आज फागुन १८ गते नेपाली क्रिकेटका लागि विशेष दिन बन्ने सम्भावना रहेको छ । यतिबेला नेपालको राष्ट्रिय क्रिकेट टीम तथा यू–१९ को टीम दुई भिन्न सीरीजका लागि यूएईमा छन् । संयोग कस्तो परेको छ भने नेपालका दुबै टीमले आज यूएईकै दुई टीमसंग प्रतिस्पर्धा गर्दैछन् ।
आज नेपालको राष्ट्रिय टोलीले दुबई अन्तर्राष्ट्रिय रंगशालामा यूएईको राष्ट्रिय टीमसंग खेल्ने छ भने यू–१९ को टोलीले अजमानमा यूएईको यू–१९ संग खेल्दैछ ।
आईसीसी यू–१९ एसिया विश्वकप छनोट अन्तर्गत नेपालको यू–१९ टीमले आजको खेलमा यूएईलाई पराजित गरेको खण्डा आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपका लागि स्वतः छनोट हुने छ । त्यसकारण पनि आजको यो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।
नेपाली टीमका कप्तान देव खनालले आजको खेलमा आफ्ना टीमले विश्वकपमा स्थान बनाउने गरी मेहनत गर्ने प्रतिक्रिया दिएका छन् ।
अर्कोतिर, आज नेपालको राष्ट्रिय टीमले दुबईमा यूएईसँग प्रतिस्पर्धा गर्दै लगातार जीत निकाल्ने तयारी गरेको छ । विश्वकप लिग २ मा लगातार पाँच वटा खेल जितेपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।
नेपालको २९ खेलमा २८ अंकसाथ छैटौं तथा यूएईको २९ खेलमा २९ अंकसहित पाँचौं स्थानमा छन् । लिग २ मा प्रतिस्पर्धी ७ टोलीमध्ये शीर्ष ३ टोली जुलाईमा हुने विश्वकप छनोटमा पुग्ने छन् भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छन् ।
नेपालले अब खेल्न बाँकी रहेको सात वटा खेलमध्ये ४ वटा खेल जितेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहने छ भने छ खेल जितेमा उत्कृष्ट तीन राष्ट्र बन्दै विश्वकप छनोटमा पुग्न सक्ने छ ।
आजको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछानेले बलिङको मोर्चा सम्हाल्ने निश्चित भएपछि नेपाली टीमको हौसला थप बढेको छ ।





यता सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ बर्षीय विश्वराज राई र धरान १३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन ।

संस्थाले वार्षिक साधारण सभाकै अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा मायादेवी गौतम, हिमादेवी बानिया, सोमनाथ लुईटेल र मोहनमाया राईलाई सम्मान गरेका थियो। त्यस्तै उत्कृष्ट व्यवसायीका रुपमा टिकाराम रिजाल र हेमकुमारी नेपाललाई पनि सम्मान गरेको थियो। यता उत्कृष्ट कर्मचारीका रुपमा ममता अधिकारी पनि कार्यक्रममा सम्मानित भएकी थिइन्।

उक्त कार्यक्रममा सह-आयोजकका रूपमा श्री जनता माध्यमिक बिद्यालय पूर्व विधार्थी समाज, नेपाल रेडक्रस सोसाइटी इटहरी उप-शाखा,रोटरी क्लब अफ इटहरी युगल तथा अन्य संघ संस्था, युवा क्लबहरुको सहयोग समेत रहेकोे जनकारी रक्तदान कार्यक्रमका संयोजक होमराज थपलियाले दिनु भएको छ ।
रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गरेको थियो ।






त्यस्तै बृहत रक्तदान सङ्गै श्री जनता मा वि ले सोही दिन अन्य कार्यक्रम- प्रथम जनता ओलम्पिक्स २०७९ को समापन , नवनिर्मित भवनको उद्घाटन तथा बिध्यालयलाई उत्कृष्ट योगदान गरेका ब्याक्तित्वहरुलाई सम्मान समरोह समेत राहेकाे विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाबाट जानकरी पाइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश कुमार भुजेल, शिक्षा युवा तथा खेलकुद शाखा बुद्धशान्तिका प्रमुख कमल निरौला, बुद्धशान्ति गाउँपालिका १ का वडाध्यक्ष अनिल वाग्ले, बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, शिक्षक अभिभावक संघका अध्यक्ष हेमप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्र प्रसाद अधिकारी, कल्पना प्रसाई, वडा नं. १ का वडासदस्य लक्ष्मी कडेँल, विद्यालयका सल्लाहकार संयोजक केदार प्रसाद कोइराला, भगवती न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिका अध्यक्ष धरणी पोख्रेल, श्री त्रिभुवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना पवन, खगेन्द्र आचार्य, नेत्र रिजाल, विरेन्द्र कुमार घतानी, समाज सेबि चन्द्र कोइराला मनेस दहाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा केही समय अघि विद्यालयले अन्य विभिन्न विद्यालयमा गई गरेको भ्रमण प्रतिवेदन राजु पौडेलले गरेका थिए ।
कार्यक्रममा युवा समाजसेवी मदन प्रसाईले कक्षा ११/१२ मा विज्ञान अध्ययनरत् विद्यार्थीहरुलाई विद्यालय शुल्कवापत बर्खा स्मृति प्रतिष्ठानबाट रु ६० हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।


