विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका
विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीन जना छात्र र तीनजना छात्रालाई ब्रदर होटलका सञ्चालक बिर्तामोड ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए ।
मातेर एकजना विद्यार्थी सिकिस्त अबस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।
विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।
विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएर विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
आज पनि सोही विद्यालयका तीन जना विद्यार्थी गाँजासहित पक्राउ परेको जनाइएको छ ।


फागुन १९ देखि २१ गते सम्म संचालन भएको प्रतियोगिता छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ भने छात्रा तर्फ पनि दोश्रो वर्ष टिम नै बिजयी भएको हो।फाइनलमा पहिलो वर्ष ए टिम लाई पराजित गर्दौ छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ।
सीतारमेश इकाई समिति सचीव विवेक वाग्लेले संचालन गरेको कार्यक्रम अन्तर्गत फाइनल बिजेता छात्र तथा छात्रा दुवै टिम ले नगद ५०००/- ,ट्रफी र मेडल प्राप्त गरे भने द्वितीय हुने टिमले नगद ३०००/- ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे । नेविसंघले सीतारमेश बहुमुखी क्याम्पसमा विभिन्न समयमा विद्यार्थीको हक,हित र अधिकार तथा विद्यार्थीको चौतर्फी विकासका निम्ति विविध कार्यक्रम गर्दै सम्पुर्ण विद्यार्थीहरु माझ लोकप्रिय विद्यार्थी संगठनका रुपमा स्थापित भएको छ ।





मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको दुर्घटनामा टिपरको ठक्करबाट बाबु–छोराले ज्यान गुमाउनुपरेपछि मृतकका आफन्तले मेची राजमार्गको हर्कटे र कन्याम क्षेत्रमा यातायात अवरुद्ध पारेका थिए । उनीहरूले ठक्कर दिने टिपरले क्षतिपूर्ति नदिउञ्जेल अस्पतालबाट शव नउठाउने अडानसमेत राखेका थिए । 

पुराण आयोजक समितिका संयोजक रोमनाथ पौडेलले मन्दिरको आर्थिक पक्ष कम्जोर रहेकाले मन्दिरको लागि अक्षकाषको वुद्धि तथा जीर्ण अवस्थामा रहेको मन्दिरको छानामा पित्ततलको छाउनी लगाउने उदेश्यले यस महायज्ञको आयोजना गरिएको बताउनुभयो ।


भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो ।


