October 20, 2025

हरिकुमार प्रसाईं अन्तर माध्यमिक विद्यालयस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिताको उपाधि बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयले जितेको छ ।

झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले विद्यालयका संस्थापक प्रिन्सिपल स्व.हरिकुमार प्रसाईंको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा बुद्धशान्तिको एरा एभरग्रीन उपाधि जित्न सफल भएको हो ।

त्यस्तै प्रतियोगितामा आयोजक न्युटन्स एजुकेशन एकेडेमी द्वितीय, लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा तृतीय र इष्ट होराइन अंग्रेजी माध्यमिक विद्यालय धुलाबारी सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो र सन्त्वना हुनेलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, सर्टिफिकेट र मायो चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका गुरागाईं, विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कार्यक्रम संयोजक धुर्वकुमार कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।  हाजिरीजवाफको सञ्चालन कार्यक्रम व्यवस्थापक तथा सिनियर गणित शिक्षक केशव अधिकारीले गरेका थिए । काठमाडौँ उपत्यका बाहिर मोफसलमै पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा झापाका ३० वटाभन्दा बढी विद्यालयको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।विद्यालयका एकेडेमिक इञ्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।विद्यालयले २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न गरेको थियो ।

झापाको बुद्धशान्तिमा जारी झापा जिल्ला दोस्रो बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि भोलि शनिबार डिफेन्डिङ् च्याम्पियन बिर्तामोड र भद्रपुर नगरपालिका खेल्दै छन,। यसअघि सेमिफाइनलमा बिर्तामोडले गौरादहलाई ४ विकेटले र भद्रपुर नगरपालिकाले मेचीनगरलाई ११६ रनले पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए ।

 आज भएको भएको बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल महिला टिम ६ विकेटले विजय भएको छ।

टस जितेर पहिले ब्याटिङ् गरेको भारतको टिमले मध्यम ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो भारतका लागि अंकिता मोहनताले सर्बाधिक ६२ रनको पारी खेले पनि अन्यले साथ दिन सकेन्न ।

सस्तैमा समेटने क्रममा नेपालका प्रियाले ३, रिया शर्मा र ज्योति दनुवारले समान दुई -दुई र संगिता राईले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालको लागि राष्ट्रिय खेलाडि अप्सरी बेगम अविजित रहदै ६२ रन र पायल मगरको २० रनको मद्धतले सजिलै लक्ष्य प्राप्त गर्न सफल भयो ।

भारतका लागि अरुना बर्मन, निकिता शाह र नौमिता सरकारले समान एक एक विकेट लिए भने बिमला रन आउट हुन पुगेकि थिइन् । अविजित रहदैँ ६२ रन बनाएकि बेगम खेलको वुमन अफ द म्याच हुँदै पुरस्कृत भइन् । साथै बर्खा इण्डो नेपाल वुमन्स अन्तर्गतको दोश्रो खेल भोलि फाइनल खेल अगाडि हुने र यी दुवै रोचक खेल तथा समापन अवसरमा सम्पुर्ण खेलप्रेमी महानुभवहरुमा उपस्थितिका निम्ति बर्खा स्मृति प्रतिष्ठान अध्यक्ष मदन प्रसाईंले सबैमा अनुरोध समेत गर्नु भएको छ । भोलि हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताउनु भयो ।

इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा आउदो फागुन १६ गते नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएको छ । सूर्योदय होटल ब्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सह आयोजनामा कन्दराको कार्यक्रम हुन लागेको हो ।

सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्धनका लागि कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती करफोकमा राखीएको जानकारी दिनु भयो ।

उहाले भन्नु भयो‘ कन्दरा सांगितिक कार्यक्रम लिएर बिश्व भ्रमण गरीरहेको छ, यो ब्याण्डले हाम्रो नगरको प्रचार प्रसारमा सहयोग पुग्छ भन्ने हो ।’ आयोजकले टिकट छपाउने लागायतका सबै तयारीको काम भैरहेको छ ।

कार्यक्रममा इलाम , झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतबाट ठूलो संख्यामा संगीत प्रेमी आउने अपेक्षा गरीएको आयोजकले जनाएको छ ।

बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् ।आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले १०९ रनको सतकीय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाएका थिए ।१८० रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६।३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गरेका थिए । गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन ।

बिर्तामोडलाई जित दिलाउन महत्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाईं खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ११६ रनको ठुलो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका फाइनल प्रवेश गरेको छ ।पहिले ब्याटिङ गरेको भद्रपुरले मेचीनगरसामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अंकित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रनको मद्दतमा भद्रपुरले २०६ रनको योगफल तयारी गरेको हो ।

मेचीनगरका लागि प्रतियोगिताकै पहिलो ह्याट्रिकसँगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन । २०७ रनको ठुलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२।१ ओभरमा अलआउट हुँदै ९० रन बनाउन सफल भयो ।भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए । प्रतियोगिताको उपाधि खेल माघ १९ गते शनिबार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार पहिलो खेल हुनेछ ।प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउन भयो ।

झापाको बुद्धशान्तिमा जारि बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ ।

आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई  ७२  रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ ।

टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६  रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

गौरादहका लागि सुरज न्यौपानेले  ७५ र अर्जुन यादवले  ३४  रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा  १९.५  ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३  रन बनाउन सफल भयो।

गौरादह लाई बिजय दिलाउन महत्त्वपूर्ण ७५ रन बनाउनुका साथै ३  विकेट समेत  लिएका सुरज न्यौपाने  खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार,मेडल र ट्रफी प्राप्त गरे ।

आजै भएको दोस्रो खेलमा मेचीनगर नगरपालिकाले कचनकवल गाउँपालिका लाई ५३  रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले कचनकवल सामु १६२ रनको  लक्ष्य  प्रस्तुत गरेको थियो। मेचीनगरले १९.१  ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो ।

१६२  रनको लक्ष्य पछ्याएको कचनकवल गाउँपालिकाले १८ ओभरमा अलआउट हुँदै  मात्र १०८  बनाउन सफल भयो।

मेचीनगर लाई जित दिलाउन ४७ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सन्दिप ढुंगाना  खेलको  म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी प्राप्त गरेकम छन, भोलिहुने पहिलो सेमिफाइनलमा  बिर्तामोड र गौरादह  नगरपालिका भिडने छन् भने दोश्रो खेल भद्रपुर नगरपालिका  र मेचीनगर  नगरपालिका बिच रहने बताईएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष  मदन प्रसाईले बताउनु भयो ।

बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१, झापाले पूर्नमिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विद्यालयले आगामी फागुन ११ र १२ गते आफ्नै विद्यालयको प्राङगढमा विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रमको आयोजना गर्न लागेको आज पत्रकार सम्मेल मार्फत जनाएको छ ।

उक्त कार्यक्रमका लागि विभिन्न ६ वटा उपसमितिहरु पनि निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले बताउनु भयो ।जसमा अतिथि सम्मान उपसमिति, तथ्यांक उपसमिति, मञ्च तथा चिया नस्ता उपसमिति, साहित्य उपसमिति, प्रचारप्रसार उपसमिति र विद्यार्थी परिचालन उपसमिति रहेका छन् ।
उपसमितिले आफ्नो जिम्म्ेवारीमा काम गर्ने अध्यक्ष तिवारीले बताउनु भयो  ।

बिसं २०१७ सालदेखि हालसम्मका विद्यालय सञ्चालन समिति, व्यवस्थापन समितिमा रही काम गरेका ७५ बर्ष माथिका महिला अग्रज तथा ८० बर्ष माथिका अग्रजहरुलाई सम्मान समेत गरिने कार्यक्रम संयोजक एवम् पूर्व प्रधानाध्यापक धनबहादुर श्रेष्ठले बताउनु भयो ।

 उहाँले विद्यालयको स्थापनाकाल देखि हालसम्म दिवंगत हुनुभएका अग्रजहरुलाई स्मरण गर्दै निजको परिवार सदस्यलाई पनि सम्मान गर्ने बताउनु भयो ।
साथै विद्यालयको स्थापनाकालदेखि हाल सम्मका विद्यालयका साहित्यकारहरुको साहित्य गोष्ठी समेत गरिने साहित्यक उपसमितिका संयोजक टंक काफ्ले बिकल्पले बताउनु भयो  । उहाँले दुवै दिन आधा आधा गरी कार्यक्रम गरिने बताउनु भयो ।

कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न र पूर्व विद्यार्थीहरुलाई सकेसम्म सवैलाई समेट्न डिजिटल माध्यमका साथै फोन, म्यासेज, पत्राचार, पत्रकार सम्मेलन, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालबाट तीब्र रुपमा प्रचारप्रसार गरी दुईहजार बढी विद्यालयमा सरोकार राख्ने व्यक्ति तथा विद्याथीहरुको सहभागी गराउने लक्ष्य राखिएको प्रचार प्रसार उपसमितिका संयोजक मनेष दाहालले बताउनु भयो । २०१७ सालमा स्थापना भएको यस विद्यालयमा हाल १६०० विद्यार्थी अध्ययन्रत छन् । ११ र १२ तर्फ मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन भईरहेको छ । २०७५ सालमा देशभरीका नमुना विद्यालयको रुपमा समेत छनोट भएको यस विद्यालयले गर्ने पूर्नमिलन कार्यक्रममा करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, पूर्व प्रधानाध्यापक, शिक्षक तथा सारेकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

इलामको माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर (एचपिभी) खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । खोपको प्रभावबारे माइजोगमाई आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एस्मिनले शुभकामना मन्तव्य राखेकी थिइन् । एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानिय तहमा माघ २७ देखि फागुन २ सम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

माइजोगमाईमा पहिलो चरणमा विद्यालय तहमा कक्षा ६ देखि १० कक्षा सम्मका किसोरीलाई र विद्यालयबाहिर १० देखि १४ वर्ष उमेरसमूहका किसोरीलाई खोप लगाइने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख रामशंखर देवले जानकारी दिए ।

एचपिभी खोप नेपाल सरकारको पहलमा चीन सरकारसँग भ्याक्सिन खरिद गरेर सञ्चालन हुँदैछ । पाठेघरको मुखको क्यानसरबाट हालसम्म नेपालमा ३ लाख ११ जनाको मृत्यु भइसकेको र पछिल्लो समय पाठेघरको मुखको क्यासर बढ्दो रूपमा रहेको देवले राजकारी दिए ।

उपाध्यक्ष राईले स्वास्थ्यलाई प्रमुख दायित्व मानेर स्वास्थ नै ठूलो धन मानेर पालिकाले अझ स्वास्थ क्षेत्रमा केही कार्यक्रम गर्नुपर्ने बताइन् । विशेषगरी महिलालाई धेरै रोगले सताउने र सबै महिलाले खुलेर बोल्न नसक्ने हुँदा महिलालाई खुलेर रोगको बारे बताउनसमेत उपाध्यक्ष राईले आग्रह गरिन् ।

गाउँपालिका अध्यक्ष थेबेले स्वास्थमा आफैंले सुरक्षा अपनाउनुपर्ने बताए । सचेतना कार्यक्रम, प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । पहिलो चरणमा जति लक्ष्य राखिएको छ, त्यो पूरा गर्न सहयोगका लागि सबैसँग उनले आग्रहसमेत गरेका छन् । माइजोगमाई गाउँपालिकाभरमा पहिलो चरणमा पाँच सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बुद्धशान्ति ६ स्थित सन्तपुरमा एचपिभी. खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बुद्धशान्ति वडा नं ६ वडास्तरीय जनप्रतिनिधी, शिक्षक, स्वयंसेवक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा खोप समन्वय समितिको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादवले कार्यक्रमको सहजीकरण गर्दै पाठेघरको मुखको क्यान्सरको बारे साथै  खोपको प्रभावकारिता बारे अन्तर्कृया समेत  गर्नु भएको थियो । वडा न ६ मा यही माघ २२ गते श्री शान्ति आदर्श मा. बि. गौडा, २३ गते श्री शिद्धेश्वर शिव मन्दिर बाबरीटार र   २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप कार्यक्रम संचालन हुने भएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु तथा विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मका छात्राहरुको खोजी गरेर खोप लगाउने कार्यक्रम रहेको बताईएको छ ।

कार्यक्रम वडाअध्यक्ष  शिवराज पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य दिनेश लाप्चा, वडा सदस्यहरु रमा अधिकारी, प्रमिला परियार, रेनुका भट्टराई, लोक बहादुर राई वडा सचीव इन्द्र बजगाई, शिक्षक, स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अर्जुन कुईकेल ईन्द्रले गर्नु भएको

बुद्बशान्तिमा जारि बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमी फाइनलमा प्रबेश गरेका छन् ।आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई विशाल १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ ।

टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए।ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो।
बिर्तामोड लाई बिजय दिलाउन महत्त्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका बिजय कार्की खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिका लाई ५२ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिका सामु २३४ रनको ठूलो योगफल प्रस्तुत गरेको थियो।भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाए तापनि २३३ रनको विशाल रन बनाउन अङ्कित सुवेदीले आफ्नो सतक बनाउन एक रनले चुके पनि ९९ रनको पारी खेलेका थिए ।

२३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो।भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेट समेत लिएका अङ्कित सुवेदी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यसैगरी भोलिको पहिलो खेल तेस्रो क्वाटर फाईनलमा अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिडने छन् भने दिनको दोश्रो खेल चौथो क्वाटरफाइनलमा कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।

आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ ।

झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ ।

नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताउनु भयो ।

क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद सात हजार पाउने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

पत्रकार सम्मेलनमा पहिलो संस्करणका अध्यक्ष नविन पोखरेल, क्लबका पूर्वउपाध्यक्ष दिलिप श्रेष्ठ, बुद्धशान्ति खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना व्यक्त गर गर्नु भएको थियो ।

सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

बुद्धशान्ति गाँउपालिका, २ नम्बर वडा कार्यालय, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैबीच, अघिल्लो संस्करणबाट बचतमा रहेको २२ लाख रुपैयाँबाट क्लबको कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।