
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री बुद्धआदर्श माध्यमिक विद्यालयको सभाहलमा १ दिने निःशुल्कआँखा शिवीर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १ जुनियर/ युवा रेडक्रस सर्कल श्री बुद्धआदर्श माध्यमिक विद्यालय बुद्धशान्ति १ को आयोजना तथा मेचि नेत्रालय आँखा अस्पताल मेचिनगर काकरभिट्टा झापाको प्राविधीक सहयोगमा शुक्रवार १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा युवा रेडक्रस सर्कलका अध्यक्ष सहिद गजमेरको अध्यक्षता साथै नेपाल रेडक्रस सोसाइटी झापा सदस्य हरि प्रसाद पोख्रेलको
प्रमुख आतिथ्यतामा भएको शिविरमा बुद्धआदर्श विद्यालयका बालविकास देखि कक्षा १२ सम्मका ८५९ जना विद्यार्थिले आँखा परीक्षण गराएका थिए । साथै शिविरमा जटिल समस्या भएका ७० जना चस्मा लगाईरहेका २२ जना, हस्पिटल सिफारिस भएका ४८ जना र सामान्य समस्या भई अौषधि प्राप्त गर्ने ४५ जना रहेका थिए ।
विद्यालयको सभाहलमा शुक्रबार भएको शिविरमा आँखाको एलर्जि आँखा रातो हुने आँखामा मुसा पलाएको आँखाको दृष्टीमा अल्छिपना दृष्टिकमजोर भई चस्मा लगाउनु पर्ने जस्ता समस्याहरू देखा परेका थिए ।
शिविरमा अौसधि खानु पर्ने र लाउनु पर्ने भएका विरामीहरूलाई आवश्यक अनुसार औषधि समेत निशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा मेचि नेत्रालय आँखा अस्पताल मेचिनगर काकरभिट्टाका स्वास्थ्य कर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।
अायोजक
समितिका स्वाथ्य संयोजक मनिता पुरिले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा विद्यालय जुनियर/ युवा रेडक्रस सर्कल शिक्षक नायक मिना नेपालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो भने
नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिका सभापति पुष्पराज भट्टराई, संस्थाका सचिव जित बहादुर श्रेष्ठ, संस्थाका कोषाध्यक्ष देवेन्द्र निरौला, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र कुमार राई विद्यालयका सहायक प्रधानाध्यापक दिपक वुढाथोकी, मा. वि. इन्चार्ज हेमेन्र्द खतिवडा आधारभुत इन्चार्ज टिकाराम खवास, प्रा. वी. इन्चार्ज,ज्ञान बहादुर धिमाल, संस्थाका सम्पुर्ण कर्मचारि विद्यार्थी शिक्षक अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन आयोजक समितिका सचिव पुजा कार्कीले गर्नु भएको थियो ।