![](https://suryodayaonlinenews.com/wp-content/uploads/2024/02/IMG_4035-1024x683.jpg)
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित श्री आदर्श नमुना सामुदायीक वन उपभोक्ता समुहको सभाहलमा १ दिने निःशुल्कआँखा शिवीर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ३ को कार्यलय साथै नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र मेचि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा आज १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका अध्यक्ष पुष्पराज भट्टराईको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको
प्रमुख आतिथ्यतामा भएको शिविरमा १७२ जनाले आँखा परीक्षण गराउनु भएको संस्थाका सदस्य टंक निरौलाले जानकारि दिनु भयो ।
साथै शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।
मंगलबार भएको शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क वितरण गरिएको थियो । शिविरमा ५ जनाको मोतिया विन्दुवाट अप्रेशन गर्नु पर्ने समस्या देखिएको छ । उनिहरूलाइ प्राविधिकको सल्लाह अनुसार अप्रेशन गर्ने बताईएको छ ।
स्वास्थ्य शिविरमा मेचि आँखा अस्पताल विर्तामोडका स्वास्थ्य कर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।
शिविरमा आदर्श नमुना सामुदायिक वन कार्यलयका सचिब भोजराज बास्तोला, वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाँइ सदस्य लिला परियार,आदर्श सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वसन लिम्बू ,उपाध्यक्ष खगेन्द्र आचार्य,
संस्थाका सम्पुर्ण कर्मचारि स्थानिय सेवा ग्राही लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन संस्थाका सदस्य केसव खुलालले गर्नु भएको थियो ।