October 23, 2025

स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा।मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।

यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एक पटक रेफर गरेपछि रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहननपर्ने व्यवस्था मिलाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असारमसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ । समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् ।

विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एकजना रहन जनाइएको छ । एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् । यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन(तीन महिनाको औषधि पाउने भएको उहाँले बताउनुभयो । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक(एक महिनाका लागि औषधि दिने गरिन्थ्यो । बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ ।

औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । वि।सं।२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल एक लाखसम्म बीमित परिवारले निः शुल्क उपचार सेवा पाउँछन् । एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय थप्नुपर्छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् ।

रोङ – शहर बजार केन्द्रीत हुने रक्तदान कार्यक्रम पहाडी तथा ग्रामीण भेगमा खासै आयोजना भएको पाईदैन् । रक्तदाताको अभाव र भौगोलिक विकटता त्यसको मुख्य कारण बनेको छ । रगत दान गर्दा शरिरलाई कुनैपनि किसिमको बेफाइदा हुँदैन् भन्ने ज्ञानको अभाव दुरदराजमा अहिले पनि भेटीन्छ ।

तर आज इलामको रोङ गाउँपालिकाको ग्रामिण भेगमा आयोजना भएको एक रक्तदान कार्यक्रममा भने रगत दान गर्नेहरुको उल्लेख्य उपस्तिथि रहेको थियो । सबैभन्दा खास कुरा चै विवाहकै दिन दुई जना बेहुला एकैसाथ रक्तदान गर्न सहभागि भएपछि कार्यक्रमको परिवेश नै फेरीएको थियो ।

पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ पिरुवाका धनकुमार बेघा बेहुली लिन भनेर इलामको रोङ गाउँपालिकको २ नम्बर वडा स्थित बदमटार आइपुगेका थिए । ससुराली घरबाट नजिकै रक्तदान भईरहेको थाहाँ पाएपछि उनी बिहे कर्म चल्दा–चल्दै थोरै समय निकालेर कार्यक्रम स्थलमा आईपुगे । रोङ–२ स्थित शशि मा.वी.मा चलिरहेको रक्तदान कार्यक्रममा उनी मात्रै आएन्न उनीसंगै एकै लगनमा विवाह बन्धनमा बाधिएका बिरकुमार राई पनि रक्तदानमा सहभागि हुन् आइपुगे ।

धनकुमार र बिरकुमार दुवै जना एकैघरका जुवाई हुन् । उनिहरुले एकै घरका दिदि–बहिनी आज एकैचोटी, एकै लगनमा विवाह गर्दै थिए । आफ्नै सामाजिक रिती अनुसार विवाह बन्धनमा बाधिएका बिरकुमार साईनोमा धनकुमारका साडुदाई पर्ने रहेछन् । पाँचथरका बिरकुमार र इलामकै धनकुमार बेहुला बनेर बसेकै अवस्थामा रक्तदान गर्न आएपछि कार्यक्रमको रौनक बढेको थियो ।

उनिहरुलाई कार्यक्रममा सबैले विवाहको शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थियो । रक्तदानपछि सृजना सामुदायीक वनले दुबै बेहुलालाई बिरुवा हस्तनान्तरण गरेको थियो ।

रक्तदानलाई नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखा इलामले आयोजना गरेको थियो । सृजना सामुदायीक वन उपभोक्ता समितिको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३० जना पुरुष र ५ जना महिला गरि जम्मा ३५ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा सहभागि सम्पूर्ण दाताहरुलाई समुदायीक वनको तर्फबाट कागती, अम्ब लगायतका जातको बिरुवा बितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखाका अध्यक्ष नेत्रप्रसाद पोखरेलको अध्यक्षता र रोङ–२ का वडाअध्यक्ष चन्द्रशेखर घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सृजना सामुदायीक वनका अध्यक्ष खुम्बा तामाङ, उपाध्यक्ष प्रिती प्रधान, सचिव सन्तबहादुर तामाङ, कोषध्यक्ष दलमाया राई, रेडक्रस इलाम जिल्ला सदस्य श्याम कार्की, रोङ सचिव गणेश अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु लगायतको उपस्तिथि थियो ।

रक्तदान कार्यक्रममा रेडक्रस दमकका रक्तसंचार प्रमुख सिदार्थ दाहाल नेतृत्वको ५ जनाको टोलिले प्राविधिक सेवा प्रदान गरेको थियो ।

पुर्वी गर्जन मिडिया प्रालिद्वारा स्थापित “एकीकृत जनक्रान्ती बलिदान कोष” बाट पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । बिर्तामोडमा आज बिहिवार एक कार्यक्रमबीच पूर्वी गर्जन मिडिया प्रालिले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोषबाट युवा पत्रकार ढकाल सम्मानपत्र र नगद १० हजारसहित पुरस्कृत भएका हुन् ।

पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजकसमेत रहेका पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन्।

लामो समयदेखि झापामा रहेर सञ्चार कर्ममा क्रियाशिल ढकाललाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इञ्चार्ज सुमन सिंह सीले सम्मान पत्र प्रदान गरेका थिए भने एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्त सीले नगद प्रदान गरेका थिए ।
पूर्वी गर्जन मिडियाले प्रकाशनमा ल्याएको पूर्बी गर्जन पत्रिका सार्वजनिकीकरण कार्यक्रममा ढकाललाई नगद सहित पुरस्कृत गरिएको थियो ।

झापाको बुद्धशान्ति –४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको छ ।

आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले बताएको हो  । आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार खेल क्लब स्तरीय खुल्ला प्रतियोगिता हुनेछ ।

जसमा बिजेताले ५५ हजार ५ सय ५५ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहन कुमार मावोले बताउनु भयो ।

यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको   बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न रत्न फेम्बो, मिलन लिम्बु, सूर्यमान सुब्बा लगायतका स्थानीय युवाहरु एक जुट भएर लागेको देखिन्छ ,।

इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो ।

श्रीयम मिडिया प्रालिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं १ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिनु भयो ।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍यउन पालिकाले प्रयास गरिरहेको बताउनु भयो।

‘जबसम्म महिला घरभित्रै सीमित हुन्छन् तबसम्म समाजमा कुनै परिवर्तन आउँदैन’, उनले भने, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो । महिलाले आरक्षण सिटको मात्र भर नपरी हामी पनि पुरुष सरह सबै क्षेत्रमा काम गर्न सक्षम छौँ भन्ने भावना जागृत गर्न तालिमले सघाउँछ ।’

कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताउनु भयो । ‘चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन र समाधान गर्न सक्दैनौँ’, उनले भने, ‘महिला आफ्ना र समाजका समस्या समाधानका उपाय खोज्न तत्पर हुनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।’

वडा सदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनु भयो  । अर्का वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनु भयो ।

तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा न्यौपानले जीवनमा पहिलोपटक माइक छुन पाएकामा खुसी व्यक्त गर्नु भयो  । ‘उहिले हाम्रा पालमा न तालिम न नेतृत्व’, उहाँले  भन्नुभयो , ‘अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौँला र, नयाँ पुस्ताले भने यो अवसर सदुपयोग गर्नुपर्छ ।’

उनान्चास जनाको सहभागिता रहेको सो तालिममा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको  थियो

नेपाल नेत्र ज्योति संघ ईलाम , लाहन आँखा कान उपचार केन्द्र र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजना र माईजोगमाई गाउँपालिकाको सहकार्यमा आँखा उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिका नयाँबजारमा सम्पन्न भएको छ ।

नेत्र ज्योति संघ ईलामका अध्यक्ष ईन्द्र फुएलको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्याता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई , बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरी माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत को बिशेष आथित्यता तथा ६ वटा नै वडाका वडाध्यक्ष , वडा सचिवहरु , कार्यपालिका सदस्यहरु वडा सदस्यहरु लगायतको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल नेत्र ज्योति संघबाट संचालन भएको आँखा उपचार केन्द्रहरु ईलाममा ३ वटा रहेको उक्त उपचार केन्द्रहरुले ईलाम नगरपालिका सुर्योदय नगरपालिका र देउमाई नगरपालिकाबाट सेवा दिईरहेको जानकारी रहेको छ ।

यसै सन्दर्भमा माईजोगमाई गाउँपालिकाको सम्पूर्ण बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुको र ५० बर्ष माथिका नागरिकहरुको आँखा निशुल्क चेक गरिने र माईजोगमाई गाउँपालिका भरी शिविर रहने साथै शिविरमा कुनै शुल्क नलाग्ने समेत जानकारी रहेको छ । यसैगरी बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई आँखा चेक गरेपछि चस्मा समेत निशुल्क बितरण गरिने र चस्माको लागि सुर्योदयको फिक्कल जानुपर्ने जानकारी समेत रहेको छ ।
यसैगरी आँखा सगै  कान समेत चेक गरिने जानकारी रहेको छ ।

बुद्धआदर्शमा मावि २०५४ समकालिन साथि समूहले विद्यालयमा फलैँचा निमार्ण गरिदियो ।

समूह स्थापना भएको १ वर्षको खुशीयालीमा बुद्धआदर्श मावि २०५४ समकालिन समूहले विद्यालय परिषरमा पहिलो पटक फलैँचा तथा बगैँचा निमार्ण गरि शनिबार हस्तान्तरण गरेको छ ।
केही समय अघि देखि बन्न सुरु गरेको बगैँचा तथा फलैँचा शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

समूहका संयोजक राजन दुलालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथ्यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी रहेको थियो । त्यस्तै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी लगायतको आतिथ्यतमा भएको कार्यक्रममा समूहका सदस्य खगेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका समूहका सदस्य नन्दकुमार याफु राईले जानकारी दिनुभयो ।

यति सुन्दर बगैँचा र फलैँचा निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी र विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले सम्पूर्णमा हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालयको विकास, विस्तार र प्रर्वद्धनमा समकालिन समूह २०५४ सदैव प्रतिबद्ध रहने कार्यक्रमका संयोजक राजन दुलालले जानकारी दिनु भयो ।

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिले खेलाडीहरुलाई सम्मान गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा समितिका अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भवानी खतिवडाको विशेष आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

भर्खरै सम्पन्न भएको भद्रपुर झापा गोल्ड कपद्वारा आयोजित ओमसाई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा सहभागी भई दोस्रो स्थान गर्ने खेलाडी, टिम कोच, टिम मेनेजर लगायत जनप्रतिनिधिलाई खेलकुद समिति बुद्धशान्तिले सम्मानपत्र, खदा र नगद सहित सम्मान गरेको छ  ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख कमल निरौलाले सञ्चालन गरेका थिए भने स्वागत वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले गरेका थिए ।

कार्यक्रममा सात वटै वडाका वडा अध्यक्ष, कार्यपालीका सदस्य, खेलाडी, स्थानीय , कर्मचारी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा आगलागी भएको हो ।

भान्साघरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् । आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।

आगलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको अनुमान गरिएको घटनास्थलमा रहेको प्रहरी टोलीले जनाएको छ । आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको  छैन ।

आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ ।

स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? कान्तिपुरले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको भेट्टायो । कान्तिपुरले बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा यो खबर झुटो भएको देखिन्छ ।सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो ।

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने भन्न थाले । कान्तिपुरलाई प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ । कान्तिपुरलाई प्राप्त अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताए ।

वडाध्यक्ष रमेशले अस्पतालका डाक्टरले पनि बिरामीको अवस्थाबारे बुझाउँदा भाषाको समस्याका कारण उनीहरूले नबुझेर बिरामीको मृत्यु भयो भन्ने बुझेको हुनसक्ने बताए । भिडियोमा भनिएजस्तो अस्पतालले डेथ सर्टिफिकेट दिएको भन्ने कुरा पनि अफवाह मात्रै भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यसो भए भिडियोमा किन प्रतापलाई १२ घण्टा शवगृहमा राखेको भनियो त ? वडाध्यक्ष श्रेष्ठले आईसीयूमा राखेर उपचार गरिएको कुरालाई बंग्याएर त्यसो भनिएको हुनसक्ने बताए । उनले भने, ‘अस्पतालले पनि विपन्न र दलित समुदायले पाउने सुविधाका नाममा भेन्टिलेटरमा राखेर एकरात उपचार गरेर जनप्रतिनिधिलाई जानकारी गराएको भए यस्तो अवस्था आउने थिएन । यसमा अस्पतालको पनि गल्ती देखियो ।’

वडाकी महिला सदस्य सविना सिग्देलका अनुसार प्रतापका परिवारजनले उनको मृत्यु भएको भन्दै बाटोबाटै अन्त्येष्टिका लागि दाउरालगायतका सामग्रीको जोह गरिदिन आग्रह गरेपछि अफवाह फैलिएको बताइन् । वडाकी दलित सदस्य एवं प्रतापका छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा मृत्यु भएको हल्लाको पछाडि परिवारजन लाग्दा यस्तो समस्या सिर्जना भएको बताइन् ।