October 23, 2025

झापाको बुद्घशान्ति गाउँपालिका वडा नं १ स्थित कर्णाली एजुकेसन फाउन्डेसनको छब्बिसौं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले आफ्नो  स्थापना दिवस मनाएको छ ।

शनिबार विद्यालयको प्राङ्गणमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटक लगायत विभिन्न आफ्नो कला  प्रस्तुत गरेका  थिए । कार्यक्रममा शिक्षक, कर्मचारीलगायतले समेत आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका प्रबन्ध निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, झापाका संयोजक राजकुमार बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा शिक्षक तारानिधि खतिवडा, कर्मचारी उमेश भट्टराईलाई सम्मान गरिएको थियो । त्यसै गरी एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने अनुशा लावतीलाई ‘कर्णाली शैक्षिक पुरस्कार’ र नवीन विमली र जुनु विमलीद्वारा स्थापित ‘जयदिव्य शैक्षिक पुरस्कार’ वितरण गरिएको थियो ।

कार्यक्रममा झापा प्याब्सनका अध्यक्ष गौरीमान फागो,  बुद्धशान्ति गाउँ पालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडा तथा पालिका शिक्षा शाखा प्रमुख कमल निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्याब्सन, पालिका प्याब्सनका प्रतिनिधिको समेत  उपस्थिति रहेको थियो ।

त्यसै गरी स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक, शिक्षक, स्थानीय शिक्षा तथा समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार बिकले भन्नू भयो , ‘विद्यालय शिक्षामा नानीहरूले व्यावहारिक शिक्षा पनि सिक्नुपर्छ ।’ ‘कार्यक्रम हेरेपछि कर्णालीमा मैले त्यो पाए“ ।’ उनले वर्तमानमा बालबालिकाहरू अन्य कुराले प्रभावित हुँदै गएकाले शिक्षाप्रति आकर्षण गर्नु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गौरीमान फागोले भने, ‘कर्णाली एजुकेसन फाउन्डेसन जिल्लाकै एक अब्बल विद्यालय हो । मैले यस विद्यालयलाई विगत चौध वर्षदेखि अवलोकन गरिरहेको छु ।’ कर्णालीले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा समेत जिल्लामै आफूलाई स्थापित गरेको बताउनु भयो ।
विशिष्ट अतिथिकै रूपमा रहेका पालिका उपाध्यक्ष भवानी खतिवडाले सामुदायिक र संस्थागत दुवै विद्यालय एकसाथ अघि बढ्नुपर्ने बताए । यसका लागि पालिकाले विज्ञ टोली समेत गठन गरिसकेको र निकट भविष्यमा नै टोलीले सबै विद्यालय अनुगमन गरी परामर्श तयार गर्ने बताए । पूर्व प्राचार्य गङ्गाराम गड्तौलाले  कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

सृजनशिल युवा समाज  बुद्धशान्ति -४ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरि देउसी भैलो कार्यक्रमको आयव्याय प्रस्तुत गर्दै देउसी भैलो कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई सम्मान गरेको छ ।

सृजनशिल युवा समाजका सदस्य सुर्य कुमार तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल पराजुलिको सभापतित्व, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, बुद्धशान्ति वडा नं ४ कार्यपालिका सदस्य दुर्गा देवी ढुङ्गेल, वडा सदस्य शशिकला विश्वकर्मा ,समिति सम्पुर्ण सदस्य सरोकारवालाहरू सन्चारकर्मी लगायतको बाक्लो उपस्थीति रहेको थियो ।

सामाजिक कार्यको उद्देश्य राखेर २०८० सालको तिहारमा देउसी भैलो खेलेर सृजनशिल युवा समाजले १ लाख १५ हजार  ८ सय ६२ रूपयँ बराबर रकम सकंलन गरेको छ ।

देउसी भैलो कार्यक्रमका समितिका सचिव पारस लिम्बुले १ लाख ७५ हजार ८ सय ६२ रूपयाँ भन्दा बढि रकम सकंलन भएको जानकारी दिदै ९४ हजार  ३ सय ५० रूपयाँ खर्च भएको साथै संस्थामा ८१ हजार ५ सय १२ रूपयाँ बचत भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल पराजुलिले औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा देउसी भैलो कार्यक्रममा सहभागी सम्पुर्ण लाई अबिर, खाँदा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

साथै संस्थालाई स्थापना देखिनै अहिले सम्म निरन्तर रूपमा सहयोग पुर्याउनु हुने पुर्व अध्यक्ष ,उपाध्यक्ष ,सचिव, सदस्य,सहयोगी गरि ५ जनालाई समेत सम्मान गरेको छ , सम्मानित हुनेहरूमा शुङराज कार्की , विकास गुरूङ नवराज खतिवडा टेकेन्द्र भट्टराई कृष्ण कुमारि श्रेष्ठलाई खाँदा अविर साथै सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष नारायण कुमार रेग्मीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको  कार्यक्रममा आफ्ना भनाई राख्दै  कार्यक्रमका प्रमुख अतिथि मनोज प्रसाईले  देउसी भैलो खेलेर संस्थाको आर्थिक स्रोत खडा गर्ने कार्य राम्रो भएको भन्दै  संस्थाले सम्पुर्ण प्रकृया पुर्याएर आएमा पालिकाको तर्फबाट  संस्थालाई सहयोग गर्ने  प्रतिबद्धता जनाउनु भयो ।

सम्मान कार्यक्रमा समापन गर्दै संस्थाका अध्यक्ष  पराजुलिले देउसी भैलो कार्यक्रमा तथा  संस्थालाई सहयाेग गर्नुहुने सम्पूर्ण महानुभाव, कलाकार, समाजसेवी, सहयोगी सम्पूर्णमा धन्यवाद दिदै उहाँले भन्नुभयो, विगतका दिनहरूमा पनि संस्थाले देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई अार्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोग ,संस्थाहरूमा सरसफाई जिल्ला स्तरिय फुटबल खेलाउने पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र  देउसी भैलोमा साथ दिने सबै समिति सहभागी भाईबहिनि अभिभावक बिभिन्न सघँ सस्थाँका पदाधिकारी लगायत सबै सरोकारवाललाई धन्यवाद दिदै उठेको रकम विभीन्न सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाउनु भयो ।


इलामबाट शैक्षिक भ्रमणमा धनकुटा हिंडेको बस भेडेटादेखि केही तल दुर्घटनामा परेको छ । केही विद्यार्थी घाइते भएका छन् । थप विवरण आउन बाँकी …..
श्रोत : शिक्षा

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक जना वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरी निरीक्षक गिरीले बताए ।उनको शव स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति । झापाली रेफ्रीका रूपमा चिनिएका लोकराज ढुङ्गानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए ।

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्रीको कोर्स पूरा गरेका थिए ।

झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्ववरिष्ठ उपाध्यक्ष तथा हाल कोशी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए ।

झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा   विर्तामोड छिमेकी युवा क्लबलाई ५/४ गोल अन्तरले हराउदै जागृति युवा क्लब आयोजक फाईनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज  भएको  खेलमा  जागृति युवा क्लब तर्फबाट स्याम मुर्मुले पहिलो हाफमा १ गोल गरेका थिए भने छिमेकी फुटबल क्लब विर्तामोडको तर्फबाट राजेस दाहाले दोस्रो हाफमा १ गोल फर्काउँदै खेललाई बराबरी बनाएका थिए ।

खेलको निर्धारीत समयमा दुबै टिमको खेलबराबरी भएपछि ट्राईबेकरको आधारमा ५ / ४ गोलको अन्तरले आयोजक टिम फाइनलमा प्रबेस गरेको हो ।

आजको खेलमा आयोजका  टिमका गोल किपर उपेन ल्वागुन म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका थिए ।

मंसिर १० गते वाट सन्चालन भएको प्रतियोगिताको फाईनल मंसिर १७ गते हुने छ भने फाइनलमा आयोजक र वहुवन एफसी बिच हुने बताईएको छ ।

खेलमा  प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन भने  उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिनु भयो ।

 

इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्। घरमा उनले दुबईमा राम्रो कमाइ नभएको खबर पनि नगरेका होइनन्। र, रुसी सैनिकमा भर्ना हुने योजना पनि सुनाएका हुन्।

तर, परिवारले उनलाई रुसमा ‘जोखिम’ मोल्न जान सल्लाह दिएन। पटक्कै मानेन। गंगारामले परिवारलाई ‘कन्भिन्स’ गर्न खोजे– ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु।’

गंगारामले दुबईमै रहँदा अझ राम्रो कमाइ हुने सोचेर माल्टा जाने प्रयास पनि गरे। तर, यसमा लगानी गरेको छ लाख रुपैयाँ त्यसै डुब्यो। फेरि त्यति नै रकम खर्चेर उनले युक्रेनसँग युद्धरत रुसको सैनिक बनेर जाने निधो गरे।

त्यही अठोटअनुसार गंगाराम करिब दुई महिनाअघिमात्र रुसी सेनामा भर्ना भए। भर्नापछि उनले आफ्ना तस्बिर र सैनिक तालिमको भिडियो क्लिप्ससमेत इमोमार्फत् घर पठाएका थिए।

गंगारामले दुबईमै रहँदा अझ राम्रो कमाइ हुने सोचेर माल्टा जाने प्रयास पनि गरे। तर, यसमा लगानी गरेको छ लाख रुपैयाँ त्यसै डुब्यो। फेरि त्यति नै रकम खर्चेर उनले युक्रेनसँग युद्धरत रुसको सैनिक बनेर जाने निधो गरे।

‘त्यहाँ मासिक एक लाख ९५ हजार रुबल हुन्छ भन्नुभएको थियो तर तलब लिनुभएको थिएन,’ याङ्गिलाले भनिन्, ‘घर–परिवारका सबैको जन्म दर्ता, नागरिकतालगायत कागजसमेत लानुभएको थियो। ती कागज दुईमा हुँदाको उहाँकै कोही नेपाली साथीसँग छ भन्ने सुनेकी छु तर चिनेकी छैन ।’

गंगारामले करिब दुई हजार नेपाली युवा आफूजस्तै रुसी सेनामा जाँदै गरेको पनि आफ्नो परिवारलाई सुनाएका थिए । तर, याङ्किलाले उनीहरू कसैलाई चिनेकी छैनन् । भन्छिन्, ‘ती महत्त्वपूर्ण कागजात जोसँग छ, उहाँ पनि सम्पर्कमा आउनुहुन्छ भन्ने विश्वास छ।’

तिनै गंगाराम युक्रेनसँगको युद्धमा मारिए। मोक्तानको १५ नोभेम्बर २०२३ मा मृत्यु भएको खबर दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गर्‍यो। दूतावासले रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको जनाएको छ।

७० वर्षे कृष्णबहादुर मोक्तान र ६२ बर्सिया सन्तमायाका तीन छोरामध्ये गंगाराम कान्छा हुन्। जेठा छोरा आठ वर्ष उमेरमै परलोक भए। माहिला पनि वैदेशिक रोजगारीका लागि पाँच वर्षयता कोरियामा छन्।

याङ्गिलाले पति गंगारामको शव घर ल्याउने पहलका लागि सबैसँग आग्रह गरेकी छिन्। कृष्णबहादुरले सास नभएपनि छोराको मुख हेर्ने धोको आफूसँग रहेको सुनाए। वडा ९ का वडाध्यक्ष गोपाल चौहानले गंगारामको शव घर ल्याउन वडाले सकेसम्म पहल गरिरहेको बताए। ‘गंगारामको शव ल्याउन हामी सबै हिसाबले प्रयत्नरत छौँ,’ उनले भने, ‘स्थानीय सरकारले गर्न सक्ने जति प्रयास गरिरहेका छौँ।’

इलाम बजारमा खेलाईएको हाउजी खेलमा ४८ लाख बढिको कारोबार भएको बताईएको छ । गत असोज २८ देखि मंसिर ८ सम्म सदरमुकाममा खेलाइएको उक्त खेलमा भएको कारोबारको विवरण मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गरि आयोजकले सार्बजनिक गरेको हो । ४१ दिन खेलाइएको हाउसी बिंगोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको आयोजकले सार्बजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

यस्तै पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको बताईएको छ भने २० लाख १० हजार एक सय ५५ रुपैयाँमध्ये पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेलका लागि खर्च भएको जनाईएको छ । बाकी १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । तर यता इलामका नागरिकले भने यस पटको हाउजी खेलमा हिसाबकिताब पारदर्शी नभएको भन्दै सामाजिक संजाल मार्फत आवाज उठाईरहेका छन ।

झापा। पूर्वी नेपालका झापाका केही पालिकाहरूलाई सुपारी जोन भनेर घोषणा गरिएको छ । झापाका बुद्धशान्ति, अर्जुनधारा तथा मेचीनगरका अधिकांश किसान सुपारी खेतीमा आश्रित छन् । यी पालिकाका किसानले नगदेबालीका रुपमा सुपारी खेतीलाई प्राथमिकता दिएका छन् । सुपारी पाक्न पाएको हुँदैन, बोटमा फलेको सुपारीका दाना हेरेर व्यापारीले दाम गर्छन् र अग्रिम भुक्तानी पनि दिन्छन् ।

त्यस्ता व्यापारी तथा सहकारीले खरिद गरेर राखेका सुपारी विगत एक बर्षदेखि सञ्चित छ । नेपालका विभिन्न उद्योगमा खपत भएर पनि धेरै मात्राको सुपारी सञ्चित रहेको सुपारीकेन्द्रित सहकारी तथा व्यापारीहरूको भनाइ छ । उनीहरू सञ्चित सुपारी भारत निर्यात गर्न चाहन्छन् । तर विगत एक बर्षदेखि सुपारी भारत निर्यात गर्न नपाएको अवस्था छ ।

तर नेपालमा उत्पादित सुपारी मात्र भारत निर्यात नभएर विदेशबाट आयातित सुपारी पनि नेपालका सुपारीसँग मिसावट गरेर भारत पुर्‍याइने गरिएको विगतका घटनाले देखाउँछ । तेस्रा देशहरूबाट आयात गरिएका सुपारी पुनः अर्को देश निकासी गर्न कानुनले दिँदैन । निकासी घरी खुल्ने घरी बन्द हुने परिपाटीले नेपालमा उत्पादित सुपारी पनि भारत निर्यात हुन नपाएको व्यापारीहरूको गुनासो छ ।

यही मेसोमा अहिले भारततर्फ सुपारी निर्यात गर्ने बाटो खुल्ला गर्नका लागि संसद, संसदीय समिति तथा राजनीतिक दलका नेताहरूले पहल थालेका छन् । निकासी ठप्प हुँदा सुपारीको चोरी निकासी बढेको सुपारीसम्बद्ध व्यापारीहरूको भनाइ छ । उनीहरूले चाँडो समस्याको समाधान गरी सुपारी भारततर्फ निकासी हुनुपर्ने माग गरेका छन्।

विगतमा सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर विवाद भएका कारण किसानले उत्पादन गरेको ठूलो परिमाणको सुपारी अलपत्र परेको उनीहरूले बताएका छन् ।नेपालमा प्रमुख रुपमा सुपारी उत्पादन हुने झापा जिल्लाका तीनवटा पालिका अर्जुनधारा, बुद्धशान्ति र मेचीनगर क्षेत्रमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वको टोलीले अनुगमन गरेको छ ।


अनुगमनका क्रममा नेपालमा उत्पादन भएको सुपारी भारत निर्यात हुन नसक्दा नेपालको पूर्वीद्वार काँकरभिट्टाबाट चोरी निकासी गर्दै भारतसम्म पुग्ने गरेको व्यापारीहरूले बताएका थिए ।

आफ्नो गाउँपालिका क्षेत्रका कृषकहरु पूर्ण रुपमा सुपारी खेतीमा निर्भर रहेको साथै आफू स्वयं सुपारी खेतीमा आश्रित रहेको बताउँदै बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले निर्यातको बाधा फुकाइदिन आग्रह गरे ।

संसदीय समितिका सभापति खानले सुपारी बगानमा आएर अवलोकन गर्दा निर्यात नहुँदा सुपारीबाट ठूलो परिमाणको राजश्व सरकारले गुमाइरहेको स्पष्ट भएको बताए ।

गत कात्तिक १५ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले चलखेल गरी सुपारी आयात/निर्यातको बाधा फुकाउने काममा समितिलाई अलमल्याउने खोजिएको बताएका थिए ।

उनीहरूले सरकारले वास्तविक सुपारी किसानको तथ्यांक यकिन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए ।

नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन् ।

नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारू गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन् ।

तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्‍याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा नेपालका सत्तासीन व्यक्ति, राजनीतिक कर्मी र व्यापारीहरु सुपारी निर्यात बन्द गराउने र खोलाउने काममा सक्रिय हुने गरेका छन् ।

सोमबार संसदीय सभापतिहरुको बैठक आह्वान गरेका सभामुख घिमिरेले त्यहाँ सुपारी निर्यात खोल्नुपर्ने धारणा राखेका थिए । सभापतिहरूसँगको औपचारिक बैठकपछि सभामुख घिमिरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभाति अब्दुल खानसँग पछि छुट्टै छलफल गरेका थिए ।

झापा निर्वाचन क्षेत्र भएका घिमिरेले चाँडो सुपारी निर्यातको वातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरेको बुझिएको छ । नेपाल सुपारी खेती विकास संस्थाका अनुसार नेपालमा बार्षिक १४ हजार ५ सय ६० मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । झापामा मात्र १० हजार ३ सय ५५ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको संस्थाले जनाएको छ

झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका गाउँपालिका वडा नं २ का ५२ वर्षीय यादवराज पौडेललाई पक्राउ गरी कारागार पठाएको छ ।
झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला भएपछि  यादवराज पौडेल फरार भएका थिए ।

झापा प्रहरीका कार्यवाहक प्रवक्ता ढुण्डीराज गिरीका अनुसार पौडेललाई मंगलबार इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।