April 19, 2025

झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष मातृका श्रेष्ठका अनुसार विद्यालयको शैक्षिक सुधार, अध्ययन र अध्यापनका लागि क्लबले प्रतिबद्धता जनाएअनुसार रकम प्रदान गरिएको हो ।

क्लबले २०८१ बैशाख १५ गतेदेखि २२ गतेसम्म आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैयाँ आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैयाँ खर्च भएर ५ लाख २१ हजार ९२२ रुपैयाँ बचत भएको थियो ।

झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए ।

सिसी टिभी फुटेज हेर्दा शर्मा हिजो राति करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको थियो ।

साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ३ लाख ५२ हजार ४४३  हेक्टरमा धान रोपाइँ सकिएको तथ्यांकमा उल्लेख छ।

गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा ८२.३ प्रतिशतमात्रै रोपाइँ भएको थियो। गण्डकीमा ९६ हजार ५३ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ८८ हजार २५२.६ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा लुम्बिनीमा ८०.९ प्रतिशत रोपाइँ सकिएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारको अनुमान छ। जसमध्ये २ लाख ८४ हजार ४८५ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।

बागमती प्रदेशमा ९०.८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष बागमतिमा ८०.१ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष बागमति प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको छ। जसमध्ये १ लाख १ हजार ९९४ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

सुतिरहेको अवस्थामा  एक युवकको घाँटी रेटी हत्या भएको छ ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ हर्दीनिवासी उमेश बढईको छोरा वर्ष २० का रोशनकुमार भन्ने सूर्यकुमार बढईको हत्या भएको हो । 

उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटीमा काटी हत्या भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर परिवारले उनको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

मृतकसँगै एउटै कोठामा सुतेको मृतकका भाइ सन्दीप बढईले समेत घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले हत्या किन र कसले गरेको नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाए । 

मृतकको शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी लगिएको छ ।

पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

बुद्वशान्ति–४ सट्टाभर्नामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख सुवास शेर्पाको कमाण्डमा  खटिएको प्रहरी टोलीले आइतबार बेलुका ४:३० बजेको समयमा बुद्धशान्ति ४ सट्टाभर्नाका २५ वर्षीय सम्बर राई साथै २३ वर्षिय सुरेन्द्र राईलाई शंका लागि चेकचाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनिहरूलाई प्रहरिले पक्राउ गरेको हो । प्रहरिका अनुसार लागुऔषधसहित प्रक्राउ पर्नेमा एकै घरका दुईजना दाजुभाई रहेको   बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख सुवास शेर्पाले जानकारि दिनु भयो ।

त्यस्तै, प्रहरीले उनिहरूको साथबाट सामसुङ मोबायल १ थान , नगद रू ६०० सय  १५ रूपयाँ नेपाली पैसा , कालो साईड व्याग १ थान , स्माट घडि १ थान ,पनि बरामद गरेको छ ।

उनीहरूमाथि इलाका प्रहरी कार्यालय धुलाबारिमा थप अनुसन्धान भइरहेको बुधबारे इलाका प्रहरी कार्यालयका प्रमुख शेर्पाले बताउनु भयो ।

इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल  मंसिर १ गतेदेखिपालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपियाँ बचत  थालेको थियो ।२०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो ।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपियाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ ।

अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ ।

रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनुभयो ।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिका भित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन । पालिकाले बिद्यालयमा आइसीटि शिक्षा  अन्तर्गत  नौ वटा माध्यमिक बिद्यालयमा सीसीटिभी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापन गरेको छ ।

झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा स्थानीयकाे धान खेतमा एक व्यक्ती मृत फेला परेका छन् ।

अर्जुनधारा १ को वडा कार्यालय नजिकै पहिचान खुल्न नसकेको अवस्थामा एक व्यक्ती मृत फेला परेको अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

वडा कार्यलयबाट करिब ५ सय मिटर पश्चिममा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको उहाँले बताउनुभयो ।

धानमा पानी लगाउन गएका स्थानीयले उक्त शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
भर्खरै शनिश्चर प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थल पुगेका छन्

ईलामकाे चर्चित पर्यटकिय स्थल माईपाेखरीकाे धार्मिक महत्व सगै स्थानिय परिकारले पर्यटकहरुकाे मन जित्न थालेकाे छ ।

सन्दकपुर गाउपालिका ३  र १ मा पर्ने २१सय २१ मिटरकाे उच्चाईमा अवस्थित रामसार क्षेत्र माईपाेखरी १२- ८ हेक्टरमा फैलिएक्काे पाेखरीले ८ हेक्टर क्षैत्रमा जलाशय युक्त रहेकाे छ ।जैविक बिभिधताले भरिपुर्ण यस पाेखरी परिसरमा जडिबुटि ६४ स्तनधारी १८ प्रजाति ठकठके गलैचे झ्याउ जस्ता लाेपाेम्माेख बनस्पतिहरु पाईने गरेकाे छ ।

मनाेकामना पुरा हुने भएकाेले  हिन्दु बाैद्ध किरात लगायत सबै समुदायका धार्मिक भक्तजनहरु अाउने गरेकाे सन्दकपुरका जनप्तिनिधि कुमार गुरुङले बताए ।

ईलाम सदरमुकामवाट१६  किमिमा रहेकाे माईपाेखरीपुग्न यायायातकाे पहुच सहज रहेकाे छ ।परयटकहरुकाे चापसगै हाेटल र हाेमस्टे खाजाघरहरुकाे उचित ब्यवस्था रहेकाे माईपाेखरी परिसरमा स्थानिय परिकारहरु पाईन्छ ।

यहा मकै,काेदाे फापरकाे भात र परिकार,स्थानिय स्तरमा उत्दन हुने आलु लाेकल कुखुरा, जठिबुठि मिसाईएका टिम्बुर, चिम्पिङ, किबि,मिश्रित जठिबुटि ,र गुरासकाे वाईन पाईने गरेकाे स्थानिय हाेटल ब्यवसायि निमदाेर्जे शेर्पा  ले बताए ।

यहा हिउदकाे समयमा आसपासमा पाईने तरकाकारी हरुनै प्रयाेगमा ल्याईने बर्षादकाे समयमा आसपासका गाउहरुबाट खरिद गरि ल्याईने तर झापा र भारतिय बजारबाट नल्याईने फरक बिशेषता रहेकाे ब्यवसायी शेर्पाले बताए ।

पर्यटन उध्याेगबाट नेपालकाे बिकाश गर्न सकिने सम्भावना रहेकाेमा स्थानिय उत्पादनकाे प्रयाेले  समुदायमा  प्रतक्ष फाईदा लिईरहेकाे माईपाेखरीवाट राेजगार र स्वराेजगारकाे सिकाे गर्न जरुरी रहेकाे छ ।

सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो ।गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।

श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ ।

श्रावणी पर्वको अवसरमा झापाको अर्जुनधारा जलेश्वरधामसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। साउने सोमबारका दिन पूजा-आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहि आएको छ।

हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिने कथन छ । सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबारलाई विशेष महत्व दिएको पाइन्छ ।

सोमबारको व्रत लिएका भक्तजनहरु जल चढाउनका लागि छिमेकी पालिका साथै अन्य जिल्लाबाट पनि आएका छन् ।