October 20, 2025

झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताउनु भयो ।

प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन्  ।

गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो । त्यस अवधिभित्र पनि नभत्काएपछि गत माघ २४ गते ७ दिने तेस्रो तथा अन्तिम पटक सूचना जारी गरिएको थियो  ।

घर भत्काउनुअघि डिभिजन वन कार्यालयले केही दिनदेखि माइकिङ गरिरहेको डिभिजन प्रमुख राईले जानकारी दिनु भयो । ‘

पटक पटकको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि वन क्षेत्र खाली गराउने निर्णय गरेका छौं’ डिभिजन प्रमुख राईले भने,‘ भोलि नै त्यो ठाउँ खाली गराउँदै छौं  ।’

प्रगति सामुदायिक वनकै जग्गा अतिक्रमण गरी पाउ पाथीभरा मन्दिर र किरातहरुको धार्मिक स्थल बनाइएको छ ।

ती धार्मिक स्थलहरुको सम्बन्धमा कार्ययोजना बनाई केही आम्दानी वन उपभोक्ता समितिलाई दिनुपर्ने निर्णय गरिएको डिभिजन प्रमुख राईले जानकारी दिनु भयो ।

बुद्धशान्ति गाउँपालिका, झापाका वडा नं. ४ र वडा नं. २ मा अनलाइन नागरिकता सिफारिश प्रणाली सञ्चालनमा आएको छ। मिति २०८१ माघ ३० गतेदेखि औपचारिक रूपमा सुरु गरिएको जानकारी प्राप्त भएको छ।

यस प्रविधिले सेवा लिन आउने नागरिकहरूको समय बचत गर्ने, प्रशासनिक प्रक्रियालाई सरल पार्ने तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरूले अनलाइन सेवा प्रविधिको उपयोग गर्दै नागरिक सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन लागिपरेको बताउनु भयो ।

साथै, आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस प्रणाली विस्तार गर्ने योजना रहेको जानकारी गराइएको छ।

बिर्तामोड नगरपालिकाले वडा नं. ३ स्थित डोमालाल रंगशालाको छेउमा रहेको देवी मन्दिरको सुरक्षाका लागि त्यहाँ अतिक्रमण गरेर बनाइएका अस्थायी संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सम्बन्धित पक्षलाई तोकिएको मितिभित्र स्वेच्छिक रूपमा आफ्नो संरचना हटाउन अनुरोध गरेको छ।

यदि तोकिएको समयभित्र संरचना हटाइएन भने नगरपालिकाले कानूनी प्रक्रिया अनुसार हटाउने र त्यसबाट उत्पन्न हुने खर्च सम्बन्धित पक्षबाट असुल्ने चेतावनी दिएको छ।

नगरपालिकाले यस सूचना मार्फत स्थानीयबासीलाई कानूनी मापदण्ड अनुरूप व्यवस्थित बसोबास गर्न आग्रह गरेको छ।

इलामको सूर्योदय नगरपालिका ८ कन्याम सिद्धगाउँका महेन्द्र खतिवडाको गित यतिबेला टिकटक र रील्समा राम्रो रेसपोन्स आएको छ ।

टिकटकमा भाईरल गीत इलामे युवा गायक महेन्द्र खतिवडाको “मुटु तिमी तिरै सारियो” बोलको गीत ORS Digital मा रिलीज भएको छ।

लोकप्रिय गायिका अन्जु पन्त समेतको स्वर रहेको गीत गीतकार अर्जुन पोखरेलले लेख्नु भएको हो भने गीतमा माइकल चंदको निर्देशन रहेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ ।

कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको हो ।

भद्रपुर ६ भानुचौकका संजय यादब र सुरेन्द्र यादबले कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल डाकिएको थियो ।

ठूलो संख्यामा सहायक प्रजिअको कार्यकक्षमा प्रवेश गरी होहल्ला गर्दै कुटाकुट गरेको जनाइएको छ । आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको सहायक प्रजिअ नेपालले बताए ।

आफ्नो कार्यकक्षमा होहल्ला गरेपनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए ।

कुटाकुट गर्ने पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरुलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए । भद्रपुर १० का सागर मगर , विष्णु खड्का, वडा नं ४ का उत्सव राय , वडा नं ९ का प्रवीण राई , वडा नं ८ का उज्वल खवास कम्बोडिया जानेक्रममा ठगीमा परेका हुन् ।

गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् ।

मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपम‌ै अलग भएको जानकारी दिएकी छन् । 

पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् । 
प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।

तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” एलिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।

तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।” 

उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ । 

.जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होईन, जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,” एलिना अगाडि लेख्छिन्, “पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।”

एलिनाले १८ माघमा जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

एलिना झापाकी हुन् । उनले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।

झापाको बुद्धशान्ति २ स्थित एम्बिसन एकाडेमी विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरि स्वर साम्राज्ञि अरुणा लामाको स्मृति दिवसको अवसरमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय ब्यबस्थापन समिती अध्यक्ष तारा सिटौलाको सभापतित्वमा  भएको कार्यक्रमको प्रमुख अतिथी बरिस्ठ सङीतकार तथा गीतकार शिव शंकर थापा रहुनु भएको थियो।

विद्यार्थी अदिती सिवाकोटी ले शाब्दिक स्वागत गरेको कार्यक्रमको सन्चालन प्रबन्ध निर्देशक दिपेन सिटौलाले गर्नु भएको थियो। कार्यक्रममा अग्रज शिक्षासेवि तथा साहित्यकार गणेश निरौला , टंक बिकल्प लगायत घर दलान साहित्य परिवारका सदस्यहरु, अजम प्रधान ,मित्र लामा , मनोहर शर्मा लगायतका दार्जिलिङ तथा सिलिगुडिका गितकार , संगीतकार तथा सहित्यिक ब्यक्तित्वहरु लगायत स्थानिय गुरु ओलि, देविध्वज योन्जन, लोकेश राइ, हरि उप्रेती , सुजित बराल, सेमन्त पोखरेल,अर्जुन ढकाल, कुशल अधिकरी लगायत स्थानिय अभिभावक तथा विशिष्ट ब्यक्तिहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले अरुणा लामाले गाउनु भएका गीत गाउनुका साथै कबिता वाचन गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथीहरुले यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरुमा आत्माबिस्वास बढ्ने र स्रस्टाहरुलाइ सम्मान गर्नुपर्छ भन्ने भावनाको बिकास हुने साथै एक आपसमा भाषा तथा सस्कृतिको आदान प्रदान हुने जानकारी गराउदै अरुणा लामाको बरेमा चर्चा गर्नुका साथै गित ,गजल, तथा कबिताहरु प्रस्तुत गर्नुभएको थियो ।

<span;>

सरकार र पाथीभारामा ‘नो केबलकार समूह’ बीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरको होटल हिमालयमा छलफल सुरु भएको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने नो केबलकार समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति बनाएको छ ।

योसँगै विगत पाँच वर्षदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि प्रक्रिया सुरु भएको छ ।

आफूहरूको मुख्य माग राजनीतिक तहबाट मात्रै पूरा हुने भएकाले आन्दोलनरत समूहले सहजीकरण समिति बनाएको जनाएको छ ।

झापाको बुद्धशान्ति -३,स्थित माहानन्द शिक्षा सदनको ३३ औं वार्षिकोत्सव समारोहको अवसरमा बुधबारे जेसिज लाई स्वागत तथा सम्मान गरिएको छ । बुद्धशान्ति -३,स्थित माहानन्द शिक्षा सदनको ३३ औं वार्षिक उत्सवको अवसरमा वर्ष २०२५ को लागि निर्वाचित समितिलाई सम्मान गरिएको हो ।

पछिल्लो समय बुधबारे जेसिज लागू अौषध सेवनबाट युवाहरूलाई छुटाउन लगायत समाज र राष्ट्रलाई सदैव सेवा गर्ने कार्यमा लाग्न आग्रह गर्दै नव निर्वाचितसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिदै सम्मान गरिएको थियो । आइतबार कार्यक्रमका प्रमुख अतिथि पुर्व उद्योग कृषि तथा सहकारी मन्त्री माननीय भक्ति प्रसाद सिटौला साथै विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बुधबारे जेसिजका वर्ष २०२५ का निर्वाचित अध्यक्ष सुजित बराल लगायत निर्वाचित समितिलाई फुलमाला अविर लगाई सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगितामा भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले उपाधि उचालेको छ ।
उपाधी उचाले सङ्गै  बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा  ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, विशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् ।

साथै यस  अघि भएको Barkha,s indo- Nepal womens cricket प्रतियोगितामा भारत महिला क्रीकेट टिम बिजयी हुँदै सम्मानित भयो ।
बर्खा स्मृति प्रतिष्ठान अध्यक्ष मदन कुमार प्रसाईंको अध्यक्षता आयोजित समापन सत्रमा प्रदेश सभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल ,बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला ,बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक पर्शुराम चेम्जोङ,खेलकुद विकास समिति झापा अध्यक्ष प्रशान्त भण्डारी ,भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल ,प्राज्ञा मुनाराज शेर्मा, क्रीकेट संघ झापाका अध्यक्ष प्रविण थापा लगायत विभिन्न सामाजिक ,राजनीति एवम् खेल क्षेत्रका ब्याक्तीहरुको उपस्थिति रहेको थियो।