
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ७ ले बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा बुद्धशान्ति गाउँपालिका वडा नं ७ को संयुक्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिलता युवा उद्यमशिलता र दलित उत्थान कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ७ का ९५ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो ।
बुद्धशान्ति गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति वडा नं ७ को वडाकार्यलयको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक विस्वराज भन्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइँले आफ्ना भनाई राख्दै पछिल्लो समय अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिकाले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी
जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीले युवा लक्क्षित कार्यक्रमले यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
तालिमको समयावधी थप गरेर एड्भान्स तालि सञ्चालनका लागि सहभागिहरुले माग गरेका छन् । तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय तुलसा गड्तौलाले बताउनु भयो ।
बुद्धशान्ति ७ को वडा कार्यलयको भवनमा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौलाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन तालिममा सहभागी रमिता अधिकारिले गर्नु भएको थियो ।
आईतबार भएको कम्पुयटर तालिम समापन कार्यक्रमको अवसरमा वडा नं ७ को कार्यलय र बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्य साथै नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिको प्रविधिक सहयोगमा १ दिने बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ७ का सम्पुर्ण जनप्रतिनिधि,बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक
गोविन्द सुवेदी स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।