
बुद्धशान्ति। बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति १ मा नवनिर्मित पुस्तकालय तथा प्रयोगशाला भवनको उद्घाटन गरिएको छ।
संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठकले उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट नमूना विद्यालयको रुपमा विकास गर्न छनोट गरिएको यस विद्यालयलाई आर्थिक वर्ष २०७९–०८० मा प्राप्त भौतिक निर्माण अनुदान तर्फ १ करोड रुपैँया तथा विद्यालयको आन्तरिक श्रोतबाट ४० लाख लगानीमा आठ कोठे दुईतले प्रयोगशाला तथा पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले गर्नु भएको थियो भने उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा बिकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार विक, बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय , शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन शिक्षक माधव वरालले गर्नु भएको थियो