झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले दोस्रो प्रतियोगितामा खेल्न नेपाल आएको विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ ।
व्ल्याक बुल्स एफसी यसअघि आहारारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको उपाधि समेत जित्न सफल भएको थियो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि हुने खेलमा बहुप्रतिक्षित उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी र धरान एफसी बिच रोमाञ्चक भिड्न्त हुने छ ।
आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि यसअघि उद्घाटन खेल जितेको आयोजक संगको भेट पक्का गर्ने दाउमा हुनेछन् ।आइतबार भएको खेलमा नेपाल सुपर लिग (एनएसएल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिकाे प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ भित्र पर्ने चिउरामिल चोकदेखि पश्चिम दिशातर्फ डुम्रीबोटसम्मको सडकखण्डमा आज ४७४ मिटर क्षेत्रफलमा कालोपत्रे कार्य सम्पन्न गरिएको छ।यस सडक स्तरोन्नति कार्य सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूलाई आवागमनमा सहजता प्राप्त हुने भएको छ ।
काठमाडौँ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारबाही गरेको छ । आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको हो ।
महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।
प्रस्तुत बिषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २००१ बमोजिम रु १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’, महानगरले पार्टीमा पठाएको पत्रमा भनिएको छ ।
सूर्योदय नगरपालिका इलामले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ । ‘हामीले उत्पादन गरेको चियाले आफैं रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिँदैन’, नगरप्रमुख रणबहादुर राईले भने, ‘हामी वीष खाँदैनौं, वीष बेच्दैनौं। विगत वर्षदेखि अर्ग्यानिक उत्पादन गर्ने भनेर अभियान चलाइए पनि तथ्यांकहरूले विषादीको प्रयोग देखाएकाले अब कडाइका साथ विषादी नियमन गर्छौं ।
नगरपालिकाले गत दुई आर्थिक वर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि सिफारिस गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् । आव २०७९/०८० मा सिफारिस गरिएका ५७ जना बिरामीमध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गौलाका १० र मुटुका ७ बिरामी थिए ।
त्यसैगरी, गत आवमा यो तथ्यांक वृद्धि भएर कूल सिफारिस संख्या ८२ पुग्यो । सो तथ्यांकमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । त्यसैगरी मिर्गौलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिए ।
चालु वर्षमा यो तथ्यांक अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्यांक मात्र हो । यसबाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन्
सबैमा क्यान्सर रोगको कारण चियाको विषादी मात्र नभएपनि अधिकांश कारण भने विषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङले बताए ।
क्यान्सरकै कारण मैले गत वर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा विषादीकै कारण रोग लागेको बताए’, उनले भने, ‘झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका वरिष्ठ डाक्टरहरूले विषादीलाई कारण देखाए ।’
वडाध्यक्ष गुरुङले यसवर्ष आफ्नो वडालाई अर्ग्यानिक वडा घोषणा गर्नेगरी काम थालिएको बताए । ‘मैले आफन्त गुमाएँ । आज घर–घरमा क्यान्सर रोगी फेला परिरहेका छन् । यो दूर्दशा सबैले भोग्नुभन्दा बेलैमा सचेत हुनुपर्छ, उनले भने, ‘सूर्योदयका सबै वडामा भन्दा ८ नं वडामा बढी चिया खेती हुन्छ ।
सबैभन्दा बढी चिया उद्योग यहीँ छ । यहाँबाट अर्ग्यानिक वडा घोषणा शुरू गर्दैछौं ।’
पहिलो चरणमा किसान, चिया उद्योगी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास, बाली बीमा कम्पनीका प्रतिनिधिलगायतसँग बसेर वडाले छलफल चलाएको बताउँदै वडाध्यक्ष गुरुङले अब टोलटोलमा पुगेर किसानसँग सचेतनामुलक कार्यक्रम गरिने साथै उनीहरूलाई अर्ग्यानिक उत्पादन सम्बन्धी तालिम र अन्य कार्यक्रम सञ्चालन गरिने बताए ।
वीषले मानव स्वास्थ्यलाई मात्र नभएर हाम्रो विश्व परिचयमा पनि असर गर्छ । चिया पिउन लायक बनाउनुपर्छ । उत्पादन अर्ग्यानिक र गुणस्तरीय भएपछि किसानले राम्रो मूल्य पाउँछन्’, नगरप्रमुख राईले भने, ‘क्षणिक लाभ हेरेर स्वास्थ्यजस्तो संवेदनशील विषयमा वेवास्ता गर्नु हुँदैन ।’
सूर्योदयमा उत्पादन हुने सबै चिया विषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अर्ग्यानिक पनि छन् । सूर्योदय–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती शुरू गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।
नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो । तर, हाम्रो चिया प्राङ्गारिक भएकाले एक सयभन्दा बढी मूल्य पाएका छौं’, राईले भने ।
राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । ‘चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ’, किसान मनबहादुर राईले भने, ‘गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ ।’
यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ चैत पहिलो साताबाट सुरु हुने मन बहादुरले बताए ।
उनका अनुसार, हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । क्यान्सरले नागरिकको ज्यान लैजाने र उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको हो । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।
पहिले भारतले यहाँको चिया किन्दा सीएफएल परीक्षण गर्थ्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गर्दैछ’, नगरप्रमुख राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।’
‘चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतवर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्यो । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भएको छ ।
यो वितरण यस बर्ष पनि हुन्छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ सञ्चालनमा आइसकेको छ’, नगरप्रमुख राईले भने ।
नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ ।
२०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताइन् ।
उनले भनिन्, ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौं, उनले भनिन् ।
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलेचना खेप्नु परिरहेको छ । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन ।
प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले भने ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौं लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र संघले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ ।’
नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ ।
देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालकहरूले बताएका छन्
शंखरापुर नगरपालिका– ६ साँखु ब्रह्मखेलस्थित सडकनजिकै रहेको द्वन्द्वपीडित तथा अपांग समाज नामक अनाथालयको टहरोमा टिपर ठोक्किँदा सुतिरहेका तीनजनाको मृत्यु भएको छ । साँखुतर्फ जाँदै गरेको बा.२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान करिब ३ः३० बजे टहरामा ठोक्किँदा तीनजना किचिएका थिए । घाइतेलाई नजिकैकोे नेपाल मेडिकल कलेज पुर्याए पनि चिकित्सकले मृत घोषणा
शंखरापुर नगरपालिका– ६ साँखु ब्रह्मखेलस्थित सडकनजिकै रहेको द्वन्द्वपीडित तथा अपांग समाज नामक अनाथालयको टहरोमा टिपर ठोक्किँदा सुतिरहेका तीनजनाको मृत्यु भएको छ ।साँखुतर्फ जाँदै गरेको बा.२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान करिब ३ः३० बजे टहरामा ठोक्किँदा तीनजना किचिएका थिए । घाइतेलाई नजिकैकोे नेपाल मेडिकल कलेज पुर्याए पनि चिकित्सकले मृत घोषणा
द्वन्द्वपीडित तथा अपांग समाज संस्थाका सञ्चालक युवराज थापाका अनुसार ज्यान गुमाएका तीनजना नेपाल प्रहरी र राष्ट्रिय बाल उद्धार परिषद्ले १० वर्षअघि अनाथालयको जिम्मा लगाएका व्यक्ति थिए । उनीहरूको ठेगाना खुलेको छैन ।
६१ जना रहेको अनाथालयको एउटा कोठामा करिब १० जनाका दरले बस्ने गर्छन् । संस्थाले बेवारिसे तथा आफन्त नभएकालाई अनाथालयमा राख्ने गरेको छ ।
अनाथालयका सञ्चालक युवराज थापा भन्छन्– एक्कासि चट्याङ परेझैँ आवाज आयो
अनाथालयमा सबैजना सुतिरहेका थियौँ । म अर्को कोठामा थिएँ । एक्कासि चट्याङ परेझैँ आवाज आएपछि ब्युँझिएँ । टहरो नै एकातर्फ कोल्टे परेको थियो । बाटो फराकिलो भए पनि चालकले टहरोमा ठोक्काएकाले ठुलो घटना भयो ।
तीनजनालाई टिपरले किचेको थियो । टिपरको पछाडिको टायर खाल्डोमा परेका कारण थप अन्य क्षति हुन पाएन । ज्यान गुमाएका तीनजना नेपाल प्रहरी र राष्ट्रिय बाल उद्धार परिषद्ले १० वर्षअघि अनाथालयको जिम्मा लगाएका व्यक्ति थिए । उनीहरू कहाँका हुन्, थाहा छैन ।
विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ ।हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीन जना छात्र र तीनजना छात्रालाई ब्रदर होटलका सञ्चालक बिर्तामोड ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए ।
मातेर एकजना विद्यार्थी सिकिस्त अबस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।
विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।
विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएर विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
आज पनि सोही विद्यालयका तीन जना विद्यार्थी गाँजासहित पक्राउ परेको जनाइएको छ ।
नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको आयोजनामा सीतारमेश बहुमुखी क्याम्पस अन्तर तह छात्र तथा छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ।फागुन १९ देखि २१ गते सम्म संचालन भएको प्रतियोगिता छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ भने छात्रा तर्फ पनि दोश्रो वर्ष टिम नै बिजयी भएको हो।फाइनलमा पहिलो वर्ष ए टिम लाई पराजित गर्दौ छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ।
त्यस्तै तेस्रो वर्ष लाई पराजित गर्दै छात्रा तर्फ दोश्रो वर्ष बिजयी भएको हो।
बुधबार सम्पन्न फाइनल खेल तथा समापन सत्रको कार्यक्रम नेविसंघ सीतारमेश इकाई समिति सभापति सन्तहाङ लिम्बुको सभापतित्व र नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेविसंघ झापा सभापति संजय निरौला ,नेपाली काङ्ग्रेस बुद्धशान्तिका पदाधिकारी सदस्य ,नेविसंघका विभिन्न तहका नेताहरु,तरुण दलका गाउँसमिति पदाधिकारीहरु सहित क्याम्पस प्रमुख पुष्प रिजाल लगायत उपस्थिति बिच भब्य रुपमा कार्यक्रम सम्पन्न भएको हो।सीतारमेश इकाई समिति सचीव विवेक वाग्लेले संचालन गरेको कार्यक्रम अन्तर्गत फाइनल बिजेता छात्र तथा छात्रा दुवै टिम ले नगद ५०००/- ,ट्रफी र मेडल प्राप्त गरे भने द्वितीय हुने टिमले नगद ३०००/- ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे । नेविसंघले सीतारमेश बहुमुखी क्याम्पसमा विभिन्न समयमा विद्यार्थीको हक,हित र अधिकार तथा विद्यार्थीको चौतर्फी विकासका निम्ति विविध कार्यक्रम गर्दै सम्पुर्ण विद्यार्थीहरु माझ लोकप्रिय विद्यार्थी संगठनका रुपमा स्थापित भएको छ ।
नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो ।
सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथ सम्झौतामा सहकार्य रहने सहमति भएको छ ।
सम्झौतामा झापा गाेल्डकपका अध्यक्ष केदार गिरी तथा झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समाराेहमा झापा गाेल्डकपका पूर्व अध्यक्ष विनाेद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत झापा गाेल्डकप आयाेजक समितिका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।
मोरङमा एउटै रुखमा झुन्डिएको अवस्थामा युवा–युवतीको शव फेला परेको छ ।
जिल्लाको पथरीशनिश्चरेको मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एउटै रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।मृत भेटिएका युवा–युवती नै विवाहित हुन् । मृतक युवतीको विवाह भने मोरङको कटरी गाउँपालिकामा विवाह भएको थियो ।
मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन् ।
उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ। राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन्।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो। यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ।
राँचीस्थित लक्ष्मी क्लिनिकका छाला रोग विशेषज्ञ डा. यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन्। बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन्।
यो मेलाको अस्वस्थकर वातावरण, लामो समयसम्म भिजेको कपडा लगाउनु र साझा शौचालय तथा नुहाउने स्थानको प्रयोगका कारण हुन सक्छ।’
राँचीको एडलुहाटु निवासी ५७ वर्षीय रञ्जीत कुमारले भने, ‘कुम्भ मेलाबाट फर्किएपछि मेरो शरीरभरि चिलाउने, रातो दाग आउने समस्या देखिएको छ। औषधि खाइरहे पनि समस्या कम हुन धेरै समय लागिरहेको छ।’
बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ।
प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ। जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ।
बोर्डका अनुसार बाहिरी स्नानका लागि पानीमा कोलिफर्मको मात्रा अधिकतम ५०० एकपीएन प्रति १०० मिलिलिटर हुनु पर्ने हो। तर, जनवरी १९ मा गरिएको परीक्षणमा गंगाको पानीमा ७,००,००० एकपीएन प्रति १०० मिलिलिटर र यमुनाको पानीमा ३,३०,००० एकपीएन प्रति १०० मिलिलिटर कोलिफर्म फेला परेको थियो। जनवरी १२, १३, १४, १५ र १९ मा गरिएको परीक्षणले पनि नदीको पानी अत्यधिक प्रदूषित रहेको देखाएको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आर्द्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ। गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।