँपालिका क्षेत्रका कृषकहरु पूर्ण रुपमा सुपारी खेतीमा निर्भर रहेको साथै आफू स्वयं सुपारी खेतीमा आश्रित रहेको बताउँदै बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले निर्यातको बाधा फुकाइदिन आग्रह गरे ।

संसदीय समितिका सभापति खानले सुपारी बगानमा आएर अवलोकन गर्दा निर्यात नहुँदा सुपारीबाट ठूलो परिमाणको राजश्व सरकारले गुमाइरहेको स्पष्ट भएको बताए ।

गत कात्तिक १५ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले चलखेल गरी सुपारी आयात/निर्यातको बाधा फुकाउने काममा समितिलाई अलमल्याउने खोजिएको बताएका थिए ।

उनीहरूले सरकारले वास्तविक सुपारी किसानको तथ्यांक यकिन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए ।

नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन् ।

नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारू गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन् ।

तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्‍याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा नेपालका सत्तासीन व्यक्ति, राजनीतिक कर्मी र व्यापारीहरु सुपारी निर्यात बन्द गराउने र खोलाउने काममा सक्रिय हुने गरेका छन् ।

सोमबार संसदीय सभापतिहरुको बैठक आह्वान गरेका सभामुख घिमिरेले त्यहाँ सुपारी निर्यात खोल्नुपर्ने धारणा राखेका थिए । सभापतिहरूसँगको औपचारिक बैठकपछि सभामुख घिमिरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभाति अब्दुल खानसँग पछि छुट्टै छलफल गरेका थिए ।

झापा निर्वाचन क्षेत्र भएका घिमिरेले चाँडो सुपारी निर्यातको वातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरेको बुझिएको छ । नेपाल सुपारी खेती विकास संस्थाका अनुसार नेपालमा बार्षिक १४ हजार ५ सय ६० मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । झापामा मात्र १० हजार ३ सय ५५ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको संस्थाले जनाएको छ

नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ l

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।
घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेकाछन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउथे । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खाने समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।
यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताए ।
उनले भने, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताए ।

 


केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।


यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

ईलामको आम्दामीको श्रोत र ठाउको चिनारी साथै आफन्तलाई कोशेली रूपमा बनेको काली काँक्राको उत्पादन हरेक बर्ष घटिरहेको छ । इलामे भूमिमा अत्याधिक उत्पादन हुनेगरेको स्थानिय जातकै स्वादिलो काली काँक्रा खेतिमा किसानहरुको निक्कै मोह रहेको भएपनि रोगको प्रकोप र सरकारी असहयोगको कारण निरन्तर यसको उत्पादन घटि रहेको छ ।

मेची राजमार्गका सडका पसलहरुमा सजाएर राखेको काँक्रोले ईलाम आउने हरेक पाउनाहरुको झोलामा घर कोशेली बन्ने मात्रै हैन गर्मिको सिजनमा हरेक होटलमा सलाद र स्वादिलो अचार समेत बन्ने गरेको छ । ईलामे काँक्रामा पात पहेलिदै कक्रने,चिचिला र फल कुहिने वोट नै सर्लक्क हुदै मर्ने रोगले हरेक बर्ष यसको उत्पादन घटिरहेको छ।
ग्रामिण क्षेत्रका किसान हरूको आम्दानीको राम्रो स्रोत बनेको काँक्राको लागी स्थानिय सरकारको ध्यान पुग्न सकेमा किसानहरूको लागी राहत मिल्ने सुर्योदय नगरपालिका वडा नं ६ का कृष्णहरी पौडेलले बताउनु भयो ।
बिगतमा डेढ दुईलाखको उत्पादन हुने गरेकोमा यस बर्ष दश बिस हजारको समेत नभएको कारण लागत नै नउठ्ने भएपछि आगामी बर्षबाट यसको खेती नगर्ने रोङ गाउँपालिका वडा नं ६ का अर्का किसान सेर बहादुर रिजालले बताउनुभयो । रोङ को वडा न ६ र सुर्योदय नगरपालिका ,ईलाम नगरपालिका लगायतको गाँउहरुमा अत्याधिक खेती गरिने यो स्थानिय जातको काँक्राको ब्यवसायिक खेती सूर्योदय नगरपालिका वडा न ६ तारगाउबाट शुरु गरिएको थियो ।

फागुन चैत्रमा नर्सरी गरेको बिरुवाले जेठबाट उत्पादन हुने र करिव तिन महिना सम्म लगातार आम्दामी दिने गरेको छ । मेची राजमार्गका सडक पसल ,झापाका बिभिन्न बजारहर,भारतको सिलिगुडि र काठमाण्डौ सम्म बिक्री हुने गरेको काक्रामा उत्पादन भए हालसम्म बजारको  कुनै समस्या नरहेको किसानको भनाइ छ ।

ईलामकाे राेङ गाउपालिकामा माछा पालक किसानहरुकाे लागी दुईदिने तालिम शनिबार सम्पन्न भएकाे छ। तालिममा माछा पालनमा किसानले बिभिन्न राेगहरुकाे पहिचान र निदानकाे लागि किसानहरुलाई प्रशिक्षित गराईने उदेश्यले पहिलाे दिन थ्याेरिकल प्रयाेगात्मक रुपमा गरिएकाे हाे।

काेशी प्रदेश सरकार पशुपंक्षि तथा मत्छ्य बिकाश निर्देसनालयकाे साथै राेङ गाउपालिकाकाे सहकार्यमा भएकाे तालिममा राेङ गाउलिकाका पन्ध्र जना माछा पालक किसानहरुकाे सहभागिता रहेकाे थियाे। तालिमलाई मत्छ्य बिकाश निदेसनालय काेशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भाेटिया,नेल्सन पाेखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएकाे थियाे।

तालिममा सहभागि किसानहरुलाई उपचार सामाग्रिहरु चुन,नुन,थर्ममिटर लगायतकाे सामाग्रि समेत बितरण गरिएकाे थियाे।काेशी प्रदेशभरी यस्ता तालिमका कार्यक्रम मागकाे आधारमा पन्ध पालिका हरुमा हुने अधिकृत भाेटियाले बताए ।तालिम अत्यान्तै ज्ञान बर्धक र उपयाेगि रहेकाे राेङ ६ का किसान चन्द्र प्रधानले बताए।

 

सन्दकपुर इलाम उत्तरी इलामको लेकाली क्षेत्रहरुमा पशुपालन गरेर जिबिकोपार्जन गर्ने किसानको समय गाइगोठमै बित्ने गरेको छ । जिबिकापार्जनको एकमात्र बिकल्पको रुपमा रहेको उनिहरुमा पारिवारीक मोह भन्दापनि एकान्त र गोठबासवास नै संसार बनेको पाइन्छ । गाइपालन गरेर दुधबाट घिउ र छुर्पि बनाइ बिक्री गरिने र साथमा वाख्रा पालन उनिहरुको बषौ देखीको कर्म रहेको छ ।यसरीनै गोठबासको समय बिगत नौ बर्षदेखी बिताइ रहेका छन् माइजोगमाइ २ बिज्जेका ढाकाराज खड्काले । उनि अहिले आलु बिकास केन्द्र नजिकमा माइजोगमाइ २ र सन्दकपुर ५ को सिमाना ताल पोखरीमा गोठ राखेर बसेका छन् । उनले सधै त्यस स्थानमा गोठ राख्ने भने हैन उनि निक्कै माथी जौवारीमा बर्खे गोठ राखेका छन् भने हिउ पर्ने बेलाको गोठ अलि तल तालपोखरीमा सारेका हुन । उनको गोठमा अहिले १५ माउ गाइ १० बठा बाछाबाछी र दशवटा जति बाख्रा र खसी रहेको छ । एकान्तको गोठमा उनि एकजना मात्रै बस्छन । बिहान सबेरै उठेर खोले दाना गाई दुहुने गाइ फुकाएर अनाकन्टरको जंगल र फाटमा पठाउने गाइ जंगलमा छाडेपछि बाछाबाछी माउ छाडेको बिपरित दिशामा लगेर छाडीदिने गरेका छन् माउ र बाछी अलग दिशामा छाडेपछि माउबाछो दुध वाछाबाछीले नखाने र बेलुका माउ एकातिर बाछा एकातिर गोठमा थन्काउने गरेको बताए । गाइ जंगलमा पठाएर थलोभकारो र दुध तताउने र घिउ छुर्पी बनाउने कामले उनि दिन बितेको पत्तै पाउदैनन् । उनि मात्रै हैन त्यस क्षेमा अन्य तीस जना किसानहरु यसरी नै गोठमा बसेर गाइपालन गर्ने गरेको र उनिहरुले लालिगुरास पशुपालन कृषि समुह समेत बनाएका छन् । उनिहरु गाइ गोठमात्रै हैन घर र उध्योग पनि त्यहि नै रहेको छ। गोठमै खाना पकाउने खाने, दुध डेरी र उत्पादित सानमाग्रीहरु पनि गोठमा राखिने सुरक्षित भण्डार पनि एकै ठाउ छ । सानो सोलार गोठमा नै छ जसको उपयोग गरेर उज्यालो र मोवाइल चार्ज गरिने गरेको खड्काले बताए । पशुचरणमा जंगली जनावरको त्रास रहि रहन्छ कहिले काही चर्न गएका पशुहरु लड्ने गरेको र कहिले काही जंगली जनावरको शिकार हुने सामान्य मानिन्छ तर चोरिने र हराउने भने गरेको छैन । गाइ बस्तुलाइ घास कहिल्यै काटेर हालिदैन ।स्थानिय जातका गाइहरु रहेका छन् एक माउ गाइले सात आठ लिटर सम्म मात्रै दुध दिदा पनि बर्षमा तिनलाख कमाइ हुने खड्काले बताए । त्यसो त उक्त गाइबस्तुको मल नजिकै रहेको आलु बिकास केन्द्रले खरिद गरिदिने भएकोले लागतको धेरै खर्च मल बिक्रीबाट समेत सहयोग हुने गरेको उनिहरुको भनाइ रहेको छ । यसरी उत्पादन भएको सामाग्रीहरु भने उनिहरुले नजिकैको जौवारी भारतिय बजार मानेभन्ज्याङ र दार्जेलिङ्ग सम्म लैजाने गरेका छन् ।