
देउमाई महिला कृषक समूह बुद्धशान्ति –१ ले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुद्धशान्ति १ स्थित डाँडागाउँमा संस्थाले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष यामुना रिजालको सभापतित्व, बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख अर्जुन पौडेलको प्रमुख आतिथ्यता, गाउँपालिका कृषि प्राविधिक कृष्ण ढुङ्गेलको विशिष्ट आतिथ्यता, वडा नं १ की महिला सदस्य तथा कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीको विशेष आतिथ्यता, सृजनशील महिला बचत समूहकी अध्यक्ष कमला भट्टराई, पाथीभरा महिला समूह अध्यक्ष गंगा आचार्य, सिरिसे समाजकी प्रतिनिधी दिपा भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रम संस्थाकी सहसचिव कमला रिजालले संचालन गर्नुभएको थियो ।
तीज विशेष कार्यक्रमको अवसरमा संस्थाले ३ जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा संस्थाका लागि अहोरात्र खटिने सल्लाहकार सदस्य भोलानाथ भट्टराई, उत्कृष्ट नारी सम्मानको रुपमा समाजसेवी कमला राय र कार्यक्रममा देखाइएको नाटकमा उत्कृष्ट अभिनय गरेका बालकलाकार आरभ कोइरालालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उनीहरुलाई खदा, दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।कृषिशाखा प्रमुख अर्जुन पौडेल, सृजनशील महिला समूहकी अध्यक्ष कमला भट्टराई र कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीले शुभकामना मन्तव्य राखेको कार्यक्रम भव्यरुमा सम्पन्न भएको थियो ।
२९ जना सदस्य रहेको यस संस्था सामाजिक कार्यमा निक्कै सक्रिय रहेको संस्थाकी अध्यक्ष यमुना रिजालले जानकारी दिनुभयो ।