June 20, 2025

झापा र इलामको सङ्गम स्थलमा रहेको ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्ति र रोङ गाउँपालिकाकै गहनाको रूपमा पनि चिनिएको ठुटेवरको विकास विस्तार र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिक स्तर उकास्न मंसिर ५ गते देखि ११ गते सम्म मेला संचालन गरिएको ठुटेवर संरक्षण समितिक अध्यक्ष खड्ग पन्धाक सुब्वाले बताउनु भयो ।

झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले उद्घाटन गर्नुभएको मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरूको वेजोड प्रस्तुतिहरू भईरहेको अायोजक समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।

अन्य ठाउँहरूको मेला साँझको समयमा मात्र लाग्ने भएपनि ऐेतिहासिक ठुटेबर मेला दिउँसो पनि मज्जाले लागेको बताउँदै भोगोलिक अवस्थामा केही असहजता भएतापनि शान्ति सुरक्क्षामा बुधबारे इलाका प्रहरी कार्यलय साथै ससस्त्र टिमाई वेस क्याम बाट अवरात्त्र खटेर सेवा दिदै अाएको समितिका सदस्य गणेश अाचार्य बताउनु हुन्छ ।

मेलामा महिला समूहको नौमती बाजा, च्याब्रुङ नाच म्यारथुन दौड लगायत विभिन्न विद्यालयका नित्य प्रतियोगिता खेलकुद सास्कृतिक झाँकी लठ्ठा तानि हाडि फुटाउने बलपास विमान अपरहरण जस्ता विभिन्न कार्यक्रमहरू समेत भईरहेको समितिका निवर्तमान सहसचिब साथै सहयोगिको रूपमा कार्यक्रम सन्चालन गर्दै अाउनु भएका पुष्कर पौडेले जानकारि दिनु भयो

माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा शक्ति प्रदर्शन गर्ने

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानले बिहीबार काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छन् । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

 

राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा विरोध र्‍याली र प्रदर्शन गर्ने तयारी गरेको छ । संघले अनेरास्ववियुसहित एमालेसम्बद्ध जनवर्गीय संगठनहरूको सहयोगमा भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनको प्रचारका सिलसिलामा युवा संघ र अनेरास्ववियुले बुधबार काठमाडौं, भक्तपुर र ललितपुरको एक दर्जनभन्दा बढी स्थानमा साँझ मसाल जुलुस प्रदर्शन गर्दै सहभागिताका लागि अपिल गरेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि संघको अगुवाइमा बालकुमारी क्षेत्र, जडीबुटी क्षेत्र, बानेश्वर क्षेत्र र एयरपोर्ट क्षेत्रबाट छुट्टाछुट्टै र्‍याली निकाली केहीबेर तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन हुने संघका प्रवक्ता निरोज पौडेलले बताए । त्यसलगत्तै तीनकुनेस्थित चौरमा विरोधसभा आयोजना गरिने पनि उनले जानकारी दिए ।

सभालाई एक एमाले शीर्ष नेतासहित स्थायी समिति सदस्य भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत, अहिलेका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल र अहिलेका अध्यक्ष समिक बडाल तथा एकजना महिला प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा–विद्यार्थीले कम्तीमा ३ हजार स्वयंसेवक परिचालन गर्दै छन् । दुवै संगठनले काठमाडौं उपत्यकासहित बागमती क्षेत्रबाटसमेत पार्टीसम्बद्ध कमिटीका नेता–कार्यकर्तालाई पनि परिचालन गरेका छन् । 

प्रसाईंको संयोजकत्वमा ‘नेपालीहरूको मुक्तिको दिन’ नारासहित आज काठमाडौंकेन्द्रित प्रदर्शन हुन लागेको हो । ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सहभागी हुन देशभरबाट नागरिकको सहभागिता हुने दाबी गरिएको छ । 

प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका मुद्दासहित अभियान सुरु गरेको बताएका छन् । ‘अहिलेको व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो प्रदर्शन जारी रहन्छ,’ नयाँ पत्रिकासँग प्रसाईंले भने, ‘बिहीबार काठमाडौंमा उद्घाटन मात्रै हो । यहाँबाट घन्टी मात्रै बजाउने हो, त्यसपछि देशैभर यो प्रदर्शन जारी रहन्छ । सरकारको रबैया हेरेर थप कदम चालिनेछ ।

प्रदर्शनका लागि देशभरबाट कम्तीमा पाँच लाख नागरिकको उपस्थिति हुने अनुमान गरिएको प्रसाईंले दाबी गरे । विभिन्न स्थानबाट समूह बनाएर बल्खु आइपुग्ने कार्यक्रम रहेको र देशका स्वतन्त्र व्यक्तिले सम्बोधन गर्ने प्रसाईंले दाबी गरे । अभियानका लागि राष्ट्रप्रेमी राजनीतिक दल, धार्मिक संघसंस्था, विभिन्न गुरुकुल, आश्रमहरू, विभिन्न धर्मका धर्म गुरूहरू, कर्मचारी संघ संगठनहरू, पूर्वसुरक्षाकर्मी संघसंगठनहरू, पेसागत संघसंगठनहरूलगायत ४६ वटा संघ संस्थाले समर्थन र ऐक्यबद्धता जनाएको प्रसाईंले दाबी गरे । 

अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ ।

 

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

“काठमाडौं आसपासमा भूकम्प गएको छ । तर, कहाँ हो र कति म्याग्निच्युटको हो भनेर मापन गर्न बाँकी छ । काठमाडौं आसपास केन्द्र भएकाले काठमाडौं र आसपासका धेरैले महसुस गर्नु भएको छ,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारि दिएको छ भने थप विबरण आउन  बाकि ?

झापाको बुद्धशान्ति- गाउँपालिका वडा नं ६ रहेको ऐतिहासिक ठुटेबर मेलाको आज उत्घाटन गरिएको छ ।

प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले मेलाको ब्यानर पडेर र ठुटेबरमा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

समितीका अध्यक्ष खड्ग पंधाक सुब्बाको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रमा विश्व प्रकाश शर्माको प्रमुख अातिथ्यता रहेको थियो । बुद्धशान्ति ६ का वडाध्यक्ष शिबराज पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, बुद्धशान्ति गाउपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, रोङ गाउँपालिका उपाध्यक्ष विष्णु माया खवास, बुद्धशान्ति गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोख्रेल लगायतको विषिष्ठ अातिथ्यता रहेको थियोकार्यक्रममा बोल्दै रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले दुई पालिका मिलेर पर्यटनको बिकास र संरक्षणको लागि विभिन्न कार्यक्रम गर्नलाई समन्वय गरिरहेको बताउनु भयो ।

यता बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईले ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्तिकै गौरवको बिषय भएको भन्दै बिकास र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिकस्तर उकास्न कम्मर कसेर लागेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले धर्म संस्कृति र संस्कारको उद्गम स्थल शान्तिनगर भएका कारण पनि यश ठुटेबर मेलाले बिशेष योगदान दिएको र मेलाले सब्य समाज निर्माणमा मुख्य भुमिका निर्बाह गरिरहेको उद्घोस गर्नुभयो ।

साथै मेला उद्घाटनको अवसरमा विभिन्न महिला समूह हरुले नौमती बाजा, च्याब्रुङ नाच लगायत विभिन्न सास्कृतिक झाकिहरु प्रस्तुत गरिएको थियो । यता म्याराथुन दौड प्रतियोगिता पनि सम्पन्न भएको छ ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडाध्यक्ष कार्यपालिका सदस्य साथै ईलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख, सशस्त्र बेस क्याम टिमाई प्रमुख लगायतको उपस्थितिमा उत्घाटन गरिएको कार्यक्रमको सन्चालन अायोजम समितिका सोमनाथ पौडेल र निलमणि न्यौपानेले गर्नुभएको थियो ।

 

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलको यश वर्षको समापन खेलमा बम्पर हाउसफुलको रुपमा Pulsar Ns-160 Bs6 Dual Channel बाइक पवन कोइराला निर्देशन कोइरालाले साथै स्मिता मगर सहित ३ जनाले जितेका छन, ।

दशैँको घटस्थापना देखि तिहार पछिको छठ पर्वको दिनसम्म खेलाउदै अाएको हाउजि बिङ्गोको समापन खेलमा विजेता बन्दै ३ जनाले सम्युक्त रूपमा मिलेर Ns – 160 pulsar मोटरसाईकल लगेका हुन ।

समापन खेलमा अन्य विभिन्न बिधामा आकर्षक नगद पुरस्कार समेत वितरण गरिएको आर्दश युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताउनु भयो ।

बेलुका ७:०० बजे बाट सन्चालन भएको समापन फाइनल खेलको टिकट दर रू, १००० राखिएको थियो । भने खेलको सन्चालन बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेलले गर्नुभएको थियो ।

बुद्धशान्ति-३ स्थित बुधबारेको (बालुवाटार) चोक खेलाईएको हाउजी बिङ्गो खेलमा १२ सय जनाले सहभागी भएर खेलेको खेलको प्रोजेक्टर मार्फत  प्राविधिक सहयोगको रूपमा नारायण अर्यालले सहयोग गर्नुभएको बताउदै,विगत केही वर्ष देखि सामाजिक कार्यका लागि यो खेल खेलाउदै आएको क्लबका कोषाध्यक्ष बालकुमार राईले बताउनु भयो ।

हाउजि बिङ्गो खेलको समापन कार्यक्रममा विगत लामो समय अघिबाट बुद्धशान्ति गाउँपालिकामा हाउजि बिङ्गो खेलको सुरूवात गर्नुहुने राजु न्यौपाने लाई आर्दश युवा क्लब द्वारा सम्मान समेत गरिएको क्लबका उपाध्यक्ष करण शेर्पाले जानकारी दिनु भयो ।

यश खेलमा उपस्थित भई खेलमा सहभागी हुनुहुने बुद्धशान्ति बासी छिमेकी पालिका साथै जिल्ला बाहिर बाट समेत यश खेलमा आअाफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण खेलप्रेमि महानुभाव हरूलाई धन्यबाद दिदै आर्दश युवा क्लबका सचिव दुर्योधन (देव) सिंहले सबैको साथ सहयोग र हौसलाले गर्दानै आर्दश युवा क्लबले यश खेलबाट निस्कीएको रकमले विभिन्न सामाजिक कार्यहरू गर्दै क्लबको आफ्नै भवन समेत निर्माण गरिसकेको बताउनु भयो ।

इलामको रोङ गाउँपालिकास्थित किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरीको टोली त्यहाँ पुगेको छ ।

पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलबाट ३६ जनाको उद्धार भइसकेको छ । उनिहरूलाई उपचारको लागि विर्तामोड पठाई सकिएको बताईएको छ भने जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन् ।

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलको भोलिहुने फाइनल खेलमा बम्पर हाउसफुलको रुपमा Pulsar Ns-160 Bs6 Dual Channel बाइक राखिएको छ।

दशैँको घटस्थापना देखि तिहार पछिको छठ पर्वको दिनसम्म खेलाइने हाउजि बिङ्गोको भोलि हुने फाईनल खेलमा अन्य विभिन्न बिधामा आकर्षक नगद पुरस्कार समेत रहेको आर्दश युवा क्लबका उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताउनु भयो

भोलि बेलुका ७:०० बजे बाट सन्चालन हुने फाइनल खेलको टिकट भोलि दिउँसो ११:०० बजे देखि हाउजी खेल संचालन भईरहेको स्थान बुद्धशान्ति-३ स्थित बुधबारेको (बालुवाटार) चोक टिकट काउन्टरबाट बिक्री वितरण गरिने क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनु भयो ।

भोलि हुने फाईनलमा बुद्धशान्तिका सम्पुर्ण खेलप्रेमी महानुभाव स्थानीय वासी छिमेकी पालिका तथा अन्य जिल्लाका सम्पुर्ण हाउजी खेल प्रेमी महानुभावहरुलाइ सदा झै यस वर्ष पनि हाउजीको फाइनल खेलमा उपस्थित भइ हाउजी खेलको शोभा बढाइदिनहुन क्लबका सचिव दुर्योधन (देव) सिंहले सबैमा अनुरोध समेत गर्नु भएको छ ।

विगत केही वर्ष देखि सामाजिक कार्यका लागि खेलाउदै आएको हाउजि बिङ्गो खेल चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभई सम्पुर्ण खेलप्रेमि महानुभाव हरूको साथ सहयोग र हौसलाको साथ आर्दश युवा क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको क्लबका निवर्तमान अध्यक्ष मनेस दाहाल बताउनु हुन्छ ,।

 

झापाको बुद्धशान्ति स्थित हँडिया खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ ।

छठ पूजा व्यवस्थापन गर्दै पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो वनाएर एकसाइट बनाई बाँसको अस्थायी स्टल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको छठ पुजा सेवा समिती बुद्धशान्ति अध्यक्ष व्यास प्रसाद शाहले जानकारी दिनु भयो ।

त्यस्तै, करिब ३५० जना क्षमताको स्टल निर्माणको काम पनि पूरा भएको बताईएको छ ।

बुधबारेको हडिया खोलामा हुने छठ पूजामा ५००० भन्दा बढी श्रदालु भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।

छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग हुँदै गरेको बताईएको छ ।

पूजा अवधिमा सुरक्षा व्यवस्थापनका बुधबारे इलाका प्रहरी कार्यलयलाई समेत पत्रचार गरिएको समितिका सचिब तार्केश्वर गुप्तले बताउनु भयो

त्यस्तै, पूजाका लागि बुद्धशान्ति गाउँपालिका साथै वडा १ र वडा नं ३ को वडाकार्यलयको पनि सहयोग रहेको समितिका अध्यक्ष ब्यास प्रसाद शाहले बताउनु भयो ।

झापाको बुद्धशान्ति-६ स्थित ठुटेबर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ ।

आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि भएको बताउनु भयो ।

परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो
यश भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उहाँको भनाई छ ।

कुनैबेला पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय पर्यटकहरुको कमी हुन थालेपछि पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको  सल्लाकार समिति सदस्य दिपक गौतमले बताउनु भयो

इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको स्थानिय शिक्षा सेवी केशव भट्टराइले बताउनु भयो ।

ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको आयोजक समितिका सदस्य निलमणि न्यौपानेले बताउनु भयो
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको दिननाथ काफ्लेले बताउनु भयो ।

ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।

त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो

सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीहरूको स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकार साथै साहित्यकार गजलकार हरूको समेत प्रस्तुति रहने आयोजकले समितिले जानकारि दिनु भयो ।

मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने मेला सम्पन्न सम्पन्न गर्न ३ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिव कुष्ण अाचार्यले बताउनु भयो ।