October 23, 2025

आइतबार दिउँसो गाउँमा चितुवामा पसेर आक्रमण गर्दा  बर्दियाको गुलरिया नगरपालिका ११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा आठजना घाइते भएका छन् ।

बढैयाताल गाउँपालिका ९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीय बासिन्दाले लखेटेका थिए ।

त्यस्तै चितुवाले गुलरिया ११ फरमान हजामलाई उनको घरमा पसेर आक्रमण गरेको छ ।

चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए । चितुवाले प्रहरी सहायक हवल्दार गमनसिंह सुनार र कर्मचारीसहित आठ जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

घाइतेहरुको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चितुवालाई भने नियन्त्रणमा लिन सकिएको छैन । त्यहाँ अहिले प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

नेपाल सुपर लिग एनएसएल रोकेर नै दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आयोजना गर्न लागे पनि मैदानलाई कम असर पर्ने गरि कार्यक्रम स्थल तयार गरिएको छ ।

त्रिपुरेश्वरमा रहेको रंगशालाको मुख्य मैदान क्षेत्रलाई बार लगाई मैदानको उत्तरी भागमा स्टेज बनाइएको छ ।

एनएसएल आयोजकले खेल भइरहेको मैदानलाई कम असर पर्ने गरि कार्यक्रम हुन लागेकाले कार्यक्रम पश्चात मैदानलाई खासै असर नपर्ने बताएको छ ।

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको हो ।

 

दुर्गटनामा परी तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् । त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।

भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ।

सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो।

यसअघि गत वर्षको पुसमा पनि सो क्षेत्रमा बन्द गरेर भत्ता काट्ने काम गरिएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगा (पाडा)को मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् ।

राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति (स्मारक) राखेको थियो ।

नाम हनुमान चोक तर मूर्ति राँगाको राखेपछि केहि महिना अगाडी हिन्दूवादी यूवाहरुले विरोध प्रदर्शन गरेका थिए । राँगाको मूर्ति हटाएर हनुमान जीको मुर्ति स्थापना गर्न उनीहरु मेयर राजेशमान सिंहको ध्यानाकर्षण समेत गराएको थियो ।

मेयर सिंहले राँगाको मूर्ती नहटापछि आज दिउँसो केहि युवाको समूहले भत्काएको बताइएको छ ।

बन्दकर्ताले शनिबार दिउँसौ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका हुँन ।

 

बन्दकर्ताले आगो लगाउदा पिकअप जलेर काम नदिने भएको छ । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयले जनाएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन ।

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। अहिले चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ।

रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा २०४ घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्। ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ मौसमले साथ दिएको खण्डमा २ पटकसम्म चिउरीको मह काढ्ने उनले बताए।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘२०५६ सालदेखि मौरी पाल्दै आएको हुँ। प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ,’ थापाले भने।

उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ। मौसम अनुकूल भएमा १ वर्षमा ४ पटकसम्म मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्। 

जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको केरखाबाट आज दिउँसो पक्राउ गरेको हो ।

पहिचानवादी समूह’ ले आह्वान गरेको बन्दमा लावती संलग्न रहेको र पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ । आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।

मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।
मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् ।

नगरको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ ।

यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए । गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरूले पनि सगोलमा रहेको १३ रोपनी पुर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राई बताउँछन् ।