April 19, 2025

डेंगू रोगको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोङ गाउँपालिका १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।

उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाई नरेन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो ।

तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समिक्षा ढकाल रहेका छन् ।-

दमक नगरपालिकाले दमकमा निर्माणाधीन सडकको विषयमा समीक्षा बैठक बस्ने बहानामा इलामा पुगेर मदिरा पार्टी गरेको छ।

दमक नगरपालिकाको सरकारी सवारीको लावालस्कर लगाएर इलामको रोङमा पुगेर मदिरा पार्टी गरेको भिडियो सार्वजनिक भएको हो। विश्व बैंकको सहयोगमा दमकमा बन्दै गरेको मदनडाँगी–ताराबारी-डिपु सडकको समीक्षा बैठकका लागि दमक नगरपालिकाको जम्बो टोली इलामको रोङ गाउँपालिका-६, स्थित सलकपुर पुगेको थियो। सडकको गुनासो निधान समितिको बैठकका लागि टिमसहित नगरपालिका त्यहाँ पुगेको हो । 

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापासहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की, निर्माण व्यवसायी र नगरपालिकाका शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरू शुक्रबार त्यहाँ पुगेका थिए।

नगरपालिकाका तीनवटा सरकारी गाडीसहित पुगेको जम्बो टोलीले त्यहाँको एक होटेलमा मदिरा सेवन गरेपछि एक पत्रकारले भिडियो खिचेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि नगरप्रमुख थापाको आलोचना सुरु भएको छ।

नगरप्रमुख थापाले आफूले सरकारी खर्चमा मितव्ययी अपनाएको, नगरपालिकाको इन्धन खर्च घटाएको दाबी गर्दै आए पनि उनी सरकारी सवारीको दुरुपयोग गर्दै सिंगो टिमसहित सलकपुर पुगेका हुन् ।

नगरप्रमुख थापाले दुई वर्षअघि निर्वाचित हुनेबित्तिकै नगरको पैसाले चियासमेत नखाने दाबी गरेका थिए। त्यति मात्र हैन, उनले भ्रष्टाचार नगर्ने भन्दै शपथलगत्तै नगरपालिकानजिकैको एक मन्दिरमा कसमसमेत खाएका थिए।

तर, सरकारी गाडीको दुरुपयोग गरेका हुन्। नगरपालिकाले योपटक मात्र हैन, यसअघि पनि बैठक नगरबाहिर विभिन्न ठाउँमा गर्दै सरकारी गाडी र सम्पत्तिको दुरुपयोग गर्दै आएको छ। 

नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार नगरका तीनवटा सरकारी गाडी त्यहाँ पुगेको देखिन्छ।

भिडियोमा त्यहाँ पुगेकाहरू मदिरा सेवनमा देखिन्छन्। रोङ-६, सलकपुर दमकदेखि करिब ७० किलोमिटर टाढा पर्छ। त्यहाँ पुग्न पहाडी कच्ची बाटोको पनि यात्रा गर्नुपर्छ।

बैठक बस्ने बहानामा मनोरञ्जन गर्न पुगेको टोली पत्रकारले भिडियो खिचेपछि बैठक नै नबसी शुक्रबार नै फर्किएको थियो।

नगरपालिका स्रोतका अनुसार सलकपुर पुगेको टिम शुक्रबार त्यहीँ मनोरञ्जन गरेर शनिबार बैठक बसेर फर्कने योजनामा थियो।

यसबारेमा कुराकानी गर्न खोज्दा दमक नगरपालिकाका नगरप्रमुख थापाले आफू व्यस्त भएको बताए।

नगर प्रवक्ता धर्मप्रसाद दाहालले नगरप्रमुखसहितको टिम सलकपुर पुगेको पुष्टि गरे।

उनले मदनडाँगी–ताराबारी-डिपु सडकको गुनासो समितिको बैठकका लागि टिम पुगेको बताए।

उनले सडक पर्ने वडाका जनप्रतिनिधि र कर्मचारी त्यहाँ पुगेको बताए। प्रवक्ता दाहालले त्यसबारेमा थप बुझ्न नगरप्रमुख थापासँग सम्पर्क हुन नसकेको बताए।

‘यसबारेमा थाहा पाएपछि बुझ्न खोजेँ। मेयरसाब व्यस्त भएर होला, कुराकानी हुन सकेको छैन,’ उनले भने। 

सरकारी गाडीको दुरुपयोगको सन्दर्भमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले विवरण संकलन गरिरहेको बताए।

‘मैले पनि भिडियोहरू हेरिरहेको छु। विवरण संकलन गरिरहेको छु,’ उनले भने,’ प्रदेशका कार्यालयहरूले जिल्लाबाहिर जाँदा हामीसँग अनुमति लिने प्रचलन छ। तर, स्थानीय तहले छुट्टै सरकार भनेर लिने गरेका छैनन्।’ 

बुद्धशान्ति । दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे तल्लो चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको छ ।

उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा नं १ का अध्यक्ष अनिल वाग्ले, वडा नं ५ का अध्यक्ष डेगेन्द्र कार्की ,वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्याल ,वडा नं ७ का वडाध्यक्ष चन्द्र प्रसाद भण्डारी ,नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई , बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष दिपक सापकोटा , सशस्त्र बेस क्याम्प टिमाई प्रमुख बिजय महतो, ट्राफिक प्रहरी प्रमुख बुद्धशान्ति लिला श्रेष्ठ ,ससामाजिक ब्याक्तित्वहरु चक्र शेर्मा, मनेश दाहाल , मदन प्रसाईं , मनोरथ तिवारी , हेमन्त बराल, बुधबारे जेसीज प्रतिनिधि सुजित बराल, गजुहाङ योङहाङ, सहित संचारकर्मी, दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल ,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो। दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य रामजंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नु भएको थियो  ।

कार्यक्रममा ७ महिला सहित ७० जनाले रक्तदान कार्यमा सहभागिता रहेको प्रति आयोजकले सोचे भन्दा उत्कृष्ट रगत पिन्ट संकलन भएको बताउदै दारी ग्याङ झापा गोकुल पौडेलले सम्पूर्णमा आभार व्यक्त गर्नु भएको थियो  ।

अस्मिता वर्देवा /

झापाको  बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखा को आयोजनामा १ दिने बिमा जागरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखाका  प्रमुख रमेश तिम्सिना को अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रम मा प्रमुख अतिथी बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायले जीवन बिमा को महत्त्व धेरै रहेको र सम्पुर्ण लाई यस विषयमा राम्रो अध्यन गरि जीवन बिमा गर्न अनुरोध गर्दै आफ्नो धारणा राख्नु भएको थियो। बिहिवार वडा कार्यलयको सभाहलमा भएको कार्यक्रममा<span;> हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिकी एजेन्सी म्यानेजर मन्जु बराइलिको समन्वय भएको कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले २०८० फाल्गुन ४ बाट हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश ब्यापी जीवन बिमा सम्बन्धि जनचेतन कार्यक्रम झापाको बिर्तामोडमा उत्घाटन गरि सुरु गरेको बताउनु भयो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले जीवन बिमा किन गर्ने कस्को गर्ने भन्ने बिषयमा  गाँस बास कपास स्वास्थ्य शिक्षा जसरी मानिस को आधारभूत आवस्यकता भित्र पर्छ त्यसरी नै जीवन बिमा लाई आधारभूत आवश्यकता भित्र राख्नु पर्छ भन्दै प्राशिक्षण गराउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स  काँकडभिट्टा शाखा प्रमुख  रमेस तिम्सिनाले जीवन बिमाको महत्त्वको विषयमा उपस्थित सम्पुर्ण लाई प्राशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा वडा नं ४ का वडा सचिव राजकुमार न्यौपाने कार्यपालिका सद्स्य दुर्गा पोख्रेल समाज सेवि भक्त विस्वकर्मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड काँकडभिट्टाकि एजेन्सी म्यानेजर मन्जु बराइली साथै स्थानिय वासिहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सन्चालन स्थानिय समाज सेवि दिपक शेर्माले गर्नु भएको थियो ।

झापाको शिवसताक्षी–१० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्।

कक्षा–६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् ।

छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ मा तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी पनि हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए।

कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे । अन्जलि त्यत्तिकै बसेकी थिइन् ।

शिक्षक निरौलाले अन्जलिलाई सोधे, ’तिमी क्लास वर्क गर्दैनौ ।’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्,’ आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ड्याम कि ड्याम हिर्काए ।

समाचार स्रोतका अनुसार अन्जलिको डडेल्लमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अवस्थाकी अन्जलिलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा पुर्‍याएको थियो। उनको उपचार भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी थापाका अनुसार शिक्षक हेतिराज निरौलाले गम्भीर त्रुटि गरेको बताए । उनले भने अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ ।

घाइतेको अवस्था सामान्य भएपनि उनी हामीसँग पनि बोलिरहेकी छैनन्।’ यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ।

घाइतेको उपचारका विषयमा विषयगत शिक्षक हेतिराज निरौलाको आर्थिक व्ययभार हुनेछ ।

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले बताए ।

ईलामको रोङ गाउँपालिका वडा नं ३ स्थित हर्कटे बजारमा रहेको प्रकाश फोटो स्टुडियोले यश वर्षको तिज विशेष फोटो प्रतियोगिता सुरू गरेको छ ।

नेपाली महिलाको विशेष पर्व, जहाँ ‘परम्परागत रूपमा तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्वलाई जोगाउन र यसको पवित्रता कायम गर्न मनाउने तिज पर्वको अवसर पारेर हर्कटे बजारमा रहेको प्रकाश फोटो स्टुडियोले तिज विशेष फोटो प्रतियोगिता सुरू गरेको हो ।भदौ १ गते वाट सन्चालन भएको प्रतियोगिता भदौ ३१ गते सम्म सन्चालन हुने छ भने प्रतियोगितामा भाग लिनेले प्रकाश फोटो  स्टुडियोको whatsApp नम्बरमा साथै इमेल मार्फत फोटो पठाउन सकिने प्रकाश फोटो  स्टुडियोको सन्चालक प्रकाश भट्टराईले जानकारी दिनु भयो ,।

तिज विशेष फोटो प्रतियोगितामा धेरै फोटोमा लाईक शेयर र कमेन्ट को आधारमा बिजेताको छनोट गरिनेछ भने प्रतियोगिताको नतिजा भदौ ३१ गते साँझ ७ बजे हुने बताईएको छ ।

प्रतियोगिताको विजेताले प्रथम पुरस्कार नगद रू ३००० हजार साथै फोटो  सुट र प्रमाण पत्र पाउनेछन, भने दोस्रो पुरस्कार नगद रू २००० र प्रमाण पत्र पाउने छन, साथै तेस्रो पुरस्कार नगद रू १००० र प्रमाण पत्र रहेको छ भने सान्तवना पुरस्कार फोटो सहितक फोटो  फ्रेम र प्रमाण पत्र पाउने सन्चालक नवीन गड्तौलाले जानकारी दिनु भयो ।

विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ।

लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। 

उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। 

निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए।

सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।

झापा बुद्धशान्ति गाउँपालिका ३ की ५५ वर्षीय शुशिला तिवारीले मेची महाकाली बुलेट यात्रा गर्ने तयारिमा हुनुहुन्छ ।बुलेट बाइक कुदाउनु एक महिलाका लागि चुनौतीपूर्ण कुरा हो ।
तर यो कुरालाई चिर्दै र छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने प्रमाणित गर्न तिवारीले मेची महाकाली बुलेट यात्रा गर्ने  तयारि गर्नु भएको हो ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौं  ५ गते बाट सुरु भइ १५ गते समाप्त हुने पत्रकार भेटघाट उहाँले बताउनु भएको हो ।

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भइ जगतगुरु जन्म स्थल हुँदै पूर्वी नाका  काँकडभिट्टाबाट सुरु हुने कुरा उहाकी नाति मनिस मैनाली  (राइडर मनिस) ले जानकारी दिनु भयो  । यात्रामा तिवारीकी नाति मैनालीले पनि उनलाई साथ दिनुहुने बताईएको छ ।
यात्राका क्रममा जोकोही व्यक्तिले यथाशक्य सहयोग गर्न सक्ने बताइएको छ ।

समाजमा छोरी बुहारीहरु प्रति रहेको नकारात्मक टिप्पणीलाई गलत साबित गर्न एउटा उदाहरण महिलाको रुपमामा तिवारी चिनिँदै आउनु भएको छ

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक बर्ष २०८०/०८१ को  बार्षिक समिक्षा कार्यक्रम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ ।माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिकाका वडाध्यक्षहरु कार्यलयका बिभिन्न शाखाका शाखा प्रमुखहरु माईजोगमाई गाउँपालिका अपाङ्गता संघका प्रतिनिधिहरु लगायतको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ सम्म गाउँपालिकामा पुर्ण अशक्त अपाङ्गता ८० जना, अति अशक्त अपाङ्गता ११२ जना , मध्यम अपाङ्गता १०४ जना , सामान्य अपाङ्गता ९२ जना रहेको छन् भने पालिकाबाट बिभिन्न अपाङ्गता भएका लाभग्राहीहरुलाई बिभिन्न सहायक सामाग्रीहरु बितरण समेत गरिएको छ ।

त्यसैगरी पालिका भित्र रहेका अपङ्गता भएका ब्यक्तिहरुको घरमा नै पुगेर पालिकाले बिभिन्न सामाग्रीहरु प्रदान समेत गरेको थियो ।

अस्मिता वर्देवा ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मंगलबारेमा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजनागरी नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ वाट निर्वाचित प्रतिनिधी सभा सदस्य विश्व प्रकाश शर्माले प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै संसद शर्माले प्रहरीलाई स्वतन्त्रतापूर्वक शन्ति सुरक्षा कायम गर्ने वातावरण बनाइदिन सवैसँग आग्रह गर्नुभयो ।

उहाँले मुस्कानसहितको प्रहरी सेवा मात्र नभएर मुस्कान दिने सेवा चाहिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले जनताको माग अनुरुप अस्थायी प्रहरी चौकी स्थापना भएको बताउनुभयो । उहाँले प्रहरी चौकी स्थापनाका लागि कार्यपालिका बाटै निर्णय गरेर माग गरेको बताउन भयो । साथै चुनाबीताका प्रतिवद्धता जनाएका कार्यक्रम मध्ये यो प्रहरी चौकी स्थापना गर्ने योजना रहेको पनि अध्यक्ष प्रसाईले बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले अस्थायी प्रहरी चौकी स्थापनापश्चात सवै किसिमका आपराधीक गतिविधि नियन्त्रण हुने बिश्वास ब्यक्त गर्नुभयो ।उक्त अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डामा प्रहरी कर्मचारहिर रहने ब्यवस्था गरिएको छ ।

प्रहरी चौकी ब्यवस्थापनको खर्च गाउँपालिकाले ब्यहोर्नेगरी ब्यवस्था गरिएको बताइएको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापती केशब राज पाण्डे, जिल्ला प्रसाशन कार्यालय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बुद्धशान्ती गाउपालिका वडा न ४ का वडा अध्यक्ष शेर बहादुर राय को अध्यक्षता रहेको कार्यक्रममा झापा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सम्सद विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यलय झापा का प्रमुख मिलन केशी, ससत्र प्रहरी कार्यलय झापाका प्रमुख कबिन्द्र राइ विभिन्न पार्टीका प्रतिनिधिहरु वडा अध्यक्षहरु वडा सदस्य साथै स्थानीय बासी को उल्लेखिय उपस्थिति रहेको थियो । मङलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर तामाङ्ले स्वागत गर्नु भएको कार्यक्रम कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङेलले सन्चालन गर्नु भएको थियो ।