
प्रेम एउटा मिठो भाव, सुन्दर दृश्य, अविस्मणीय परिकल्पना, अविश्वसनीय सत्य हो । आफूलाई भन्दा धेरै प्रेम अरूलाई गर्नु अविश्वसनीय नै त हो । विश्वासले जब दुई आत्माबीच ठाउँ बनाउँछ तब प्रेमको सुरुवात हुने गर्छ। देख्दैमा हुने, बोलेर हुने, भन्दा संगत गरेपछि हुने प्रेम धेरै विश्वासी हुने अनुमान मेरो हो । गलत विचार गरेर सुरु गरेको प्रेमले पनि सुनौलो तथा रंगीन अन्त्य पाउनु अस्वभाविक होइन किनकि प्रेम छ नै त्यस्तै । को मन पर्ने, कहिले, किन, कसरी, के का लागि, खै ?
प्रेमलाई थाहा छ नि, प्रेमिकालाई मेरो के मन पर्यो । आमाबालाई के मन पर्छ । दाजुलाई, आफन्तलाई, साथीलाई, सबैलाई केही न केही मन परेर नै त सम्बन्ध कायम रहन्छ । यी सब पनि प्रेमका उपनाम जतिकै हुन । तर प्रेम दिवसले उपनामको हैन मात्र प्रेमको प्रतीक हु भन्ने दाबी गरे जसो पनि मलाई लाग्दैन । चलन चल्यो, चल्दै छ, यस्तै छ । शुभकामना छ ती सबै प्रेम जोडीलाई जसको मन जोडिएको छ मायाको डोरीले ।
– सौरभ घिमिरे