
इलामको राेङ गाउँपालिका वडा नं ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशि संस्थावाट अढाईलाख बराबरकाे सहयाेग हस्तानतरण गरिएकाे छ । राेङ ६ मा रहेकाे रम्भ्याङ आभारतुत स्वास्थ्य ईकाईलाई भाैतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग एक कार्यक्रम बिच हस्तानतरण गरिएकाे हाे।
नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक नामक बिदेशी सस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभुत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्र काे भवनमा,सिलिङ पाटिसन लगायतकाे काम गरेर सहयाेग गरिदिएकाे हाे ।
राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासकाे विशेष आतिथ्यतामा भएकाे सहयाेग हस्तानतरण कार्यक्रमा वाेल्दै अध्यक्ष स्याङ्वाेले गाउपालिकाले पालिकाे चाैतर्फि अभावका कुराहरु देखेपनि सिमित साधन र श्राेतकाे कारण पूरा गर्न नसकेकाे अवस्थामा यस्ता सहयाेगले पालिकालाई सहयाेग पुगेकाे वताउनु भयो ।
राेङ गाउपालिकाकाे स्वास्थ सस्थाहरुमध्ये सेवाग्राहिहरुकाे निकै चाप रहने रम्भ्याङ आधारभुत ईकाईकाे बिकासमा गाउपालिका लागिरहने भन्दै सहयाेगि र सहजिकरण गर्ने सबैमा गाउपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताउनु भयो ।
अभावै अभावमा रहेकाे स्वास्थ्य सस्थामा दाताकाे सहयाेगले काममा सहजहुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताउनु भयो ।
दाताहरुवाट प्राप्त सहयाेगबाट स्थानिय नागरिक र सेवाग्राहिहरुलाई अधिक लाभ मिलाेस भनेर दुर्गम काे स्वास्थ्य सुधारमा सहयाेगि हुने बिश्वासले सहयाेग गरिएकाे दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका काेषाध्यक्ष रुद्र प्रधानकाे बताउनु हुन्छ ।