साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ ।
यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ ।
यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ ।
आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु, हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका बाचाहरू गर्ने गर्छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा च्युङ्गीला तामाङ ह्युल वाह्र तामाङ समाजको आयोजनामा बाह्र तामाङ समाजले सोनाम लोछार ल्हासो फ्याफुल्जि तामाङ ल्होसार’ पर्व भव्य रुपमा मनाएका छन् । च्युङ्गिला तामाङ ह्युल वाह्र तामाङ समाजका अध्यक्ष राजन तामाङको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा समारोहको उद्घाटन गरिएको थियो ।
शनिवार भएको कार्यक्रममा पर्वको अवसर पारेर विभिन्न सांस्कृतीक कार्यक्रम सहित मनोरञ्जनात्मक
विभिन्न स्थानका कलाकारहरुले तामाङ संस्कृती झल्काउने नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा च्यङ्गीला तामाङ बाह्र तामाङ समाजका पुर्व अध्यक्षतेज वहादुर तामाङ ,चुल्ठे सामुदाहिक वनका अध्यक्ष सुजन खतिवडा, संस्थाका सल्लाहकार संयोजक बल वहादुर तामाङ ,जग्गा दाता ह्युल तामाङ ,ज्ञान वहादुर बम्जन,मिरा देवि तामाङ स्थानिय समाज सेवि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका सचिव योन्जन तामाङले स्वागत मन्तव्य सहित औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा पुर्व अध्यक्ष तेज वहादुर तामाङ ,चुल्ठेे सामुदाहिक वनका अध्यक्ष सुजन खतिवडा, लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।
कार्यक्रममा २०७४ सालमा स्थापना भएको संस्थामा रहेर अतुलनिय योगदान पुर्याउने साथै जग्गा दाता साथै ज्येष्ठ नागरिक हरूलाई फुलमाला दोसल्ला लगाएर सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो । शनिवार वडा नं ५ स्थित भिट्टालाईनमा भएको कार्यक्रममा बुद्धशान्ति वडा नं ५ वडा नं ४ वडा नं ६ का तामाङ समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
च्युङ्गीला तामाङ ह्युल वाह्र तामाङ समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि हरूलाई आयोजक परिवारले मायाको चिनो वितरण गरेर विदाई गर्नु भएको थियो ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
बुद्धशान्ति २ को वर-पिपल पश्चिम बिरिङ खोला जाने बाटो बन्द गरिएको छ। सम्झौता अनुसार काम नहुञ्जेल बन्द रहेने भएको हो।
बर-पिपल पश्चिम बिरिङ खोला जाने बाटो २०७८/७९ भित्र कालो पत्रे सम्पन्न गर्ने भनेर लिखित सम्झौता भएको तर हाल २०८० को अन्तिम सम्म आईपुग्दा र सरोकारबालाहरुलाई बारम्बार सम्झौता पनि कुनै काम अगाडी नबढेको र अत्यधिक धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले आज बाटो बन्द गर्ने निर्णय गरेका छन्।
यस अघि पनि सम्झौता बमोजिम काम नभएको भन्दै बाटो बन्द थियो।
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् ।
आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले बुद्धशान्ति ४ सृजनशिल युवा समाजका खेलाडीहरूलाइ खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले सृजनशिल युवा समाजका १६ जना खेलाडीहरुका लागि १६ थान जर्सि हस्तान्तरण गर्नुभएको हो ।
उहाले भन्नू भयो युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरिएको हो lपछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु औषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले खेलाडिहरू लाई खेलकुद सामाग्री वितरण गरिएको एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले बताउनु भयो ।
यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । खेल क्षेत्रबाटअहिले देखिनै यि साना साना नानिहरूलाई समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न सक्छन त्यसैले खेल र युवा विकासका लागि आगामी दिनमा पनि खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने तयारी रहेको कार्किले बताउनु भयो ।बुद्धशान्ति वडा नं ४ को गणेश मां वि. को खेल मैदानमा शुक्रबार सृजनशिल युवा समाजका सम्पुर्ण प्रतिनिघी स्थानिय समाज सेवि सम्पुर्ण खेलाडिहरूको उपस्थितिमा खेलकुद सामाग्री वितरण गरिएको थियो । एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले खेलकुद सामाग्रि वितरण गरेर सहयोग गर्नुभएकोमा एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किलाई सृजन शिल युवा समाजकाअध्यक्ष निर्मल न्यौपानेले खेलाडि भाइ बहिनिहरूलाई खेलकुद सामाग्रि वितरण गरेर खेलाडिहरूलाई थप हौसला थपिदिनु भएकोमा मनोबल बढाउन मद्दत पुग्ने बताउदै सन्चालक सोनि कार्की लाई धन्यबाद समेत दिनु भयो । २०७६ सालमा सृजनशिल युवा समाजले आयोजना गरेको जिल्ला स्तरिय फुुटबल प्रतियोगितामा पनि एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले प्रतेक खेलको म्यानअफदि म्याचको पुरस्कार साथै खेल सम्पन्न गर्न नगद दशहजार रूपयाँ समेत सहयोग गरेको सृजन सिल युवा समाजका सचिव पारस लिम्बुले जानकारि दिनु भयो । आफ्ना भनाई राख्दै अध्यक्ष पराजुलिले सृजनशिल युवा समाजले चैतको पैलो साताबाट सृजनशिल युवा समाजले नकआउट च्यालेन्जकप फुटबल प्रतियोगिता समेत गराउने जानकारि गराउनु भयो ,।
इलामको राेङ ६ मा तिनदिने कला साहित्य महाेत्सव लाग्ने भएको छ ,।
चेतनाकाे बिस्तार गरे समग्र बिकास आधार हुने ठहरकाे साथ राेङ ६ मा तिनदिने कला साहित्य महाेत्सव गरिने भएकाे हो ।
राेङ गाउपालिका वडा न ६ काे आयाेजनामा वडाभित्रकाे फरक फरक तीन स्थानमा हुने फरक आयामकाे कार्यक्रमहरु सचालनकाे तैयारी अन्तिम चरणमा पुगेकाे छ ।
स्थानिय आबश्यक्ता र माेजुदा अवस्थाकाे वारेमा कला,साहित्य,बहस र क्यानभासकाे उपयाेगबाट चित्रण र बर्णन गरेर भावि कार्यदिशा निर्माण गर्न आगामी माघ २७गतेबाट २९ गतेसम्म कला साहित्य महाेत्सव हुने भएकाे हाे ।
बिकास भनेकाे भाैतिक पुर्वाधारहरु मात्रै हाे भनेर मरिहत्ते गरिरहने समाजमा चेतनाकाे बिकास गरेर भाैतिक बिकासलाई दिगाे र चिरस्थाई अनि प्रभावकारी रुपमा अफनत्वकाे भावना सृजना गराएर लाग्नकाे लागि गरिन लागेकाे महाेत्सवकाे पहिलाे,कार्यक्रम राेङकाे नवस्थापित पर्यटिक स्थल झण्डी डाडामा हुने भएकाे छ ।
उक्त दिन रैथाने ज्ञानकाे आवश्यक्ता बारेमा राजन मुकारुङले स्पस्ट पार्नु हुनेछ भने कृषि सभावना समस्या र सिमाकाे वारेमा डा.याेगेन्द्रमान शेरचन,टक थापा र सिमा कार्कि बिचकाे बृहद अन्तकृया गरिने छ यसैगरि कला साहित्य भित्रकाे चित्रण हाङयुग अज्ञात,प्रतिभा पाैडेल र कुमारी लामा बिच अन्तर्क्रिया गरिने भएकाे छ ।
यसैगरि माघ २८ गते बिश्वब्यापीकरण भित्र गाउ शिर्षकमा वडाकै सलकपुरमा हुने कार्यक्रममा डा.तारालाल श्रेष्ठ र मनुसीयामी भट्टराईकाे अन्तर्क्रिया गाउ शहरमा महिला र पुरुष काे सन्दर्भमा कैलास राई र कविता पाेर्तेलकाे अन्तर्क्रिया, हामी ईतिहासमा बाच्छाै बिषयमा विरबहादुर लाप्चा,निरज कट्टेल,माेहनसिङ थेवे बिच अन्तर्क्रिया हुने भएकाे हाे ।साथमा स्थानिय र अन्य कवि र कवियत्रीहरुवाट बिबिध कविताकाे स्वाद चाख्न पाईने छ ।
कार्यक्रमकाे मैजाराे भने २९ गते जाैवारीमा गरिने भएकाे छ जसमा राेङ ६ भित्रकाे बिषयवस्तु पस्कदै तैयारी गरिएकाे चित्रकलाहरु काजिराना,साेनाम राई,गुणराज देवान,सन्देश राई ,छितेन शेर्पा,निलम राई लगायतकाे रहने छ भने साथमा चेतना नाट्य समुह र कुवापानि मा बिकाे नाटक गाउकाे चाैतारी मचन हुनुकाे साथै बिभिन्न जातिहरुकाे झाकिहरु समेत देख्न पाईने वडाध्यक्ष सत्यम राई चाैरासेले बताए ।
दुर्गम तर धेरै सभावना बाेकेकाे गाउहरुमा राष्टमा राजनितिक,सास्कृतिक,कला,साहित्य,समाजसेवा,चित्रकला,कृषि,पर्यटन लगायत बिभिन्न क्षेत्रमा याेगदान दिएका लब्ध प्रतिस्ठित मानिसहरुकाे ज्ञान सिप र दक्षतालाई गाउमै ल्याएर उनिहरुकाे बिज्ञता सुनाउन र फैलाउने जमर्काे वडाकाे बिकासमा काेशेढुङ्गा हुनसक्ने समस्त वडावासीहरुकाे अपेक्षा रहेकाे छ ।
सरकारमा बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन…’
सरकार विरोधी मोर्चामा आवद्ध दलहरूलाई कटाक्ष गर्दै गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली कविता सुनाउँछिन् । सडकमा
सत्तारुढ दलका कार्यकर्ताहरू विपक्षी नेतालाई जिल्याउन बाँदरको मुकुन्डो लगाएर चटक देखाउँछन् । समाजमा
कतै बाली खायो भनेर ढुंगामुढा गरिन्छ, कहीं घाँटीमा साङ्लो बाँधेर सर्कस देखाउन लगाइन्छ । कहिले हातखुट्टा बाँधेर निर्ममतापूर्वक घिसारिन्छ त कहिले झुन्ड्याएर तड्पाई-तड्पाई मारिन्छ उखान, चुट्किला, कथा, कविता, कार्टुनमा बाँदरलाई तुच्छताको बिम्ब बनाइएको छ । यो धर्तीमा बाँदर नै त्यो प्राणी होला, जसलाई मान्छेले सबभन्दा बढी हेलाहोचो गर्छ ।
कतै बाली खायो भनेर ढुंगामुढा गरिन्छ, कहीं घाँटीमा साङ्लो बाँधेर सर्कस देखाउन लगाइन्छ । कहिले झुन्ड्याएर तड्पाई-तड्पाई मारिन्छ त कहिले हात-खुट्टा बाँधेर निर्ममतापूर्वक घिसारिन्छ ।
मान्छेले यो अबोध प्राणीलाई किन यतिविघ्न खेदो गर्छ ? मनोविज्ञहरू भन्छन्, ‘आफूलाई फाइदा नदिने वा आफ्नो स्वार्थसँग नजोडिएका प्राणीलाई मान्छेले रुचाउँदैन । दूध र मल नपाउने हो भने मान्छेले गाईलाई पनि बाँकी राख्दैनथ्यो ।’मान्छेले बाँदरको पनि फाइदा-बेफाइदाको लेखाजोखा गरेको छ । र, यसलाई ‘बेकामे’ प्राणीको कोटिमा राखेको छ । त्यही कारण बाँदरप्रति मान्छे क्रूर बनेको देखिन्छ ।
यो जगतमा बाँदरको अस्तित्व मेटिए के होला ? बाँदरको विषयमा विद्यावारिधि गरेका मुकेशकुमार चालिसे भन्छन्, ‘प्रकृति र जीव-जगतको सन्तुलन बिग्रन्छ ।’
उनका अनुसार, वनजंगलको विविधीकरणमा बाँदरको ठूलो योगदान छ । उसले एक ठाउँमा पाकेको बीउ खाएर अर्को ठाउँमा दिसा गर्छ । बाँदरको दिसामा बीउ उम्रन्छ । डा. चालिसेले आफ्नो अध्ययनमा के पाएका छन् भने बाँदरको दिसाबाट उम्रेका बिरुवा राम्ररी सप्रन्छन् । उनी भन्छन्, ‘सदियौंदेखि यही प्रक्रियाबाट वनजंगलमा अनेकथरी रूखबिरुवा हराभरा भएको छ ।’
उनका अनुसार, मान्छेको सबभन्दा नजिकको प्रजाति पनि हो, बाँदर । त्यसैले मान्छेले निहित स्वार्थका लागि बाँदरलाई ‘गिनी पिग’ बनाएको छ । कुनै रोग विरुद्ध खोप तयार भएपछि सबभन्दा पहिला बाँदरमा परीक्षण गरिन्छ । ‘औषधिदेखि खोपसम्म शुरूमा बाँदरमा प्रयोग गरिन्छ’ डा. चालिसे भन्छन्, ‘यसरी मान्छेको जीवनरक्षामा पनि बाँदरको ठूलो योगदान छ ।’
यति गुन लगाउँदा-लगाउँदै पनि मान्छे किन बाँदरप्रति वैरभाव राख्छ ? ‘नजिकका दाजुभाइ, नातागोता, छिमेकीसँग त शत्रुता साध्ने मान्छेले बाँदरलाई किन बाँकी राख्छ Û’ डा. चालिसे मानव मनोविज्ञान केलाउँछन्, ‘बाँदर सबभन्दा नजिकको प्रजाति र आफूसँग मिल्दोजुल्दो भएकाले पनि मान्छेले बढी रिस गर्छ ।’
बाँदरको हुलियादेखि हाउभाउसम्म नरुचाउनुलाई मान्छेको सृष्टिमा नभई दृष्टिमा भएको दोष ठान्छन्, उनी । ‘बाँदर स्वभावैले उत्सुक र चञ्चल हुन्छ । उसलाई हरेक कुरामा कौतूहल हुन्छ । त्यही भएर जे भेट्दा पनि कोट्याउँछ, मान्छेको बालबच्चाले जस्तै’ चालिसे भन्छन्, ‘खराब भएर होइन, नैसर्गिक स्वभावले त्यसो गरेको हो ।’ बाँदर समाज र जोगी समूह
मान्छेले बाँदरलाई गिज्याउँछ, तर्साउँछ, झटारो हान्छ, लखेट्छ । मानौं, उनीहरूलाई डर लाग्दैन, दुःख लाग्दैन, पीडा हुँदैन । ‘जबकि, बाँदरमा मानिसमा जस्तै संवेदना हुन्छ । हाम्रै जस्तो मन र भावना हुन्छ’ डा. चालिसे भन्छन्, ‘सन्तानको मृत्युमा पीडाबोध गर्छन्, शोक मनाउँछन् ।’
उनका अनुसार, एकपटक थापाथलीको सडकमा बाँदरको हूल ओर्लियो । यातायात नै ठप्प पार्ने गरी एकत्रित भए । त्यहाँ बाँदरको बच्चा मरेको रहेछ । डा. चालिसे भन्छन्, ‘बाँदरहरू त्यति धेरै संवेदनशील हुन्छन् ।’ उनका अनुसार, बाँदरहरूको आफ्नो परिवार, समूह र समाज हुन्छ । आफ्नै किसिमको जीवनचक्रमा बाँधिएका उनीहरूलाई मान्छेलाई जस्तै दुःख र अभाव हुन्छ । भोक र रोगसँग जुधिरहेका हुन्छन् । उनीहरू पनि सन्तान हुर्काउने बाध्यतामा हुन्छन् । शहरका मठ-मन्दिर आसपास उनीहरूले आश्रयस्थल बनाउँछन् । मठ-मन्दिरमा चढाइने फलफूल, प्रसाद आदिले भोक मेट्छन् ।
डा. चालिसेका अनुसार, बाँदरका बच्चाहरू खान र खेल्नमा मग्न हुन्छन् । किशोर चरणका बाँदरहरू एकअर्कालाई जिस्क्याउने, तर्साउने, झुक्याउने गर्छन् । तन्नेरी बाँदरहरू फुइँ गर्ने खालका हुन्छन् । तिनीहरूमा आफूलाई तगडा देखाउने प्रवृत्ति हुन्छ । अर्को समूहका पोथी बाँदरलाई आकषिर्त गर्न अनेक हर्कत गर्छन् । पोथीको खोजीमा आफ्नो समूहबाट छुट्टएिर भौंतारिन्छन् पनि ।
युवा उमेरका पोथी बाँदरहरूमा भने जिम्मेवारीबोध हुन्छ । उनीहरू आफ्ना भाइ-बहिनीलाई स्याहारसुसार गर्ने, ख्वाउने आदि गर्छन् । पाका बाँदरहरू चाहिं संयमित हुन्छन् । उनीहरूले सबैको रेखदेख र न्याय-निसाफ गर्छन् ।
बाँदरहरूमा सामूहिकताको भावना पनि हुन्छ’ चालिसे भन्छन्, ‘समस्या परेको बेला एकअर्कालाई साथ दिन्छन् । एउटालाई संकटबाट निकाल्न अर्कोले जोखिम पनि मोल्छ ।’
बाँदरहरू हाडनातामा यौन सम्बन्ध राख्दैनन् । त्यसो गर्नेलाई समूहबाट लखेटिन्छ । ‘कुनै-कुनै बाँदर एक्लै घुमिरहेको देखिन्छ नि’ डा. चालिसे भन्छन्, ‘त्यो बदमासी गरेर समूहबाट लखेटिएको बाँदर हो ।’
रिसाहा र झगडालु बाँदर पनि समूहमा टिक्दैन । त्यसरी एक्लिएका बाँदरको यौन जीवन
बाँदरहरू जथाभावी गर्छन् भन्ने धारणा गलत छ । बाँदर प्रकृतिको सिद्धान्त अनुरूप चल्ने प्राणी हो । बैंसालु उमेरमा पुगेका बाँदरहरू अर्कै समूहको जोडी खोज्छन् । यसका लागि आफूलाई बलियो, तगडा देखाउने क्रियाकलाप गर्छन् ।
पोथी बाँदरको मासिक स्राव हुन्छ’ अध्येता डा. चालिसे भन्छन्, ‘त्यो बेला भाले बाँदर आकषिर्त हुन्छन् । पोथी फकाउन भालेले सुमसुम्याउने, चुम्बन गर्ने, जुम्रा हेरिदिने गर्छ । त्यसरी फकाई-फुल्याई यौनका लागि उत्तेजित बनाउँछन् । गर्भाधान भने निश्चित ऋतुमा मात्र हुन्छ ।’
बलियो बाँदरले धेरै यौन सम्बन्ध बनाउँछ । आफ्नो सम्बन्ध भएको पोथी अन्यसँग लहसिएको मन पराउँदैन ।
बाँदरले सामान्यतः वर्षमा एक पटक, एउटा बच्चा जन्माउँछ । कहिलेकाहीं जुम्ल्याहा पनि जन्माउँछ । जुम्ल्याहा हुर्काउन दिदीहरूले आमालाई सघाउने डा. चालिसे बताउँछन् । बाँदरको खराब जीवनशैली
अहिले शहरी क्षेत्रका बाँदरहरू खराब जीवनशैलीबाट गुज्रिरहेका छन् । शहरका बाँदरहरू मान्छेले दिने तयारी खानेकुरा (जंकफूड)मा निर्भर भएका छन् । यसले गर्दा बाँदरहरू थरीथरी रोगले ग्रसित हुँदै गएको डा. चालिसे बताउँछन् ।
बाँदरको औसत आयु २० वर्ष हो’ डा. चालिसे भन्छन्, ‘तर, अहिले १०-१२ वर्षसम्म मात्र बाँचिरहेका छन् ।’
बाँदर सर्वहारी प्राणी हो, सागपातदेखि कीराफट्याङ्ग्रासम्म खान्छ । डा. चालिसेका अनुसार प्राकृतिक खानामा अभ्यस्त बाँदरहरू भने प्रोटिनयुक्त आहारा खोज्छन् । उनका अनुसार, नेपालमा मूलतः तीन प्रजातिका बाँदर छन्- रातो, पहरे र लंगुर । विश्वमा भने मान्छेको स्वार्थमा बाँदर प्रयोग
मान्छेले बाँदरलाई सदियौंदेखि आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । आफ्नो पेट भर्न बाँदरको सर्कस देखाउनेदेखि जोखिमपूर्ण कामहरूमा लगाउनेसम्मका काम मान्छेबाट हुँदै आएको छ । अमेरिकीहरूले सन् १९४९ मा अल्बर्ट द्वितीय नामको बाँदरलाई अन्तरिक्षमा पनि पठाएका थिए । १३४ किलोमिटरको उँचाइमा उसको मृत्यु भयो ।
ललितपुरका प्रवेशमान श्रेष्ठले ‘बायोमेडिकल अध्ययन’का लागि निर्यात गर्न ४०० वटा रातो बाँदर पालेका थिए
त्यस्तै, अमेरिका र चीनका वैज्ञानिकहरूले मान्छेको अंग प्रत्यारोपणको लागि मान्छे र बाँदरको कोषिका मिलाएर भ्रूण तयार पार्न खोजेका थिए । त्यसअघि रूसका वैज्ञानिकहरूले मान्छे र चिम्पान्जीको अंग मिलाएर ठिमाहा जीव बनाउने प्रयास गरेका थिए नेपालबाट बाँदर निर्यात गर्ने असफल प्रयास
नेपालमा पनि ‘बायोमेडिकल अध्ययन’का लागि बाँदर निर्यात गर्ने पहल भएको थियो । मानव शरीरमा लाग्ने संक्रामक रोगहरूबारे अनुसन्धान प्रयोगशालमा बाँदर प्रयोग गरिन्छ । सोही प्रयोजनका लागि विदेश निर्यात गर्न ललितपुरका प्रवेशमान श्रेष्ठले ४०० वटा रातो बाँदर पालेका थिए ।
ती बाँदरबाट बच्चा उत्पादन गरेर विदेश निर्यात गर्ने उनको योजना थियो । त्यसका लागि मेरिकाको ‘साउथ वेस्ट फाउन्डेसन फर बायोमेडिकल रिसर्च सेन्टर’ सँग सम्झौता पनि भइसकेको थियो । तर, कानूनी अड्चनको कारण श्रेष्ठले निर्यात गर्न सकेनन् । रातो बाँदर साइटिस महासन्धिको अनुसूची-२ मा सूचीकृत वन्यजन्तु हो । यो सूचीका वन्यजन्तु ओसारपसार गर्न पाइँदैन ।
अन्ततः श्रेष्ठले ती बाँदरहरूलाई नागार्जुन लगायत जंगलमा छाडिदिएका थिए । त्यसबेला नेपालमै प्रयोगशाला स्थापना गरेर चिकित्सा विज्ञानमा बाँदर उपयोग गर्ने पहल लिएका डा. चालिसेहरू पनि त्यसमा असफल भए । एउटा अमेरिकी संस्थाका प्रतिनिधिहरूलाई बोलाएर प्रयोगशाला स्थापना गर्ने एक तहको सहमति पनि गरेको तर, पछि योजनाअनुसार काम अगाडि बढ्न नसकेको उनले बताए ।
बाँदर पालेर तिनका सन्तानलाई चिकित्सा विज्ञानमा उपयोग गर्न मज्जाले सकिन्छ’ डा. चालिसे भन्छन्, ‘सार्स, एड्स, अहिलेको कोरोना जस्ता अनेकन् संक्रामक रोगबारे अध्ययन-अनुसन्धान र खोप एवं औषधि आविष्कारका लागि बाँदर उपयोग गर्न सकिन्छ ।’
२६० प्रजातिका बाँदर संरक्षित छन् ।
बाँदरहरूको अर्कै ‘ग्याङ’ बन्छ । त्यस्तो ग्याङलाई चालिसेले ‘जोगी समूह’ नामकरण गरेका छन् ।
धर्तीमा बाँच्ने र रमाउने अधिकार मानिसलाई जत्ति नै छ, बाँदरलाई पनि । करीब पाँच करोड वर्ष अघिबाट यो धर्तीमा अस्तित्व रहेका बाँदरहरू प्रकृतिमा विचरण गर्छन् । प्रकृतिले दिएको खाएर बाँच्छन् ।
बुद्धशान्ति – बुधबारे जेसिजको पहिलो पुर्व अध्यक्ष क्लब गठन भएको छ । पुर्व अध्यक्ष जेसि सेमन्त पोख्रेलको अध्यक्षता जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह (देव ) राजपुतको प्रमुख आतिथ्यता रहेको थियो । पुर्व अध्यक्ष जेसि हेमन्त बरालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अधिबेसनको प्रमुख अतिथि बुधबारे जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतले (देव) शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अधिबेसनले वर्ष २०१८ का अध्यक्ष प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा बुधबारे जेसिजका पुर्व अध्यक्ष सबै सदस्य रहने गरि समिती समेत गठन गरेको छ ।उक्त अधिबेशनमा पुर्व अध्यक्ष जेसि हेमन्त बराल, जेसि नन्द कुमार याफु राई, जेसि अनिल वाग्ले,जेसि मुकेश भट्टराईको लगायतको उपस्तिथि रहेको थियो भने निबर्तमान अध्यक्ष अर्जुन ढकाल र मानार्थ सदस्य दिपेन सिटौलाको बिशेश आतिथ्यता रहेको कार्यक्रमको सन्चालन पुर्व अध्यक्ष जेसि अनिल वाग्लेले गर्नु भएको थियो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित गोपाल डाँडा आसपासका क्षेत्रमा हात्ती धपाउने निउँमा चोरको बिगबिगी बढेको छ ।बुद्धशान्ति वडा नं २ स्थित गोपाल डाँडा आसपासका क्षेत्रमा हात्ती गाउँ प्रवेश गर्दा हात्तीले भन्दा धेरै बिगार हात्ती खेदाउने नाममा हात्ती खेदाउने मान्छेले धेरै बिगार गर्ने गरेको स्थानिय विष्णु पौडेल गुनासो गर्नुहुन्छ ।केही दिन यता बुद्धशान्ति गाउँपालिकामा हात्ति खेदाउने निउँमा गाउँमा पसेर गोठमा बाँधेको पशुचौपाय नै फुकाएर लैजान थालेका छन,।
बुद्धशान्ति २ स्थित गोपाल डाँडाका विष्णु पौडेलको १४ गते राति करिब १० बजेको समयमा हात्ती खेदाउन आएका अपरिचित व्याक्तिले गोठमा बाँधेको भैसी फुकाएर केही पर जङ्गल पुर्याउदै गर्दा स्थानियले देखे पछि भैंसी छोडेर भागेपछि आफ्नो भैंसी खोजि गर्दै जाँदा केही पर जंगलमा आफ्नो भैंसी भेट्टाए ल्याएको पौडेल बताउनु हुन्छ ।भैंसी हराएको २ दिन पछि पुन हात्ती खेदाउन हिडेका केही अपरिचित व्याक्तिले गोपाल डाँडाकी ८१ वर्षकी भगिरथा ढकाल वृद्धआमाको कानमा र नाकमा लगाएको सुन समेत चोरेर भागेपछि वृद्धआमालेे कराउन थाले पछि स्थानिय त्यहाँ पुग्दा आमाको कान र नाकमा लगाएको सुन चोरेर चोरहरू भागि सकेका रहेछन स्थानिय यसोदा आचार्य बताउनु हुन्छ। रात पर्न नपाउँदै बुद्धशान्तिका विभिन्न ठाउँहरूमा हात्ती खेदाउने निउँमा गाउँमा परेस बारिमा रोपेको आलु खनेर लाने केराका घरि काटेर लाने सुपारि झारेर लाने बालिनानि भाँचेर टेकेर नष्ट गर्ने घर वरपर राखिएका भाडा बटुका लैजाने फुटाएर छाड्ने निर्माण हुँदै गरेको घरमा राखिएको समान हरू चोरि गर्ने पसल फुटाउने चोरि गर्ने राति राति हल्ला गरेर स्थानियमा त्रास फैलाउने जस्ता विभिन्न खाले गतिबिधि गरेर जाने गरेको स्थानिय हरू बताउनु हुन्छ ।यस्ता खाले गतिविधि बढ्दै गएको भन्दै केही समय अघिनै केहि स्थानियहरूको गुनासो बुधबारे प्रहरी चौकि साथै पालिकामा गुनासो गएपछि गाउँपालिकाले बुधबारे ईलाका प्रहरी कार्यलयको सहयोगमा यस्ता खाले गतिविधि नगर्न सुचना नै बनाएर माईकिङ समेत गरि रहेको पाईएको छ ,। तर यस्तो गतिविधि भने नरोकिएको स्थानिय पौडेल बताउनु हुन्छ ।
चोरी गरेको तीन तोला सुन फिर्ता गरेपछि चोरलाई माफी दिएको छ । नगद एक लाख पैसासहित सुन चोरी गरेका चोरले सुन चाहिं फिर्ता दिए । उनले लगेको पैसा र सजाय भने पीडितले छुट गरेका छन् ।
यो घटना इलामको फाकफोकथुम १ ठिंगेपुरस्थित याक्सारे टोलमा घटेको घटना हो । यसै टोलमा बस्ने ७४ वर्षीया डल्लीमाया थेगिमले चेप्टे सुन,औंठी र सुनको टिका घरको सानो बाकसमा राखेर गत पुष १५ गते छोराको घर झापामा झरेकी थिइन् ।
जब उनी माघ १६ गते घर फर्किइन् र सामाजिक सुरक्षा भत्ताको लागि कागजात खोजिन् तब थाहा पाइन् बाकस फोरेर सुन र पैसा हराएको त्यसबेला उनको घरमा श्रीमान्,साँहिली र कान्छी बुहारी थिए ।
उनीहरुसंगै बुबाआमा सानैमा निधान भएर पाँच वर्षमा टुहुरो बनेका स्थानीय २१ वर्षीय युवक प्रकाश सावा भनिने (रक्की लिम्बु) पनि साथमै थिए । लिम्बुलाई छोरो सहर पालेर राखेका परिवारले कहिल्यै कुनै कुरामा शंका नगरेको बताए ।
यसको फाइदा उठाउँदै डल्लीमाया घरमा नभएको मौका पारेर उनले राखेको सुन र पैसा चोरी गरेको ७४ वर्षीया पीडित थेगिमले सुनाइन् ।
त्यसपछि उनै २१ वर्षीय युवकलाई शंका गरेर आमचोक प्रहरी चौकीमा माघ १७ गते उजुरी दिइन् । उनलाई पक्राउ गरे पश्चात् थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलाममा पठाइयो ।
प्रहरी कार्यालयमा पुगेपछि माघ १८ गते चोरी गर्ने व्यक्तिले लगेको एक लाख पैसाबाट मोवाइल किनेको र काठमाण्डौ घुमेर सकिएको बताउँदै साथमा कुच्याएर बोकेको तीन तोला सुन फिर्ता गरेपछि आपसी समझदारीमा मेलमिलाप भयो ।
सानैदेखि परिवारको सदस्य मानेर राखेको व्यक्तिले फटाई गरेता पनि आगामी दिनमा सुध्रियोस् भनेर एक पटक मौका दिएर सजाय र पैसा छुट गरेको परिवारले जानकारी दिए । डल्लीमाया भन्छिन्, ‘आज भोली कसैको विश्वास गर्ने दिन रहेनछ । आँफैले पालेको सर्पले, आँफैलाई डस्छ भन्थे हो रैछ ।’
उनीहरुको साथमा पाँच वर्षदेखि आफ्नै घरमा पालेर हुर्काएका प्रकाशले त यसरी धोका दिन्छन् भने झन् अरुबाट बढी खतरा हुने बताउँदै सबैलाई सचेत बन्न १ नम्बर वडाका पूर्व वडाध्यक्ष टेकबीर लिम्बुले आग्रह गरेका छन् । आफ्नो थैलीको सुर्को, आँफै दह्रो बाध्नु अरुलाई चोर नलगाउँनु भन्ने बुढापाकाको भनाईलाई बिर्सन नहुने उनले बताए । उनी छुटकारा पाएसंगै घर छोडेर अन्यत्रै बस्ने गरेको पीडित परिवारको भनाइ छ ।
प्रहरी कार्यालयमा मेलमिलाप गरेपछि फिर्ता गरिएको तीन तोला सुन १ नम्बर कार्यालयको रोहबरमा आइतबार पीडित परिवारलाई घरैमा पुगरे हस्तान्तरण गरिएको वडाध्यक्ष कर्णबहादुर लिम्बुले जानकारी दिए ।