
झापाको बुद्धशान्ति गाँउपालिका वडा नं १ स्थित नमुना विद्यालयको रुपमा विकास गर्न छनौट भएको बुद्धआदर्श माध्यमिक विद्यालले आर्थिक वर्ष २०७९/८० को सामाजिक परिक्षण र आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्यय सम्बन्धि हिसाब किताब अाईतबार विद्यालयमा भएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ बिचको बैठकले अनुमोदन गरि आम सरोकारवाला विच २०८०/५/२९ गते सार्वजनीक गर्ने निर्णय गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउन समुदायमा आत्मगौरव बढाउँदै फस्टाएको बुद्धअादर्श माद्यमिक विद्यालयलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ संस्कार सहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र कसरी बनाउन सकिन्छ ।
यहाँबाट उत्तीर्ण विद्यार्थी जीवन निर्माण र व्यवस्थापनको क्षेत्रमा कसरी ढुक्क हुन सक्छन् जस्ता विषयमा केन्द्रीत रहँदै बैठकमा विद्यालय व्यवस्थापन समिती शिक्षक अभिभावक संघ साथै शिक्षकहरूले रायसुझावहरू राख्नुभएको थियो ,पछिल्लो समयमा विद्यालयमा बुद्धआदर्श माध्यमिक विद्यालयले संगीत शिक्षा सगै यस वर्षको भाद्र ३ गते बाट सितिरियो कराँते पनि निःशुल्क प्रशिक्षण साप्ताहिक रूपमा विद्यालय हातावरपर सरसफाई लगायतका विभिन्नकाम हरूहुदै अाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले बताउनु भयो ।
बैठकमा प्रस्ताव पेश गर्दै विद्यालयका प्रधाानाध्यापक कृष्णराज भण्डारीले कक्षा ९ देखि १२ को लागी प्राविधिक धार तर्फको विषय सम्वन्धित निकायमा माग गर्ने,प्रक्रिया अगाडि बढाइएको, विद्यालयमा विद्यार्थीहरुको चाप बढेको र अभिभावक हरुको माग अनुसार स्कुल बस खरीदको लागी अनुदान माग गर्न सम्वन्धित निकायमा जाने,शैक्षीक गुणस्तर प्रवर्दनका लागी भौतीक पुर्वाधार निर्माण सम्पन्न गर्ने क्रममा रहेको र सस्कार सहितको अनुसासीत गुण्स्तरीय शिक्षाको लक्ष्य प्राप्तीका लागी नितिगत र व्यवहारीक कार्यमा जोड दिदै लक्ष्य प्राप्तिको अभियानमा कार्यक्रम अघि बढाईने प्रस्ताव अघि सारीएको र उल्लेखीत प्रस्तावमा सबै अभिभावकक स्थिानीय लगायत सम्पुर्णको सहयोग आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिको सभाहलमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य बालकृष्ण दाहाल,भानु तिम्सिना, गंगा सुबेदि, अाचार्य ,बुद्धशान्ति गाउँपालिका वडा नं १ वडा सदस्य लक्ष्मी प्रसाद कँणेल, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र कुमार राई, सल्लाहकार समिति संयोजक चन्द्र प्रकाश कोईराला, लेखा शाखा सदस्य तुलसिराम रेग्मी, सह प्रधानाध्यापक दिपक बुढाथोकी, शिक्षक राजु पौडेल, शिक्षक अभिभावक संघ सदस्य विनोद न्यौपाने सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।