April 17, 2025

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको दोस्रो सेमिफाईनल
खेलमा गौरादह नगरपालिका र बिर्तामोड नगरपालिका बिच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ।गौरादह नगरपालिका लाई ८१ रनले  पराजित गर्दै  बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १८७ रन बनाएको थियो।
बिर्तामोडका लागि  सिवान्स बजगाईले ६२  रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २/२ विकेट लिएका थिए । १८८ रनको लक्ष्य पछ्याएको  गौरादहले १३.४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो ।ब्याटिङमा गौरादका लागि अर्जुन यादबले ३८ रन र सुरज न्यौपानेले २४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अङ्कमा  रन बनाउन सकेनन् ।बलिङ तर्फ बिर्तामोड लाई बिजयी गराउन रोहित राजवंशी र बिजय कार्कीले समान ३/३ विकेट लिएका थिए  ।बिर्तामोडका  लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२  रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए।उनलाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित  अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  ।यता  प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ ।
अब  पर्सि फागुन १२  गते शनिबार  बिर्तामोड नगरपालिका  र कचनकवल गाउँपालिका बिच उपाधी भिडन्त रहने बताईएको छ । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो   फागुन १२ गते हुने फाइनल खेलको  दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ । बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा प्रदेश सभा सदस्य तथा माननिय चिन्तन पाठक प्रमुख आतिथ्यता रहेको थियो भने गौरादह नगरपालिका जनप्रतिनिधि तथा नगर खेलकुद संयोजक सतोष भण्डारी, खेलकुद परिषद् सदस्य संतोष प्रसाई र श्याम बराल बुद्धशान्ति गाउँपालिका अध्यक्ष  मनोज प्रसाईं खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिस दहाल विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो ।

 झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो ।
त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ ।  झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

ट्रफी र टिम सार्वजनिक कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको सहभागिता रहेको थियो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगरलाई  नगरपालिका लाई  ५ युकेटले  पराजित  गरेको छ। पहिले ब्याटिङ गरेको मेचिनगरले निर्धारित २० ओभरमा १३.२ ओभरमा  अलआउट हुँदै  ८९  रन बनाएको थियो।

९०  रनको लक्ष्य पछ्याएको कचनकवलले गाउँपालिकाले  १८.२ ओभरमा ५ विकेट गुमाउदै  ९० रनको लक्छ पाप्त गर्दै फाईनमा प्रबेश प्रबेस गरेको छ ।४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट  लिएका साथै व्याटिङ वाट १८ समेत बनाएका कचनकवलका अनिल लामिछाने  खेलको म्यान अफ दि म्याच घोषित भए।
उनलाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित  अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो ।फागुन १२ गते हुने फाइनल खेलको  दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ ।
बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा झापा गोलकपका अध्यक्ष विनोद बस्नेत,सचिव करण श्रेष्ठ, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई,वडा नं २ का अध्यक्ष लेखनाथ खत्री,प्रमुख प्रशासकिय अधिकृत सुवास चन्द्र सुमन, बुद्धशान्ति गाउँपालिकावडा नं ३ का वडा अध्यक्ष  पर्शुराम चेम्जोङ विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो भोलि हुने दोश्रो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिका बिच रहने छ।

इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले गत वर्ष स्थानीय इको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो ।

उक्त बेसार इको चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न वितरण गरेको थियो । उक्त बिउँबाट चार हजार तीन सय ५० किलोग्राम बिउँ उत्पादन भएको छ ।

किसानले उत्पादन गरेको बिउँ ४० रुपियाँ प्रति किलोका दरले सहकारीले खरिद गरेको छ ।

सहकारीले किसानबाट खरिद गरेको बेसारको बिउँ किसानलाई वितरण गर्ने योजना रहेको सहकारीले जनाको छ ।

गत वर्ष बिउँ पाएपछि स्थानीय शान्त कुमारी लाप्चाले एक किलोग्राम बेसारको बिउँबाट १६ किलोग्राम बेसार उत्पादन गर्न सफल बन्नुभएको थियो।

उहाँले बाँदर लगायत जङ्गली जनावरले अन्य खेती गर्न नदिएर उठीबास बनाएको बेला बेसारमा कुनै जङ्गली जनावरले क्षति नगर्ने भएका कारण बेसार खेती उपयोगी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “थोरै रकम खर्च गर्दा धेरै आम्दानी गर्न सकिने यो अति सजिलो खेती हो ।”

गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले बेसार उत्पादनबाट आर्थिक वृद्धि हुने ,रोजगार सृजना हुने, बेसारमा आत्मा निर्भर बन्न सकिने, आयत प्रतिस्थापन गर्न सकिने, निर्यात उन्मुख रहने र ग्रामीण अर्थतन्त्र चलायमान हुने बताउनुभयो । पालिकाले आगामी दुई वर्षभित्रमा प्रति वर्ष दुई लाख किलोग्राम बेसर उत्पादन गरी उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । पालिकाले कपुरबोट १ जातको बेसार गाउँमा वितरण गरेको छ । २०७८ सालमा बुटवल सोलार प्लान्टबाट उपलब्ध भएको दुई सय किलोग्राम बेसार अहिले तीव्र गतिमा विस्तार भएको छ । “बेसार खेतीले आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विश्वासका साथ खेती गराउन थालेका हौँ,” अध्यक्ष स्याङबोले भन्नुभयो ।

पालिकाले बेसार खेती बढाएर आगामी वर्षबाट ‘रोङ बेसार’ ब्राण्डिङ गरी बजारमा ल्याउने भएको छ । पालिकाले यस अघि गुन्द्रुकको ब्राण्डिङ गरी बजार ल्याउँदै आएको छ ।

गत शुक्रबार आत्मदाह गरेकी झापा बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलको समेत मृत्यु भएको छ । उनको पाँच वर्षीया छोरी वर्षाले आमाले गरेको आत्मदाह कै कारण यसअघि नै ज्यान गुमाएकी थिइन् ।

मायाले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको गत शनिबार नै मृत्यु भएको थियो । आमा माया भने गम्भीर घाइते भएर उपचाररत थिइन् । उनको आज बिहान् ८ बजे उपचारकै क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा आमाछोरी दुवै जना गम्भीर घाइते भएकाका थिए ।

घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उक्त नोटमा मायाले उनका पति राजन विक परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख छ ।

प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा यहि फागुन २ गते देखि १० गते समापन हुने गरि श्रीमद,भागवत साप्ताह ज्ञान महायज्ञ भईरहेको छ बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा रहेको गुरूकुल सन्चालन गर्न साथै

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको सुख शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस, एवं साँस्कृतिक प्रचार प्रसार गर्ने उद्धेश्यले स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ

भन्ने उदेश्यले महापुराणको आयोजन गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष नारद चापागाँईले बताउनु भयो ।

फागुनको २ गते बाट सन्चालन भईरहेको श्रीमद, भागवत,सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न १२ लाख  भन्दा माथि खर्च हुने अनुमान  गरिएको आयोजक समितिका सचिव दुर्गा देवि खतिवडाले बताउनु भयो ,।

 प्रमुख वाचक श्री १००८ स्वामी पन्डित श्री चक्रपाणी आचार्य साथै उपवाचक रामानुज नेपालले मुखाराबृन्द वाट कथा प्रवचन भइरहेको  छ । श्रीमद,भागवत कथामा विभिन्न झाँकी धान्यचल विभीन्न दाता माहानुभाव हरूलाइ सम्मान मुस्टिदान समेतको आयोजना गरिएको बताईएको छ

झापाको बुद्धशान्ति –२ मा भईरहेको स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा साथै स्थानीय नवज्योती युवा क्लबको सह प्रायोजनको रूपमा रहेर सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको  उपाधि बिन्दुलि टोलले उचालेको छ । सोमबार भएको फाइनल खेलमा  दुर्गा पंचायन टोललाई ०/१ गोल अन्तरले हराउँदै बिन्दुली टोलले  उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै बिन्दुलिले नगद १५ हजार , ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित दुर्गा पान्चायनले  नगद १० हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच बिन्दलीका कृष्ण गजमेर भए। त्यस्तै, उत्कृष्ट गोलकिप्पर बिन्दुलि टोलका रविन वानिया उच्च गोलकर्ता सविन वोहोरा उत्कृष्ट डिफेन्डर अनिल विक उदीयमान खेलाडी दुर्गा पान्चायनका रागब श्रेष्ठ भए तथा सर्वोत्कृष्ट खेलाडी अविसेक निरौला  भएको प्रतियोगिताका संयोजक सेमन्त पोख्रेलले  जानकारी दिनु भयो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा गोलकपका अध्यक्ष  विनोद वस्नेत भेन्ट्रास कल्बका अध्यक्ष लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

खेललाई थप रोचक बनाउन प्रत्रकार साथै जयपुर भेन्ट्रास विच सो म्याच खेल समेत भएको थियो ।  सो खेलमा निर्धारित समयमा खेल बराबरी भएकाले मैन्त्रीपुर्ण खेल भएकाले खेल तेतीमै बराबरीमा निर्णय गरिएको थियो । साथै विभीन्न मनोरन्जनात्मक  कार्यक्रमको आयोजना समेत गरिएको थियो । विहान ८ बजे बाट महिला पुरूषको भोटेटार वाट जयपुर चोक सम्म म्याराथुन दौड प्रतियोगिता समेत गरिएको थियो ।

प्रथम हुनेमा महिला तर्फ बुद्धशान्ति २ कि मुना बस्नेत, दोस्रो हुनेमा बुद्धशान्ति २ कै वर्षा दर्नाल, तेस्रो हुनेमा बुद्धशान्ति २ कै खुसि गौतम, त्यस्तै चौथो हुनेमा बुद्धशान्ति २ कै कबिता बास्कोटा भएकि थिईन , त्यस्तै पुरूष तर्फ सागर रसाईलि  प्रथम ,सुदिप लिम्बू,दोस्रो,राहुल लिम्बू तेस्रो, मनिस खुलाल सान्तवना भएका थिए,। उनिहरूलाइ प्रमुख अतिथि वाट पुरस्कृत गरिएको थियो ।

 ,

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगितामा आज भएको पहिलो  खेलमा गौरादह  नगरपालिकाले गौरिगंज नगरपालिका लाई ३३ रनले  पराजित गरेको छ।पहिले ब्याटिङ गरेको  गौरादहले २० औभरमा    १५४ रन बनाएको थियो।

१५५ रनको लक्ष्य पछ्याएको  गौरिगंज गाउँपालिकाले  १०  विकेट गुमाउँदै १२१  लक्ष प्राप्त गर्न सफल भयो । गौरिगंजका लागि ५१ वलमा ८१ रन हान्दै गौरिगंजका विशाल थापा म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी आजै भएको दोश्रो खेलमा मेचिनगर नगरपालिकाले  कनकाई नगरपालिका लाई ९१ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको मेचिनगर नगरपालिकाले १९.१ ओभरमा १० विकेट गुमाउदै १६६ रन बनाएको थियो।१६७  रनको  लक्ष्य पछ्याएको कनकाईले नगरपालिकाले १०  विकेट गुमाउँदै ७५  रन बनाएको थियो । मेचिनगरका आसिक राना मगर अलरान्डर प्रद्रशन गर्दै व्याटिङमा ३२ रन बनाए र वलिङमा ३ विकेटले लिए म्यान अफ दि म्याच घोषित भएका थिए । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ ।

प्रतेक खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै  खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको   बताइएको छ ।
खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बर्खा स्मृति  प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो ।

विभिन्न सामाजिक कार्य गर्दै समाजमा सक्रिय दारी ग्याङको ८ औं वार्षिकोत्सब विशेष आज दारी ग्याङ झापाले शुभकामना आदान प्रदान कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेको छ ।

दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता एवम् दारी ग्याङ केन्द्रीय सदस्य नुतन ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।दारी ग्याङ को ८ औं वार्षिकोत्सबको अवसरमा दारी ग्याङ झापाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा यहि फागुन १६ गते झापाको बुद्धशान्तिमा लागु औषध दुर्ब्यसन सम्बन्धि सचेतकमुलक कार्यक्रम आयोजना गर्ने सम्बन्धि निर्णय समेत भएको छ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा बुद्धशान्तिमा क्याम्पस ,विद्यालय एवम् लक्ष्यित क्षेत्रमा सचेतनामुलक कार्यक्रम गर्ने बारे निर्णय गरिएको हो।

दारी ग्याङ झापा र बुद्धशान्ति गाउँपालिका बिचको सहकार्यमा परिवर्तन थिएटर काकडभिट्टाको नाटक मंचन एवम् लक्ष्यित क्षेत्रमा भिडियो सामाग्री मार्फत सचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिएको दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालले जानकारी दिनु भयो  ।यस शुभकामना आदानप्रदान कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विकेक सुन्दासले गरेका गर्नु भएको

झापाको पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक आज दिउँसो एकआपसमा ठोक्किएको छ । दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते भएका छन् ।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८५६ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३७२१ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा हुँदा दुवै सवारीसाधनको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । दुर्घटना कारण  कनकाई पुलमा  ट्राफिक जाम भएको छ । प्रहरीले जाम हटाउने काम गरिरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।